२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागलुङमा दुई हजार ३६८ अस्थायी मतदाता र दुई अस्थायी मतदान केन्द्र



अ+ अ-

बागलुङ। बागलुङमा आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दुई हजार ३६८ अस्थायी मतदाता रहेका छन् ।

निर्वाचनमा खटिने कर्मचारी तथा सुरक्षाकर्मी, कैदीबन्दीसहित उक्त सङ्ख्यामा अस्थायी मतदाता रहेका हुन् । जिल्ला निर्वाचन कार्यालय प्रमुख यज्ञप्रसाद रिजालका अनुसार जिल्लामा दुई वटा अस्थायी मतदान केन्द्र तोकिएको छ ।

कैदीबन्दी मतदाताका लागि जिल्ला कारागार र सुरक्षाकर्मी तथा ड्युटीमा रहेका कर्मचारीका लागि जिल्ला समन्वय समितिको कार्यालयमा मतादन केन्द्र तोकिएको प्रमुख रिजालको भनाइ छ । रिजालका अनुसार ५३ जना कैदीबन्दी र दुई हजार ३१५ जना सुरक्षाकर्मी र कर्मचारी रहेका छन् ।

दुई वटा निर्वाचन क्षेत्र रहेको बागलुङमा २३ उम्मेदवार छन् । कूल एक लाख ९३ हजार ३८१ मतदाता रहेको बागलुङमा ९८ हजार ५७४ महिला, ९८ हजार ५०६ पुरुष र एक जना अन्य मतदाता रहेका छन् ।

जिल्लामा कायम रहेको १०७ मतदानस्थल र २३० मतदान केन्द्रमा कूल दुई हजार ६० कर्मचारी खटाइने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । रासस