१७ भाद्र २०८३, बुधबार
,
Latest
त्रिशूली नदीको कटानका कारण पृथ्वी राजमार्गको जवाङ खोला खण्ड भासिन शुरु घट्न सकेन किशोरी आमा बन्नेक्रम बगैँचामा स्याउ लटरम्म, किसानलाई बजारको चिन्ता ‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य भोटेकोशी बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना : जल तथा मौसम विज्ञान विभाग भारतको उत्तर प्रदेशस्थित पटाका कारखानामा भीषण विष्फोटः ११ जनाको मृत्यु, १८ भन्दा बढी घाइते वर्षा र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग भोटेकोशी बाढीः बाँकेमा सहयोग जुट्दै चङ्खेलीले जुटायो बाढी पीडितलाई राहत
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपा सहित विभिन्न पार्टीबाट ३ सय ५० भन्दाबढी एमाले प्रवेश



अ+ अ-

काठमाडाैँ ।  निर्वाचन नजिकिँदै गर्दा नेकपा एमालेमा प्रवेश गर्नेहरूको लहर बढेको छ । यसै क्रममा झापाको क्षेत्र नं. ५ स्थित दमक ४ बाट ३ सय ५० जना भन्दा बढि एमालेमा प्रवेशमा प्रवेश गरेका छन् ।

बुधबार धरधरे टोलमा आयोजित कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी सहित विभिन्न दल परित्याग गरि उनीहरू एमालेमा प्रवेश गरेका हुन् । एमाले प्रवेश गर्नेहरूलाई नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गरेका हुन् ।

विगतमा समेत नेकपा एमाले र अध्यक्ष ओलीकै नेतृत्वमा यो क्षेत्रको विकास भएको र आगामी दिनमा पनि उनी बाहेक अरुले विकासको अगुवाई गर्ने नसक्ने ठहर गरि एमालेमा प्रवेश गरेको उनीहरूले बताए ।

यस अघि समेत रास्वपाका क्षेत्रिय नेताहरूसहित विभिन्न व्यक्ति एमालेमा प्रवेश गरि सकेका छन् । आगामी फागुन २१ को प्रतिनिधी सभा निर्वाचनका लागि यस क्षेत्रबाट एमाले अध्यक्ष ओली उम्मेद्वार रहेका छन् ।