२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

शंकर पोखरेललाई जिताउन उम्मेदवारी फिर्ता



अ+ अ-

दाङ । दाङ क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य पदका एक उम्मेदवार पदमप्रसाद पाण्डेले आफ्नो उम्मेदवारी निष्कृय पारेका छन् । आज प्रेस विज्ञप्ति जारी गर्दै पाण्डेले नेकपा (एमाले) का उम्मेदवार शंकर पोखरेललाई समर्थन गर्दै उम्मेदवारी निष्कृय पारेको घोषणा गरेका छन् ।

जारी गरिएको प्रेस विज्ञप्तिमा वर्तमान राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै राष्ट्रहित, दाङको दीर्घकालीन विकास र समृद्धिलाई प्राथमिकतामा राखेर उक्त निर्णय गरिएको उल्लेख छ । विज्ञप्तिमा दाङको विकासका लागि स्पष्ट दृष्टिकोण, अनुभव र राष्ट्रिय स्तरमा प्रभाव पार्नसक्ने नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै पोखरेललाई त्यस्तो नेतृत्व क्षमता भएको व्यक्तित्वका रूपमा प्रस्तुत गरिएको छ ।

विज्ञप्तिअनुसार पोखरेलको विजयले दाङका अधुरा पूर्वाधार योजना, औद्योगिक विस्तार, रोजगारी सिर्जना, शिक्षा तथा स्वास्थ्य क्षेत्रको स्तरोन्नति र समृद्धिका दीर्घकालीन एजेण्डालाई गति दिने विश्वास व्यक्त गरिएको छ । साथै, आफूले अघि सारेका विकासका प्राथमिकताहरू पनि पोखरेलको नेतृत्वमा मूर्तरूप लिनेमा विश्वस्त रहेको जनाइएको छ ।

समर्थन घोषणा गर्दै सम्बन्धित उम्मेदवारले आफ्ना इष्टमित्र, शुभेच्छुक तथा समर्थकहरूलाई आगामी निर्वाचनमा सूर्य चिन्हमा मतदान गरी पोखरेललाई अत्यधिक मतले विजयी गराउन अपिल गरेका छन् ।