२० भाद्र २०८३, शनिबार
,
Latest
आज भाद्र कृष्ण नवमी : श्रीकृष्ण रथयात्रा एवं शोभा यात्रा गरिँदै अठार महिनामा सक्नुपर्ने आयुर्वेद भवन पाँच वर्षमा पनि अलपत्रै खेतीयोग्य जमिनमा रुद्राक्ष खेती, आम्दानीको नयाँ बाटो खाद्य सुरक्षा, स्वच्छता र उपभोक्ता अधिकारलाई ध्यान दिन प्रशासनको आग्रह धनकुटा जिल्ला अस्पतालमा रक्तसञ्चार सेवा सुरु दिदीबहिनीलाई तीजको उपहार किनेर राखे, तर गोविन्दले दिन पाएनन् भोटेकोशी बाढी : राहत जुटाउँदै चितवनका स्थानीय पालिका उपत्यका बाहिर ‘बोटलिङ’ गरी खानापकाउने ‘एलपि ग्यास’ ढुवानी गरिँदै आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोटरसाइकल दुर्घटना एक जनाको मृत्यु, दुई घाइते



अ+ अ-

रुकुम पूर्व। जिल्ला सदरमुकाम रुकुमकोटमा आज अपराह्न भएको मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

मध्यपहाडी लोकमार्गअन्तर्गत कमलदहबाट कैँचीमोडतर्फ जाँदै गरेको भे८प ६७९७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–११, ढुकसेनीका १९ वर्षीय चालक समिर गिरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका गिरीलाई उपचारका लागि तत्काल जिल्ला अस्पताल रुकुमकोट लगिएकामा चिकित्सकले मृत घोषणा गरेको थिए ।

दुर्घटनामा परी सोही ठाउँका १८ वर्षीय सुरेश गिरी र रुकुम पश्चिम त्रिवेणी गाउँपालिका–७ की १० वर्षीया अनिता डाँगी घाइते हुनुुभएको छ । दुवै जनाको हाल जिल्ला अस्पतालमा उपचार भइरहेको छ । रासस