२ श्रावण २०८३, शनिबार
,
Latest
‘जहाँ अब स्टेथोस्कोप बोक्नेहरु हुनेछन्’ मुक्ति घोषणा भएको चार वर्षः हरवाचरवा समुदाय पहिचानबाट वञ्चित ‘रोल नं १’ ५१औँ प्रदर्शनको दिनमा प्रवेश स्टार्मरको राजीनामापछि बर्नहम बेलायतको प्रधानमन्त्री बन्ने तुलसीपुर उपमहानगरकाद्वारा १५४ कानुन निर्माण इन्धन र विद्युतीय चार्जिङ युनिटमा अतिरिक्त शुल्क उठाउन यातायात व्यवसायीको सुझाव मधेस विश्वविद्यालयमा तीन वटा शैक्षिक कार्यक्रम विस्तार ‘कक्षाकोठामा ३५ वर्ष’ ले देखाएको शैक्षिक सुधारको बाटो नेपालगन्ज भन्सारमा २० अर्ब राजस्व संकलन खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछः अध्यक्ष पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

खाद्य विभागद्वारा चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्म २९ लाखभन्दा बढीका अखाद्य वस्तु जफत तथा नष्ट



अ+ अ-

काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग ले चालु आर्थिक वर्ष २०८२/०८३ को दोस्रो त्रैमासिक अवधिमा सञ्चालन गरिएको अनुगमन तथा निरीक्षणका क्रममा रु. २९ लाख ४ हजार १५२ रुपैयाँ बराबरका अखाद्य वस्तु जफत गरी नष्ट गरेको जनाएको छ।

विभागले आज आयोजित पत्रकार सम्मेलनमार्फत दिएको जानकारी अनुसार अर्द्धवार्षिक अवधिमा चाडपर्व लक्षित तथा नियमित बजार अनुगमनका क्रममा विभाग र मातहतका कार्यालयहरूले विभिन्न उद्योग, पसल तथा वितरण केन्द्रहरूमा निरीक्षण गरेका थिए।

सो क्रममा उपभोग्य मिति समाप्त भएका, खाद्य अनुमति पत्र नलिएका, पूर्ण लेबल विवरण नभएका, स्थलगत परीक्षणमा कैफियत देखिएका तथा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ विपरीत रहेका खाद्य पदार्थहरू जफत गरिएको हो।

जफत तथा नष्ट गरिएका सामग्रीहरूमा कैफियत देखिएका पेय पदार्थ, मिठाई, खाद्यान्न, खाने तेल, मसला, चिप्स, चकलेट, कटान क्यान्डी, मासुजन्य खाद्य पदार्थ, प्रशोधित पिउने पानीका जार तथा कृत्रिम रंगलगायतका वस्तुहरू रहेका छन्।

विभागले उक्त अवधिमा अनुगमन/निरीक्षण, प्रयोगशाला सेवा प्रवाह, आयात–निर्यात नियन्त्रण तथा गुणस्तर मापदण्ड कार्यान्वयनसम्बन्धी प्रगति विवरण पनि सार्वजनिक गरेको छ।

खाद्य वस्तुको गुणस्तर र उपभोक्ता सुरक्षालाई प्राथमिकतामा राख्दै बजार अनुगमनलाई थप प्रभावकारी बनाइने विभागले जनाएको छ।