१२ श्रावण २०८३, मंगलवार
,
Latest
क्यूआर कोड’ बाट पर्यटकलाई सूचना मानव बेचविखन नियन्त्रणका लागि एकीकृत प्रयास अपरिहार्य चिकित्सक सङ्घले बुधबार देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने घोषणा गर्मी बढेसँगै फ्रान्स र स्पेनमा डढेलोको जोखिम उच्च, हजारौँ विस्थापित देउनिया खोलाको पुलमुनि बेवारिसे शव फेला नेपाल सरकार र जापान सरकारबिच अनुदान सम्झौता सम्पन्न भारत सरकारको सहयोगमा पुनर्निर्मित गुस्तल र प्रथमश्री महाविहारको आगम उद्घाटन लगानीमैत्री वातावरण निर्माणका लागि ४२ वटा कानुन खारेज र संशोधन हुँदैछन् : अर्थमन्त्री डा वाग्ले देवानगञ्ज घटनापछि सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सरकारको अपिल इथानोलसम्बन्धी पोस्टलाई लिएर भारतीय मन्त्रीद्वारा मेटासहितका कम्पनीविरुद्ध मुद्दा
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुबई विमानस्थलले सोमबार साँझदेखि पुनः ‘सीमित’ उडानहरू सुरु गर्ने



अ+ अ-

दुबई। दुबई र अबु धाबी विमानस्थलहरूसहित खाडी क्षेत्रमा इरानले आक्रमण गर्न थालेपछि रद्द गरिएको तीन दिनपछि सोमबार साँझबाट पुनः ‘सीमित’ उडानहरू सुरु हुने आबुधावी विमानस्थल प्रशासनले जानकारी गराएको छ।

“दुबईले ‘दुबई अन्तर्राष्ट्रिय विमानस्थल (डिएक्सबी)’ र ‘दुबई वल्र्ड सेन्ट्रल–अल मकतूम’ अन्तर्राष्ट्रिय विमानस्थल (डिडब्ल्यूसी) बाट उडानहरू सीमित रूपमा पुनः सुरु गर्ने घोषणा गरेको छ।

‘एमिरेट्स’ र कम लागतको विमान कम्पनी ‘फ्लाई दुबई’ दुवैले सोमबार साँझ केही उडानहरू पुनः सुरु गर्ने बताएका छन्। अबुधाबीबाट उडान भर्ने इहाद एयरवेजले मङ्गलबारदेखि उडान सुरु गर्ने जनाएको छ ।

खाडी मुलुकहरूमा इरानले व्यापक बमबारीको सहयोगमा सैन्य अखडाहरूमा प्रहार गरेको छ, साथै उसले आवासीय भवनहरू, होटलहरू, विमानस्थल र समुद्री बन्दरगाहजस्ता नागरिक पूर्वाधारहरूमा पनि प्रहार गरेको पाइएको छ। आक्रमणले लामो समयदेखि जारी मध्यपूर्व द्वन्द्वबाट सुरक्षितस्थलको रूपमा हेरिएको क्षेत्रमा तनाव सिर्जना भएको छ।

इरानले शनिबारदेखि अभियान सुरु गरेयता दुबई, अबुधाबी, कुवेत र मनामा विमानस्थललाई निशाना बनाइएको छ ।

संयुक्त अरब इमिरेट्सको राजधानी अबुधाबीमा भएको उक्त घटनामा एक जनाको मृत्यु भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

संयुक्त अरब इमिरेट्स (युएई) ले आफ्नो हवाई क्षेत्र अस्थायी र आंशिक रूपमा बन्द गरेको शनिबार घोषणा गरेको थियो ।

दुबईको मुख्य विमानस्थल (डिएक्सबी) संयुक्त राज्य अमेरिकाको एटलान्टापछि विश्वव्यापी रूपमा दोस्रो व्यस्त विमानस्थलको रूपमा रहेको ‘अन्तराष्ट्रिय विमानस्थल परिषद्’ले जनाएको छ ।

हवाई क्षेत्र बन्दले शहरको लागि एक महत्त्वपूर्ण क्षेत्रलाई असर गर्यो, दुबईको हवाई उद्योगले युएईको अर्थव्यवस्थाको लगभग एक तिहाई हिस्सा ओगटेको छ। (रासस/एएफपी)