२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला News Polar वृद्धको हत्या अभियोगमा युवक पक्राउ News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय News Polar कृष्ण थापा नेपाली सेनाको रग्बी प्रशिक्षक नियुक्त News Polar तिलौराकोट, जनकपुरधाम र पनौतीबारे अध्ययन गरिने

इजरायलस्थित नेपाली नागरिकलाई सतर्क रहन दूतावासको आग्रह

इजरायलस्थित नेपाली नागरिकलाई सतर्क रहन दूतावासको आग्रह
अ अ+ अ-

काठमाडौं । इजरायलमा विकसित हुँदै गएको सुरक्षा अवस्थालाई ध्यानमा राख्दै इजरायलमा रहेको नेपाली दूतावासले त्यहाँ बसोबास गरिरहेका नेपाली नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।

दूतावासले जारी गरेको परामर्शअनुसार हाल मध्यपूर्व क्षेत्रमा देखिएको तनावपूर्ण परिस्थितिका कारण सुरक्षा सावधानी कडाइका साथ पालना गर्न अनुरोध गरिएको हो।

दूतावासले इजरायलमा रहेका नेपालीलाई स्थानीय सुरक्षा निकाय र होम फ्रन्ट कमाण्डले जारी गर्ने निर्देशनहरू अनिवार्य रूपमा पालना गर्न, सकेसम्म घरभित्रै बस्न तथा अनावश्यक आवतजावत नगर्न सुझाव दिएको छ। साथै, सम्बन्धित निकायको अनुमति बिना यात्रा नगर्न पनि आग्रह गरिएको छ।

परामर्शमा स्थानीय समाचार, आधिकारिक सूचना तथा आपतकालीन चेतावनी नियमित रूपमा निगरानी गर्न र आफ्नो क्षेत्रमा रहेका नेपाली समुदायसँग निरन्तर सम्पर्कमा रहन भनिएको छ। नजिकका सुरक्षित आश्रयस्थल (सेल्टर) को जानकारी राखी आवश्यक परे तत्काल त्यहाँ पुग्न तयारी अवस्थामा रहन पनि दूतावासले आग्रह गरेको छ।

दूतावासले तेल अविव स्थित आफ्नो कार्यालयसँग नियमित सम्पर्क कायम राख्न अनुरोध गर्दै आवश्यक परे अद्यावधिक सूचना निरन्तर जारी गरिने जनाएको छ। आपतकालीन अवस्थाका लागि दूतावासले फोन र इमेलमार्फत सम्पर्क गर्न सकिने जानकारी समेत दिएको छ।

हालको परिस्थितिलाई मध्यनजर गर्दै नेपाली नागरिकलाई संयमित, सचेत र सुरक्षित रहन दूतावासले पुन: अपिल गरेको छ। यसैबिच नेपाल सरकारले तत्काल इजरायल र इरानको यात्रा नगर्न सुचित गरेको छ ।

परराष्ट्र मन्त्रालयले आज ट्राभल एडभाइजरी जारी गर्दै इजरायल वा इरान यात्रा गर्ने योजना बनाइरहेका नेपाली नागरिकहरूलाई हालको अवस्था सामान्य नभएसम्म यात्रा स्थगित अपील गरेको हो ।परराष्ट्र मन्त्रालयले मध्यपूर्वमा विकसित भइरहेको परिस्थितिलाई नजिकबाट अनुगमन गरिरहेको बताएको छ ।

फोटो- रासस /एपी