२५ श्रावण २०८३, सोमबार
,
Latest
निजी क्षेत्रको सफलता नै राष्ट्रको आर्थिक समृद्धिको आधारः अर्थमन्त्री डा. वाग्ले प्रधानमन्त्री शाहलाई भारतीय राजदूत श्रीवास्तवमार्फत मोदीको शुभकामना कैलालीका शिवालयमा भक्तजनको घुइँचो लोकतन्त्रको सुदृढीकरणका लागि मातृभाषा पत्रकारिता अपरिहार्यः मन्त्री गौतम दोलखाको यलुङ–री हिमपहिरोमा बेपत्ता पाँच आरोहीको शव नौ महिनापछि भेटियो हेटौँडाको संस्कृत वेद विद्यालयमा प्राचीन धर्मग्रन्थको पुस्तकालय बनाइँदै विनोदले गाउँ छोडेका छैनन् गुह्येश्वरीमा दैनिक तीन करोड २४ लाख लिटर फोहर पानी प्रशोधन जुम्ला यातायात कार्यालयले उठायो एक वर्षमा पौने दुई करोड राजस्व प्रधानमन्त्री बालेन्द्र शाहसँग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेट
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय स्वाधिनता र जनताको आत्मसम्मान मुख्य उद्देश्य : संयोजक दाहाल



अ+ अ-

काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय स्वाधिनता र जनताको आत्मसम्मान पार्टीको मुख्य उद्देश्य रहेको बताउनुभएको छ ।

नेपाली कम्युनिष्ट पार्टी, ललितपुर क्षेत्र नं. १ द्वारा आज आयोजित अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा उहाँले मुलुकमा विद्यमान सङ्कट समाधान गरी देश विकास र जनतालाई समृद्ध बनाउने सङ्कल्प पार्टीले लिएको बताउनुभयो ।

विगतका कमजोरी सच्याउँदै ‘नयाँ नेपाल’ निर्माण गर्ने प्रतिबद्धतासहित विभिन्न २६ वटा वामपन्थी र समाजवादी घटनाहरूबीच एकता भएको बताउँदै पूर्वप्रधानमन्त्री दाहालले मुलुकको वर्तमान राजनीतिक परिस्थितिमा कम्युनिष्ट शक्तिहरूलाई सुदृढ बनाउँदै अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

पार्टीले आत्मसात गरेका वैचारिक दृष्टिकोण तथा कम्युनिष्ट आदर्शका कारण अहिले पार्टीप्रति जनलहर बढेको बताउँदै उहाँले आसन्न निर्वाचनमा जनताले राम्रो मूल्याङ्कन गर्ने उल्लेख गर्नुभयो । पार्टीले आगामी पाँच वर्षभित्र उद्यमशीलतामार्फत रोजगारी सिर्जना गर्ने गरी योजना निर्माण गरेको बताउँदै उहाँले त्यस कार्यक्रमबाट गरिबी १० प्रतिशतमा झार्ने सकिने र सामाजिक तथा आर्थिक रूपान्तरणका लागि १० प्रतिशतभन्दा माथिको आर्थिक वृद्धिदर हासिल गर्न सकिने बताउनुभयो ।

राजनीतिक व्यवस्था बदलिए पनि जनताको जीवनस्तर नबदलिएको स्वीकार्दै उहाँले नेपाली विशेषताको समाजवाद कार्यान्वयन गरी प्रतिवर्ष एक लाख ५० हजार रोजगारी सिर्जना गर्ने लक्ष्य राखिएको जानकारी दिनुभयो ।  रासस