२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला News Polar वृद्धको हत्या अभियोगमा युवक पक्राउ News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय News Polar कृष्ण थापा नेपाली सेनाको रग्बी प्रशिक्षक नियुक्त News Polar तिलौराकोट, जनकपुरधाम र पनौतीबारे अध्ययन गरिने

छ महिनामा १८८ नयाँ खाद्य उद्योगलाई अनुमति, २९ लाख बराबरका खाद्य पदार्थ जफत

छ महिनामा १८८ नयाँ खाद्य उद्योगलाई अनुमति, २९ लाख बराबरका खाद्य पदार्थ जफत
अ अ+ अ-

काठमाडाैँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले चालु आर्थिक वर्षको पहिलो छ महिनामा देशभर १८८ वटा नयाँ खाद्य उद्योग स्थापना गर्न अनुमति दिएको छ ।

बिहीबार सार्वजनिक गरिएको आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासिक तथा अर्धवार्षिक कार्य प्रगतिअनुसार विभाग तथा मातहतका प्रदेशस्थित आठ कार्यालयमार्फत ती उद्योगलाई अनुमतिपत्र प्रदान गरिएको हो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अनुसार सो अवधिमा ४३५ वटा नयाँ उद्योग खोल्न सिफारिस गरिएको छ भने १ हजार २ सय १८ वटा उद्योगको अनुज्ञापत्र नवीकरण गरिएको छ ।

विभागकी प्रवक्ता डा. बालकुमारी शर्माका अनुसार दोस्रो त्रैमासिकमा मात्र ३३३ वटा उद्योगको अनुज्ञापत्र नवीकरण गरिएको थियो । त्यस्तै, ४२१ वटा नयाँ उद्योग स्थापना गर्न सिफारिस गरी जम्मा ९४२ वटा उद्योगलाई अनुमतिपत्र जारी, नवीकरण वा सिफारिस गरिएको छ ।

छ महिनाको अवधिमा विभागले करिब ६ हजार पटक बजार अनुगमन गरेको छ । खाद्य तथा दाना उद्योग, होटल–रेष्टुरेन्ट, राजमार्ग होटल, हाटबजार, विद्यालय तथा क्याम्पस क्यान्टिन, दुग्ध तथा तेल उद्योगलगायत क्षेत्रमा ५ हजार ९ सय ६ पटक अनुगमन गरिएको विभागले जनाएको छ ।

दोस्रो त्रैमासिकमा मात्र ३ हजार ३८ पटक निरीक्षण गरिएको थियो । उपभोक्ताबाट प्राप्त उजुरीको छिटो सम्बोधनका लागि ‘¥यापिड रेस्पोन्स टिम’ समेत परिचालन गरिएको प्रवक्ता शर्माले जानकारी दिइन्।

विभागले छ महिनामा २९ लाख रुपैयाँभन्दा बढी मूल्यका खाद्य पदार्थ जफत तथा नष्ट गरेको छ । चाडपर्व लक्षित र नियमित अनुगमनका क्रममा २९ लाख ४ हजार १५२ रुपैयाँ बराबरका म्याद नाघेका, लेबल नभएका वा ऐनविपरीतका खाद्य पदार्थ जफत गरिएको हो । जफत गरिएका सामग्रीमा पेय पदार्थ, मिठाई, खाद्यान्न, तेल, मसला, चिप्स, चकलेट, क्यान्डी, मासुजन्य खाद्य पदार्थ, प्रशोधित पिउने पानीका जार तथा कृतिम रंगसमेत रहेका छन् ।

गुणस्तर परीक्षणका लागि नमूना संकलन कार्य पनि निरन्तर गरिएको छ । अर्धवार्षिक अवधिमा १ हजार ४ सय ५२ नमूना संकलन गरिएकामध्ये ९९९ नमूनाको परीक्षण सम्पन्न भएको छ ।

परीक्षण गरिएका नमूनामध्ये २६ वटा अर्थात् २.६ प्रतिशत नमूनाको नतिजा प्रतिकूल देखिएको विभागले जनाएको छ । प्रतिकूल नमूनामा दुग्ध पदार्थ, प्रशोधित पिउने पानी, तेल तथा घ्यू, मसला, चिया–कफी र खाद्यान्न परेका छन् । यस्ता गुणस्तरहीन सामग्री बिक्री–वितरण गर्ने व्यवसायीविरुद्ध कानुनबमोजिम अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाइएको छ ।

न्यूनस्तर तथा दूषित खाद्य उत्पादन र बिक्री–वितरणको कसुरमा चालु आर्थिक वर्षको छ महिनामा ६२ वटा मुद्दा दायर गरिएको विभागले जनाएको छ । तीमध्ये ३४ न्यून गुणस्तर, २० दूषित खाद्य, ४ लेबलसम्बन्धी र ४ ऐनविपरीतका मुद्दा रहेका छन् । साथै, कैफियत देखिएका बेकरीजन्य उत्पादन, फ्रुट बेभरेज, क्यान्डी, मसला, दालमोठ, चिया र प्रशोधित पिउने पानीलगायत सामग्री १३ पटक फिर्ता (रिकल) गर्न आदेश जारी गरिएको छ ।

विभागले मोबाइल खाद्य प्रयोगशाला भ्यानमार्फत पनि स्थलगत परीक्षण र अनुगमन गर्दै आएको छ । छ महिनामा ६० पटक मोबाइल प्रयोगशालामार्फत परीक्षण गरिएको छ । काठमाडौं उपत्यका प्रवेश नाकामा तरकारी तथा फलफूलमा विषादी परीक्षण र चाडपर्व लक्षित होटल अनुगमन गरिए पनि भदौ २३–२४ गतेको आन्दोलनका क्रममा विराटनगर र धनगढीका मोबाइल भ्यानमा क्षति पुगेपछि ती क्षेत्रमा सेवा प्रभावित भएको विभागले जनाएको छ ।

परम्परागत नेपाली खाद्य पदार्थ छुर्पी र मस्यौराको अनिवार्य गुणस्तर मापदण्ड २०८२ पुस २१ गते नेपाल राजपत्रमा प्रकाशित भइसकेको छ । रोल्ड ओट्सको मापदण्ड २०८२ माघ ५ गते प्रकाशित भई ९१ दिनपछि लागू हुने विभागले जनाएको छ । गुन्द्रुकको अनिवार्य मापदण्ड स्वीकृत भई प्रकाशन प्रक्रियामा रहेको छ । विभागले उपभोक्ताको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै आगामी दिनमा पनि अनुगमन र कारबाहीलाई थप सशक्त बनाउने जनाएको छ ।