२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला News Polar वृद्धको हत्या अभियोगमा युवक पक्राउ News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय News Polar कृष्ण थापा नेपाली सेनाको रग्बी प्रशिक्षक नियुक्त News Polar तिलौराकोट, जनकपुरधाम र पनौतीबारे अध्ययन गरिने

दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन सुक–योलद्वारा जीवन कारावासको सजायविरुद्ध अपिल

दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन सुक–योलद्वारा जीवन कारावासको सजायविरुद्ध अपिल
अ अ+ अ-

काठमाडाैँ । दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन सुक–योलले आफूमाथि लगाइएको जीवन कारावासको सजायविरुद्ध उच्च अदालतमा अपील दर्ता गर्नुभएको छ। यो अपील विद्रोहसम्बन्धी मुद्दासँग सम्बन्धित छ।

यो मुद्दा उनले २०२४ डिसेम्बर ३ मा घोषणा गर्नुभएको आपतकालीन मार्शल लसँग जोडिएको हो। योनहाप समाचार एजेन्सीका अनुसार, युनको कानूनी टोलीले फेब्रुअरी २४, २०२६ मा सियोल सेन्ट्रल डिस्ट्रिक्ट कोर्टमा अपील दर्ता गरेको छ। उक्त अदालतले फेब्रुअरी १९, २०२६ मा युनलाई विद्रोहको मुख्य नाइके भएको आरोपमा दोषी ठहर गर्दै जीवन कारावासको सजाय सुनाएको थियो।

दक्षिण कोरियाको कानूनअनुसार विद्रोहको मुख्य नाइके दोषी ठहर भएमा मृत्युदण्ड वा जीवन कारावास मात्र सजाय हुनसक्छ। युनमाथि आरोप थियो कि उनले असंवैधानिक रूपमा आपतकालीन मार्शल ल घोषणा गर्नुभएको, राष्ट्रिय सभाको मार्शल ल हटाउने प्रस्ताव रोक्न सेना र प्रहरी परिचालन गरेकाे र प्रमुख राजनीतिक व्यक्तित्वहरूलाई ९जस्तै मुख्य दलका नेता र संसद् सभामुख० हिरासतमा राख्ने प्रयास गरेका थिए ।

मार्शल ल घोषणा भएको रातमै राष्ट्रिय सभाले केही घण्टाभित्रै त्यसलाई खारेज गरेको थियो। यसपछि संवैधानिक अदालतले अप्रिल २०२५ मा युनको महाअभियोग स्वीकृत गर्दै उनलाई पदबाट हटाएको थियो।

युनको बचाउ टोलीले फैसलामा तथ्यगत त्रुटि र कानूनी व्याख्यामा गल्ती भएको दाबी गर्दै अपील दर्ता गरेको जनाएको छ। यो मुद्दाको सुनुवाइ अब उच्च अदालतमा हुनेछ।