१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल News Polar देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन

मिथिला मध्यमा परिक्रमाः सांस्कृतिक सम्बन्धको निरन्तरता

मिथिला मध्यमा परिक्रमाः सांस्कृतिक सम्बन्धको निरन्तरता
अ अ+ अ-

महोत्तरी। मिथिला माध्यमिकी परिक्रमाका यात्री दोहोर्याएर भारत पुगेका छन् ।

पन्ध्र दिने यो परिक्रमामा दोस्रो र तेस्रो दिन भारतको मधुवनी जिल्लाको कल्याणेश्वर (कलना) र गिरिजास्थान (फुलहर)मा बिताएका यात्री फेरि १३औँ दिन शनिबार भारत पुगेका हुन् ।

यात्राको उत्तराद्र्धतिर १३औँ दिन मधुवनीकै करुणामा शनिबार रात बिताएका यात्री आज आइतबार १४औँ दिन मधुवनीकै बिसौल पुग्दैछन् । बिसौलमा आज परिक्रमाका यात्री मध्यान्हसम्म सबै पुग्नेछन् । आज बिसौलको रात्रिबासपछि अन्तिम अर्थात् १५औँ दिन भोलि सोमबार यात्री जनकपुरधाम पुग्नेछन् । महोत्तरी, धनुषा र मधुवनी जिल्लाका तीर्थस्थलहरूको परिक्रमा गरिने यो यात्रा नेपाल–भारत सांस्कृतिक सम्बन्धको अनुपम उदाहरण भएको सीमा वारिपारिका बासिन्दा बताउँछन् ।

सीमापारिका भारततिर गुप्तामात्र नभएर आम सर्वसाधारण र जनप्रतिनिधिहरू पनि सीमा वारिपारिका नेपाली र भारतीय दुई फरक देशका नागरिक भए पनि दुःखसुख एकआपसमा बाँड्दै आएका बताउँछन् । नेपाल–भारतबीच सांस्कृतिक आदानप्रदानका कैयौँ अवसर छन् ।

यीमध्ये साउन शुक्लपक्षमा मनाइने झुलापर्व, कात्तिक शुक्लपक्षमा मनाइने छठ, मङ्सिर शुक्लपक्षको पञ्चमी तिथिमा मनाइने रामजानकी विवाह महोत्सव, फागुन शुक्लपक्षको मिथिला माध्यमिकी परिक्रमा र होली पर्व मुख्य छन् । यी धार्मिक तथा सांस्कृतिक उत्सवमा नेपाल र भारतका साधुसन्तदेखि घरगृहस्थीका सर्वसाधारणसम्म एकाकार हुँदै आएका नेपालतर्फ महोत्तरीको मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डल बताउनुहुन्छ ।

“मिथिला माध्यमिकी परिक्रमाको चौथो दिन भारतको गिरिजास्थानबाट मटिहानी आउने यात्री मधवापुर बजारहुँदै आउँछन्, ती सबैलाई मधवापुरबासी स्वागत गर्दै नेपालतिर ल्याउँछन्”, उहाँ भन्नुहुन्छ, “बीचको दशगजा वारिपारिका हामी बासिन्दा छौँ, यो भूगोल थाहा नपाएका कुनै नयाँ यात्री हामीलाई (मटिहानी र मधवापुरवासी) हेरेर फरक देशका नागरिक भनेर खुट्याउनै सक्दैनन् ।” दुवैतर्फका बोली, रीतिथिति, वेशभूषा र चाडपर्व समान हुँदा वारिपारि आउजाउ गर्दा कहिल्यै फरक देशको अनुभूति नहुने गरेको तत्कालीन मधवापुर ग्रामपञ्चायतका सरपञ्च बलराम मिश्र बताउनुहुन्छ । विगतमा नेपालका एफएम रेडियोहरूमा लामो समय विभिन्न कार्यक्रम प्रस्तुत गरेको हुँदा नेपाली बोल्न, लेख्न र पढ्न असजिलो नहुने मिश्रले प्रस्ट्याउनुभयो ।

मिथिला माध्यमिकी परिक्रमा अघि त्रेतायुगमा श्रीराम र सीताजीले विवाहपश्चात विहार गर्ने क्रममा घुमफिर गर्नुभएका पदचापको अनुशरण मानिन्छ । प्राचीन मिथिला (विदेह) राज्यको राजधानी जनकपुरधामलाई केन्द्र (माझ)मा राखेर १३३ किलोमिटरको बृत्तमा १५ दिन गरिने मध्यमा परिक्रमामा मधुवनी जिल्लामा चार रात्रिबासको परम्परा छ । यस यात्रामा सरिक हुने नेपाली र भारतीय उत्तिकै हुन्छन् । यात्रामा को भारतीय र को नेपाली भनेर नचिनिने जलेश्वर–५ पतैलीका बासिन्दा मैथिल संस्कृतिविद् ध्रुवराय बताउनुहुन्छ ।

“यो यात्रा साधुसन्तले भनेजस्तै साँच्चै अलौकिक छ, अनि आनन्द र निस्फिक्रीको पनि”, राय भन्नुहुन्छ, “यात्राको सवल पक्षमा नेपाल भारतका सांस्कृतिक सम्बन्धका कुरा छन्, यस यात्रामा नेपाल–भारत दुवै देशका क्षेत्र र नागरिक सम्मिलित हुन्छन्, यो हाम्रो बहुआयामिक सम्बन्धको सेतु पनि हो ।”

फागुन औँसीदेखि सुरु भई शुक्लपक्षभरिका १५ दिनको यो यात्रामा १५ रात्रिबासको परम्परा छ । जसमा नेपालतर्फ ११ र भारततर्फ मधुवनी जिल्लामा चार रात बिताइने गरिन्छ । यो यात्रामा दोस्रो, तेस्रो, १३ औँ र १४ औँ दिनको रात्रिबास भारतको मधुवनी जिल्लाका क्रमशः कल्याणेश्वर (कलना), फुलहर (गिरिजास्थान), करुणा र बिसौलमा गरिन्छ । नेपालतर्फ ११ दिनमा छ धनुषा र पाँच महोत्तरीमा गरिन्छन् ।

मिथिला माध्यमिकी परिक्रमाका कथाबस्तु सबै नेपाल–भारतका समान छन् । श्रीराम भारतीय र सीताजी नेपालकी छोरी । यो वैवाहिक सम्बन्धदेखि नै यता दुवैतर्फ बिहाबारी सघन हुँदै आएको परिक्रमाको १३औँ दिनको रात्रि विश्रामस्थल रहेको मधुवनी जिल्लाको करुणाका बासिन्दा ७० वर्षीय श्रीनिवास पाण्डे बताउनुहुन्छ । यी सांस्कृतिक परम्पराले राज्यराज्यबीचको सम्बन्धलाई अझ सुदृढ गरेको मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापिठका प्राचार्य हेमनारायण लाल कर्णको भनाइ छ । रासस