५ श्रावण २०८३, मंगलवार
,
Latest
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

केपी ओलीले हार्दा देशले हार्छ : उपमहासचिव भट्टराई



अ+ अ-

दमक: नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले आगामी निर्वाचनमा नेकपा एमाले र केपी शर्मा ओलीले हार व्यहोर्नु परे देशलेनै हार भोग्नु पर्ने बताउनु भएको छ ।

एमाले अध्यक्ष उम्मेद्वार रहनु भएको झापाको कमल गाउँपालिकामा आईतबार आयोजीत मोटरसाईकल र्‍यालीको उद्घाटनका क्रममा उहाँले आगामी निर्वाचनबाट राष्ट्रवादी शक्तिलाई बिजयी गराउन आग्रह गर्नु भयो । अहिले राष्ट्रवादी शक्तिको नेतृत्व एमालेले गरि रहेको र एमालेको नेतृत्व केपी शर्मा ओलीले गर्नु भएकाले एमाले र ओलीको जीत जरुरी रहेको भट्टराईले बताउनुभयो ।

झापाले नेपाली कम्युनिष्ट आन्दोनलाई पुनर्जिवन दिएको उल्लेख गर्दै उपमहासचिव भट्टराईले झापाले राष्ट्रवादी शक्तिलाई निर्वाचित गराई देशव्यापी सन्देश दिनेमा आफु ढुक्क रहेको बताउनुभयो ।

झापा क्षेत्र नं. ५ अन्तर्गतको कमल गाउँपालिका वडा नं. ७ को गेउरीयामा आयोजीत सभामा उहाले यस क्षेत्रमा भएको विकासको मोडल देशकै लागि नमूना रहेको समेत उल्लेख गर्नुभयो । उपमहासचिव भट्टराई पूर्वप्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओलीलाई जिताउने चुनावी अभियानका क्रममा यस क्षेत्रका विभिन्न कार्यक्रममा सहभागी हुनु भएको छ ।




भर्खरै