२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

इरानले तेल प्रशोधन केन्द्रमा आक्रमण जारी राखे सैन्य प्रतिक्रिया जनाइने : साउदी सरकार



अ+ अ-

रियाद। साउदी तेल प्रशोधन केन्द्रमा इरानले गरेको आक्रमणले साउदी अरबबाट सैन्य प्रतिक्रिया हुनसक्ने साउदी सरकार निकट स्रोतले सोमबार एएफपीलाई बताएको छ ।

साउदी अरबको खाडी तटमा रहेको विशाल रास तनुरा रिफाइनरीमा सोमबार दुई वटा ड्रोनद्वारा आक्रमणपछि यो आंशिक रूपमा बन्द भएको छ ।

स्रोतले सरकारी तेल कम्पनीलाई सङ्केत गर्दै एएफपीसँग भनेको छ, “यो इरानको नेतृत्वले अरामकोमाथि प्रत्यक्ष आक्रमण गरेको हो वा गलत लक्ष्यमा ड्रोनले आक्रमण गरेको हो भन्ने कुरामा निर्भर पर्छ ।

स्रोतले भनेको छ, “मलाई लाग्छ कि यो चरणमा साउदी अरबले हेर्नेछ र पर्खनेछ।” यदि इरानले साउदी अरबका तेल कम्पनीहरू विरुद्ध लक्षित अभियान सुरु गरेको रूपमा हेरियो भने सैन्य प्रतिशोध एक सम्भावित विकल्प हुनेछ। साउदी अरब विश्वको सबैभन्दा ठूलो तेल निर्यातकर्ता हो ।

स्रोतका अनुसार यदि इरानले अरामकोमाथि आक्रमण गर्‍यो भने साउदी अरबले इरानका तेल प्रशोधन केन्द्रलाई निशाना बनाउनेछ ।  (रासस/एएफपी)