१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल News Polar देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन

टी–२० विश्वकपः श्रीलंकामाथि जितका बाबजुद पाकिस्तान बाहिरियो

टी–२० विश्वकपः श्रीलंकामाथि जितका बाबजुद पाकिस्तान बाहिरियो
अ अ+ अ-

काठमाडौं। साहिबजादा फरहानको ऐतिहासिक शतक र श्रीलंकामाथिको रोमाञ्चक जितका बाबजुद पाकिस्तान टी-२० विश्वकपको ‘सुपर-८’ चरणबाटै बाहिरिएको छ ।

पाकिस्तानले विश्वकप आयोजक तथा घरेलु टोली श्रीलंकालाई १४७ रनमा रोक्न असफल भएपछि न्युजिल्यान्ड सेमिफाइनलमा पुगेको हो। न्युजिल्यान्ड र पाकिस्तानको समान ३ अंक भएपनि नेट रनरेटमा न्युजिल्यान्ड अघि रहेपछि शीर्ष २ मा रहेर अन्तिम चारमा पुगेको हो।

न्युजिल्यान्डको नेट रनरेट १.३९० रहेको छ। पाकिस्तानको माइनस शून्य दशमलव १.२३ रहेको छ।

पाकिस्तानले दिएको २१३ रनको लक्ष्य पछ्याउँदै श्रीलंकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २०७ रन बनायो। टोलीले खेल जित्न नसके पनि उसको ब्याटिङ पाकिस्तानका लागि घातक सावित भयो। यस नतिजासँगै सुपर–८ को समूह–२ बाट इंग्ल्यान्ड र न्यूजिल्यान्ड सेमिफाइनलमा पुगे, जबकि पाकिस्तान र श्रीलंकाको प्रतियोगितामा यात्रा टुंगियो।

पहिले ब्याटिङ गरेको पाकिस्तानले टी-२० विश्वकपकै आफ्नो उच्च योगफल बनाउने क्रममा निर्धारित ओभरमा ८ विकेट गुमाएर २ सय १२ रन बनाएको थियो । ओपनरद्वय फरहान र फखर जमानले पहिलो विकेटका लागि १ सय ७६ रनको सानदार साझेदारी गरे । फरहानले ६० बलमा सय रन (९ चौका, ५ छक्का) बनाए भने फखरले ४२ बलमा ८४ रन जोडे ।

विशाल लक्ष्य पछ्याएको श्रीलंकाले उत्कृष्ट लडाइँ गर्‍यो । विशेषगरी कप्तान दासुन शनाकाले ३१ बलमै अविजित ७६ रन जोड्दै श्रीलंकालाई जितको नजिक पुर्‍याएका थिए । अन्तिम ओभरमा जितका लागि २८ रन चाहिएको अवस्थामा शनाकाले १ चौका र ३ छक्का प्रहार गर्दै खेललाई रोमाञ्चक बनाए । तर, शाहीन अफ्रिदीले सटिक योर्कर फ्याँक्दै श्रीलंकालाई २०७/६ को स्कोरमा रोकेर पाकिस्तानलाई ५ रनको सान्त्वना जित दिलाए।

श्रीलंकाका लागि बलिङमा दिलशान मदुशंकाले ३ विकेट लिए ।

श्रीलंकाका लागि कप्तान दासुन लियांकेले सर्वाधिक ७६ रनको योगदान दिए पनि टोलीको हार टार्न सकेनन्। पवन रत्नायकेले ५८ रन बनाए। कमिल मिसराले २६ र चारिथ असलंकाले २५ रन थपे।