७ श्रावण २०८३, बिहीबार
,
Latest
दिपक भट्टसँग जोडिएका रिमाल पक्राउ नेपालका रैथाने उत्पादनको संरक्षणका लागि जीआई कानुन ल्याइने राजस्व लक्ष्य प्राप्तिको तयारी बुझ्न अर्थमन्त्री डा.स्वर्णिम वाग्ले आन्तरिक राजस्व विभागमा सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा आन्तरिक राजस्व कार्यालय लहानका कर अधिकृत पक्राउ वैकल्पिक व्यवस्थापन र जग्गाको स्वामित्वको माग गर्दै सुकुम्बासीद्वारा माईतीघरमा प्रदर्शन ९औँ ग्लोबल नेपाली फिल्म अवार्ड २०२६ सिड्नी टाउन हलमा हुने त्रिभुवन विश्वविद्यालयले मनायो ६७औँ वार्षिकोत्सव गणतन्त्रका उपलब्धिको रक्षा गर्न प्रगतिशील शक्ति एकजुट हुनुपर्छः संयाेजक दाहाल देशका विभिन्न छ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा नापतौलयन्त्र नवीकरण नगर्ने र उपभोक्ता ठग्ने ६ हजार प्रतिष्ठान कारबाहीमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

निष्पक्ष निर्वाचन गराउन राष्ट्रिय मानव अधिकार आयोगको आग्रह



अ+ अ-

काठमाडौँ। राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्ष तपबहादुर मगरले आसन्न निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित तुल्याउन सबैसँग आग्रह गर्नुभएको छ ।

स्वच्छ निर्वाचनका लागि नागरिक अभियानद्वारा आज यहाँ आयोजित ‘लोकतन्त्रको स्थायित्वका लागि निर्वाचन र सरोकारवालाको’ भूमिका विषय कार्यक्रममा उहाँले निर्वाचनका लागि स्वच्छ वातावरण बनाउन सरकार, राजनीतिक दल, नागरिक समाज, सुरक्षा निकाय र सञ्चारजगतको महत्त्वपूर्ण भूमिका रहने धारणा राख्नुभयो ।

अध्यक्ष मगरले भन्नुभयो, “जनताले निष्पक्ष रूपमा आफ्नो सक्षम र योग्य जनप्रतिनिधि छान्न पाउनुपर्छ । मतदातालाई दिग्भ्रमित हुने कार्य कसैबाट हुनुहुन्न ।”

नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक डम्बरबहादुर विकले निर्वाचन सुरक्षा व्यवस्थापन र तयारीका हिसाबले मतदानका दिन गर्नुपर्नेबाहेक सम्पूर्ण तयारी पूरा गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “आममतदाताले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा मतदान गर्न पाउनुहुन्छ । त्यसका लागि राजनीतिक दल र उम्मेदवार आवश्यक सहयोग हुनेछ ।”

नेपाल प्रहरी निर्वाचनको पहिलो घेरामा रहेर जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँले मतदाताको निर्वाचनप्रतिको चासो र सुरक्षाकर्मीको मनोबल उच्च रहेको बताउनुभयो ।

सशस्त्र प्रहरी बलको अतिरिक्त महानिरीक्षक गणेश ढाडामगरले देशको विशिष्ठ परिस्थितिपछि हुन लागेको निर्वाचनप्रति आमनागरिकमा चासो रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “निर्वाचन आयोग र एकीकृत सुरक्षा योजनाअनुरूप दोस्रो घेरामा रही सुरक्षा प्रदान गर्नेछ । केन्द्र, प्रदेश र जिल्लामा सुरक्षा सेल खडा गरी हुनसक्ने सुरक्षा चुनौतीको विश्लेषणका साथ सुरक्षा बन्दोबस्ती मिलाइएको छ ।”

निर्वाचन आयोगका प्रतिनिधि उषा गजमेरले निर्वाचन आचारसहिता लागू भइसकेकाले राजनीतिक दल, उम्मेदवार र सरोकारवाला सबैले त्यसको पालना गर्न आग्रह गर्नुभयो ।

निर्वाचनमा कुनै उम्मेदवारलाई लक्षित गरी आरोप प्रत्यारोग गरेमा दण्डको भागिदार हुनुपर्ने कानुनी व्यवस्था रहेको बताउँदै उहाँले राजनीतिक दल र उम्मेदवार मुख्य जिम्मेवार भएकाले विभिन्न समयमा आयोगले छलफल र परामर्श गरिसकेको जानकारी दिनुभयो । रासस