३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने

५७ करोडको लागतमा अमरपथ सडकखण्ड निर्माण हुँदै

५७ करोडको लागतमा अमरपथ सडकखण्ड निर्माण हुँदै
अ+ अ-

सुरुङ्गा । झापाको पुरानो सदरमुकाम झापा बजार जोड्ने अमरपथ सडकखण्ड निर्माण कार्य शुरु भएको छ । कनकाई नगरपालिकाको सुरुङ्गादेखि दक्षिण १६ किलोमिटर झापा गाउँपालिका जोड्ने अमरपथ सडकखण्डको निर्माणकार्य शुरु भएको हो । नालासहित ५० फुट चौडाइ रहने सडक निर्माणका लागि रु ५७ करोड बजेट विनियोजन भएको झापा गाउँपालिकाका अध्यक्ष जयनारायण साहले जानकारी दिए । जिल्लाकै पुरानो सदरमुकाम भए पनि आवश्यक पूर्वाधारको अभावमा पछि परेको झापामा सडक निर्माण सम्पन्नसँगै त्यस क्षेत्रका स्थानीयलाई आवतजावतमा सहज हुने अध्यक्ष साहको भनाइ छ ।

सडक निर्माण शुरु भएसँगै कनकाई नगरपालिकाको दक्षिणी क्षेत्र र झापा गाउँपालिकाका स्थानीयमा खुशियाली छाएको छ । समयमै सडक निर्माण सम्पन्न गर्नका लागि सडकको क्षेत्राधिकारभित्र पर्ने भौतिक संरचना हटाउन आफूहरु तयार रहेको भन्दै स्थानीयवासीले प्रतिबद्धता जनाएका छन् । बाटो निर्माणका क्रममा कुनै पनि कमीकमजोरी भए खबरदारी गर्न उपभोक्तालाई आग्रह गर्दै अध्यक्ष साहले समयमै गुणस्तरयुक्त बाटो निर्माण कार्य सम्पन्न हुने विश्वास व्यक्त गरे ।

सडक निर्माण शुरु भएसँगै झापा गाउँपालिका–३ का अध्यक्ष मोतिलाल गणेश, ६ का अध्यक्ष हरिबहादुर बानियाँ र ७ का अध्यक्ष नेत्रप्रसाद उप्रेती, नेपाली काङ्ग्रेस ४ नं क्षेत्रीय सचिव शिव कँडेल, नेकपाका गाउँ कमिटी अध्यक्ष रुद्र बजगाईंलगायतले सडक निर्माणका क्रममा ८२ फुट क्षेत्रभित्र निर्माण गरिएका भौतिक संरचना हटाउन आफूहरुको समेत सहयोग रहने प्रतिबद्धता जनाए । झापा गाउँपालिकाले अमरपथ सडक निर्मणलाई गौरवको आयोजना भनेको छ ।