२१ असार २०८३, आईतवार
,
Latest
कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप शासकीय सुधारलाई निरन्तरता दिन सरकारलाई कांग्रेसको समर्थन जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्छः मन्त्री लम्साल सामाजिक चेतनामूलक चलचित्र ‘बिषहरण’को अडिसन सम्पन्न गोरखामा मरुवा सङ्क्रमणका कारण चैतेधानमा क्षति प्रहरी महानिरीक्षक कार्की र सशस्त्र प्रहरी महानिरीक्षक पौडेल न्यूयोर्क प्रस्थान बिपी प्रतिष्ठानको सेवा विस्तारमा सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री मेहता हात्ती आक्रमणका पीडितको समाधान गर्ने मन्त्री गौतमको प्रतिबद्धता पदयात्रा पर्यटनका समस्या समाधान गर्न पर्यटनमन्त्रीसँग ध्यानाकर्षण कोशी अस्पतालको अतिक्रमित जग्गा खाली गराउन गृहमन्त्री गुरुङको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचनपछि ‘त्रिशंकु संसद’ को सम्भावना–चार शक्तिबीच मुख्य प्रतिष्पर्धाः संयोजक दाहाल



अ+ अ-

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले आगामी निर्वाचनपछि मुलुकमा ‘त्रिशंकु संसद’ (हङ पार्लियामेण्ट) बन्ने प्रक्षेपण गर्नुभएको छ ।

बिहीवार पार्टी केन्द्रिय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले निार्वचनपछि कुनै एक दलको स्पष्ट बहुमत नआउने र पुनः त्रिशंकु संसद बन्ने दाबी गर्नुभएको हो । सातै प्रदेशको चुनावी अभियानबाट फर्किएपछि पत्रकारहरूसँग कुरा गर्दै संयोजक दाहालले वर्तमान निर्वाचन प्रणाली र शासकीय स्वरूपका कारण एकल बहुमतको सम्भावना नरहेको बताउनु भयो ।

दाहालले आफ्नो पार्टीको आन्तरिक अध्ययन र अनुसन्धानका आधारमा यस पटकको निर्वाचनमा चारवटा मुख्य राजनीतिक धाराहरूबीच प्रतिष्पर्धा हुने उल्लेख गर्नुभयो । उहाँकाअनुसार नेपाली कम्युनिष्ट पार्टी, नेपाली काँग्रेस, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच नै मुख्य प्रतिष्पर्धा हुने देखिएको छ । पार्टीलाई अवमूल्यन गर्ने प्रवृत्ति समाजमा रहेको गुनासो गर्दै उहाँले राम्रो गर्न सक्दा नेकपा अगाडि आउने सम्भावना रहेको बताउनु भयो । संयोजक दाहालले यस पटक आफ्नो पार्टीभित्र असाध्यै राम्रो एकता पैदा भएको दाबी गर्नुभयो । सातै प्रदेशमा नेता, कार्यकर्ता र शुभेच्छुकहरू सक्रियतापूर्वक निर्वाचनमा होमिएको बताउँदै उहाँले नेपाली कम्युनिष्ट पार्टी नै कुनैपनि समस्या नभएको पार्टी रहेको जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘अहिलेसम्मको परिस्थिति हेर्दा हाम्रो मोटा–मोटी आँकलन के छ भने हाम्रो निर्वाचन प्रणाली र शासकीय स्वरूपका कारण कुनै एक पार्टीको बहुमत आउने सम्भावना अहिलेपनि हामीले देखेका छैनौं । हुने भनेको फेरि पनि त्रिशंकु संसद नै हो, हङ पार्लियामेन्ट नै हुने स्थिति हो र सबै–सबैले पनि यही नै आकलन गरेको स्थिति छ । त्यस्तो परिस्थितिमा पनि हामीले जनमतलाई कदर गर्दै फेरि समझदारीको साथ हाम्रो लोकतान्त्रिक विधि विधान र मूल्य मान्यताअनुसार अगाडि बढ्ने कमिटमेन्ट हामी सबै राजनीतिक दल र निर्वाचनमा सहभागी सबै–सबैको तर्फबाट हुनुपर्दछ भन्ने हाम्रो धारणा पनि म राख्न चाहन्छु । अहिले हाम्रो पार्टी नेपाली कम्युनिष्ट पार्टीको पक्षमा म जति ठाउँमा गएँ सातै प्रदेशमा र हाम्रा नेताहरु जहाँ–जहाँ जानुभएको छ त्यो–त्यो ठाउँमा यो पटक हाम्रो पार्टीभित्र असाध्यै राम्रो एकता पैदा भएको छ । हाम्रा नेता कार्यकर्ता समर्थक शुभेच्छुक सबै सक्रियतापूर्वक निर्वाचन प्रक्रियामा लाग्नुभएको छ ।’

आफ्नो पार्टीको प्राथमिकताका बारेमा प्रष्ट पार्दै दाहालले कृषि, उद्योग, पर्यटन र ऊर्जा क्षेत्रमा गुणात्मक विकास गरी रोजगारी सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । साथै, भ्रष्टाचार नियन्त्रण र सामाजिक विभेदको अन्त्य आफ्नो मुख्य एजेण्डा भएको उहाँको भनाइ छ । निर्वाचनको परिणाम जे जस्तो आए पनि त्यसलाई स्वीकार्ने मानसिकताका साथ आफूहरू अगाडि बढेको उहाँले बताउनु भयो । जनमतको कदर गर्दै लोकतान्त्रिक विधि र मूल्य मान्यताअनुसार समझदारीका साथ अगाडि बढ्न सबै राजनीतिक दलहरू प्रतिवद्ध हुनुपर्नेमा उहाँले जोड दिनुभयो । –न्युज एजेन्सी नेपाल