५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

विवेक प्रयोग गरेर योग्य र इमान्दार उम्मेदवार छनोट मतदाताहरूलाई काँग्रेसको अपिल



अ+ अ-

काठमाडौँ। नेपाली काँग्रेसले मतदाताहरूलाई आफ्नो विवेक प्रयोग गरेर योग्य र इमान्दार उम्मेदवार छनोट गर्न अपिल गरेको छ ।

सोमवार पार्टीले काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मलेनमा बोल्दै प्रवक्ता देवराज चालिसेले यस्तो अपिल गर्नुभएको हो । प्रत्येक मतले समृद्ध र भ्रष्टाचारमुक्त नेपालको आधार तयार गर्ने भन्दै विवेकपूर्ण निर्णय गर्न उहाँले आग्रह गर्नुभयो ।

प्रवक्ता चालिसेले पार्टीको चुनाव प्रचारको अवस्थाबारे जानकारी दिँदै यस बिचमा विभिन्न राजनीतिक दल परित्याग गरी ५ हजार ८ सय ५३ जना प्रभावशाली नेताहरू नेपाली कांग्रेसमा प्रवेश गरेको उल्लेख गर्नुभयो ।

उहाँले निर्वाचन प्रचारप्रसारको क्रममा कांग्रेसले निर्वाचन आचारसंहिताको पूर्ण पालना गरेको दाबी गर्दै अन्य दलहरूबाट भएका उल्लङ्घनका घटनाप्रति निर्वाचन आयोगको ध्यानाकर्षण गरायो ।

उहाँले भन्नुभयो, ‘निर्वाचन प्रचारका क्रममा तपाईहरुको अद्भूत साथले नेपाली काँग्रेसको विजयको मजबुत जग बसालेको छ । हामी हाम्रा सम्पूर्ण साथिहरु र घरघर पुगेर मत माग्ने साथिहरु तथा स्वयमसेवकहरु, सामाजिक सञ्जालमार्फत सकारात्मक सन्देश फैलाउने युवा साथिहरु, आर्थिक तथा भौतिक सहयोग पुर्याउने शुभेच्छुकहरु परिवारका सदस्यहरु सबैलाई धन्यावाद ज्ञापन गर्दछौँ । तपाईहरुको यो निष्ठा, समर्पण र मेहेनतले हामीलाई थप उत्साहित, जिम्मेवार र उर्जावान बनाएको छ ।

मत भनेको सानो टुक्रा होइन यो भनेको देशको भविष्य निर्माण गर्ने सबैभन्दा शक्तिशाली औजार हो । तपाईहरुको एक मतले समृद्ध, न्यायपूर्ण र समावेशी नेपालको आधार निर्माण गर्नेछ ।

भ्रष्टाचारमुक्त र सुशासनको ढोका खुल्नेछ । राष्ट्रियता र स्वाधिनता र लोकतन्त्रको रक्षा गर्नुका साथै हाम्रो सन्ततिको भविष्यको निर्माणका लागि महत्वपूर्ण जग बसाउनेछ ।’

उहाँले केही स्थानमा आर्थिक प्रलोभन र जिन्सी सामग्री वितरण भइरहेको भन्दै उहाँले सरकार र आयोगलाई निष्पक्ष भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो ।–न्युज एजेन्सी नेपाल