२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

दक्षिण सुडानमा एमएसएफका २६ जना कर्मचारी बेपत्ता



अ+ अ-

काठमाडाैँ । डक्टरस विदाउट बोर्डर्स (एमएसएफ) पछिल्लो समयमा दक्षिण सुडानमा हिंसा बढेपछि आफ्ना २६ जना कर्मचारीहरू बेपत्ता भएको सोमबार बताएको छ । “लन्किएन र पियेरीमा काम गर्ने २९१ एमएसएफ सहकर्मीहरू मध्ये २६ जना हिंसाका कारण बेपत्ता रहेको पुष्टि गर्दै चरम असुरक्षाको बीचमा उनीहरूसँग सम्पर्क गुमाएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

एमएसएफले जोङ्लेई राज्यका लन्किएन र पियेरीमा चिकित्सा सेवाहरू स्थगित गरेको छ, जहाँ डिसेम्बर देखि सरकार र विपक्षी सेनाहरू बिच ठूलो झडप भएको छ ।

लन्किएनमा रहेको एमएसएफ सुविधा फेब्रुअरी– ३ मा सरकारी हवाई आक्रमणबाट प्रभावित भएको जनाइएको छ । धेरै कर्मचारीहरू आफ्नो परिवारसँगै भाग्न बाध्य भई धेरैजना विस्थापित भइ खाना, पानीलगायतका आधारभूत सेवाहरूमा पहुँच नभएका दुर्गम क्षेत्रहरूमा शरण लिइरहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विश्वको सबै भन्दा कान्छो देश दक्षिण सुडान सन् २०११ मा गठन भएदेखि नै गृहयुद्ध, गरिबी र ठूलो भ्रष्टाचारले ग्रस्त छ ।

संयुक्त राष्ट्र सङ्घले राष्ट्रपति साल्वा किर र उहाँका लामो समयका प्रतिद्वन्द्वी रीक मचारबिचको शक्ति बाँडफाँड सम्झौता गत वर्ष बिग्रँदै जाँदा “पूर्ण गृहयुद्ध“ मा फर्कने चेतावनी दिएको छ ।

यसै बिच संयुक्त राष्ट्र संघले आइतवार सुडानको सीमा नजिकै अबीम्नोममा बढ्दो हिंसाका कारण दर्जनौँ नागरिक तथा स्थानीय अधिकारीहरूको मृत्यु भएको बताएको छ ।