६ श्रावण २०८३, बुधबार
,
Latest
अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी विषयमा मन्त्री सिता बादी र सांसद रमेश प्रसाईबीच भेटवार्ता प्रहरी महानिरीक्षक कार्की स्वदेश फिर्ता हस्तकला क्षेत्रको विकासका लागि महासंघका माग सम्बोधन गर्ने प्रधानमन्त्रीको आश्वासन मनसुनजन्य विपद्को पूर्वतयारी फितलो भएको भन्दै विपक्षी दलद्वारा राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव परिवर्तन सरकारमा होइन शासनमा ,नीति होइन प्रणाली बदल्नुपर्छ राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले कानुन कार्यान्वयन अवस्थाको थाल्यो अध्ययन शिक्षा र स्वास्थ्यमा तीन प्रतिशत कर फिर्ताको घोषणा स्वागतयोग्य रहेको प्रतिक्रिया डा. गोविन्द केसीले बिहीबारदेखि २२औँ पटक सत्याग्रह थाल्ने नतिजा देखिनेगरी जिम्मेवार भएर काम गर्न कर्मचारीलाई सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन दुई वर्षको वाचा, साढे पाँच वर्षको पर्खाइ, अधुरै छन् आधारभूत अस्पताल
तपाईं के खोज्दै हुनुहुन्छ ?

वाग्लेको आरोप: पुराना राजनीतिक दलहरुले दलीय संरचनालाई भ्रातृ संगठनका नाममा राज्य दोहनको ‘मेसिन’ बनाए



फाइल फोटो
अ+ अ-

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा. स्वर्णिम वाग्लेले पुराना राजनीतिक दलहरूले दलीय संरचनालाई भ्रातृ संगठनका नाममा राज्य दोहनको मेसिन बनाएको आरोप लगाएका छन् ।

शुक्रवार चितवनमा आयोजित पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले यस्तो आरोप लगाएका हुन् । पुराना दलहरूमाथि राज्य संयन्त्र कब्जा गरी दोहन गरेको आरोप लगाउँदै वाग्लेले दलीय सिण्डिकेट अन्त्य नगरीकन मुलुकमा विद्यमान समस्या समाधान गर्न नसकिने जिकिर गरे ।

विश्वविद्यालयहरू, अस्पताल, संघसंस्थादेखि राज्यका हरेक निकाय निकम्मा दलीय छायामा रहेको भन्दै उनले रास्वपा सबै प्रकारका दलीय हस्तक्षेप अन्त्य गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।

“दलीय संरचनालाई भातृ संगठनका नाममा राज्य दोहनको मेसिन बनाइयो । हाम्रा विश्वविद्यालयहरु कब्जा गरियो, अस्पताल कब्जा गरियो, संघसंस्थाहरु कब्जा गरियो, राज्यको हरेक निकाय निकम्मा दलीय छायामा छ । आज म स्पष्ट भन्न चाहन्छु, अब यो लुटको खेति स्पष्ट रुपमा बन्द हुनेछ, हुनैपर्छ । दोहनको दलीय सिण्डिकेट अब खारेज हुनैपर्छ । नझुक्किनुहोला पुराना दलहरु फेरी त्यही संरचना बोकेर तपाईहरुसामु आएका छन्,” उनले भने ।

उनले अगामी २१ फागुन हुने निर्वाचनमा रास्वपालाई बहुमतका साथ विजयी गराउन समेत अपिल गरे ।




भर्खरै