२० जेष्ठ २०८३, बुधबार
,
Latest
फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो अष्ट्रेलियामा विद्युतीय सवारी बजारमा तीव्र वृद्धि दुर्गम क्षेत्रमा इन्टरनेट विस्तारसँगै इन्डोनेसियाको नयाँ डिजिटल नीति पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

वृहस्पति विद्या सदनमा हरिवंश आचार्य



अ+ अ-

काठमाडौं । वरिष्ठ हाँस्यकलाकार हरिबंश आचार्यले नेपालमा कलाकारिताबाट नाम र दाम कमाउन सकिने वातावरण बनिसकेको बताउनुभएको छ ।

बृहस्पति विद्यासदनको वार्षिक नाटक मञ्चन कार्यक्रममा आचार्यले नाटकबाट कला, संस्कृतिका बारेमा सिक्न सकिने र नेपालमा कलाकारिता गरेर नै बाँच्ने आधार तय भएको बताउनुभएको हो । कुनै समय अभिभावकहरुले आफ्नो सन्तानलाई डाक्टर र इञ्जिनियर बनाउने सपना देख्ने गरेकोमा अहिले राम्रो कलाकार र डाइरेक्टर बनाउने सपना देख्ने गरेको उहाँले बताउनुभयो । ‘पहिले पहिले अभिभावकहरुले तपाईको छोराछोरीर्ला के बनाउने भन्दा डाक्टर बनाउने भन्नुहुन्थ्यो, इञ्जिनियर बनाउने भन्नुहुन्थ्यो तर आजकल एक्टर बनाउने, डाइरेक्टर बनाउने पनि भन्नथाल्नुभएको छ’, उहाँले भन्नुभयो ।

विद्यालयका प्रिन्सिपल कुमार थापाले प्रस्तुत नाटकले सबैसँग मिलेर बस्ने, प्रकृतिमा भएका सबैलाई माया गर्ने भन्ने सन्देश प्रदान गर्ने बताउनुभयो । उहाँले नाटकबाट विद्यार्थीहरुमा मिलेर काम गरे कति गर्न सकिन्छ । ठूलो मासमा पनि प्रस्तुति दिन सकिने रहेछ भन्ने भावनाको विकास हुने बताउनुभयो ।

विद्यासदनको वर्षिक कार्यक्रम नाट्यमणि अन्र्तगत ‘द ह्याप्पी प्रिन्स’ लगायत तीन वटा नाटक प्रस्तुत गरेको छ । ‘द ह्याप्पी प्रिन्स’ जेन्नी सुनुवारले निर्देशन गर्नुभएको नाटक हो ।