२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला News Polar वृद्धको हत्या अभियोगमा युवक पक्राउ News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय News Polar कृष्ण थापा नेपाली सेनाको रग्बी प्रशिक्षक नियुक्त News Polar तिलौराकोट, जनकपुरधाम र पनौतीबारे अध्ययन गरिने

कुष्ठरोग निवारणमा ‘दयामुखी’ होइन, अधिकारमुखी दृष्टिकोण अपनाउन विज्ञहरूको जोड

कुष्ठरोग निवारणमा ‘दयामुखी’ होइन, अधिकारमुखी दृष्टिकोण अपनाउन विज्ञहरूको जोड
अ अ+ अ-

काठमाडौँ । कुष्ठरोग प्रभावितहरूको अधिकार संरक्षण, कानुनी विभेदको अन्त्य र प्रभावकारी नीति कार्यान्वयनका लागि राज्यले दयामुखी होइन, अधिकारमुखी दृष्टिकोण अवलम्बन गर्नुपर्नेमा पूर्वप्रशासक तथा कानुनविद्हरूले जोड दिएका छन् ।

कुष्ठरोगसम्बन्धी विस्तृत अध्ययन प्रतिवेदन सार्वजनिक तथा छलफल कार्यक्रममा बोल्दै वक्ताहरूले कानुनी जटिलता र सामाजिक विभेद नै निवारणको मुख्य बाधक बनेको औँल्याए । उनीहरूले कुष्ठरोगलाई केवल स्वास्थ्य समस्याको रूपमा मात्र नभई मानव अधिकार, सामाजिक न्याय र राष्ट्रिय विकाससँग गाँसिएको गम्भीर मुद्दाका रूपमा सम्बोधन गर्नुपर्ने बताए । प्रभावितहरूलाई समाजको मूल प्रवाहबाट अलग्याउने विभेदकारी कानुनी प्रावधानहरू तत्काल खारेज गर्नुपर्ने उनीहरूको माग थियो । राज्यको न्यून लगानी, नीतिगत अस्पष्टता र तीन तहका सरकारबीच समन्वय अभावका कारण निवारणको लक्ष्य चुनौतीपूर्ण बनेको समेत उल्लेख गरियो ।

कार्यक्रममा पूर्वप्रधानन्यायाधीश कल्याणकुमार श्रेष्ठ ले कुष्ठरोगलाई स्वास्थ्य समस्या मात्र नभई मानव अधिकार, सार्वजनिक स्वास्थ्य र न्यायको प्रश्नका रूपमा हेर्नुपर्ने धारणा राखे । कुष्ठरोग प्रभावित हुनु कुनै अयोग्यता नभएको उल्लेख गर्दै उनले यो दया वा कृपाको विषय नभई अधिकार र न्यायको विषय भएको स्पष्ट पारे ।

कानुन निर्माणका क्रममा प्रभावितहरूको अनुभव र कठिनाइलाई बेवास्ता गरी अनुमानका आधारमा कठोर व्यवस्था गरिएका कारण समस्या झन् जटिल बनेको उनको टिप्पणी थियो । राज्यले छुट्याएको न्यून बजेटले समस्या समाधान नहुने उल्लेख गर्दै उनले यसलाई उपेक्षित विषयबाट प्राथमिकतामा राख्न आग्रह गरे । कुष्ठ शब्दसँग जोडिएको नकारात्मक सामाजिक धारणा हटाउन आवश्यक रहेको भन्दै उनले समयबद्ध कार्ययोजनासहित उन्मूलन र कानुनी सुधारको स्पष्ट लक्ष्य तय गर्नुपर्ने बताए ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका पूर्वसचिव धनराज ज्ञवाली ले कुष्ठरोग प्रभावितमाथि भइरहेको कानुनी विभेद अन्त्य गर्न सातवटा कानुनमा संशोधन आवश्यक रहेको जानकारी दिए । विशेषगरी मुलुकी देवानी संहिता का दफा ७१ र ७३ मा रहेका विभेदकारी प्रावधान हटाउनुपर्ने उनको तर्क थियो ।

उनका अनुसार सुधारका लागि चिकित्सा, अधिकार र सामाजिक संरक्षण गरी तीन पक्षलाई आधार मानिएको छ । कुष्ठरोग प्रभावितको अपाङ्गता प्रायः नदेखिने प्रकृतिको हुने भएकाले अपाङ्गताको परिभाषामा समेत सुधार आवश्यक रहेको उनले बताए । साथै जनस्वास्थ्य ऐन, सामाजिक सुरक्षा ऐन र अपराध संहितालगायतका कानुनमा संशोधन गरी विभेदलाई दण्डनीय बनाउनुपर्ने उनको भनाइ थियो । तीन तहका सरकारको भूमिकालाई स्पष्ट पार्ने गरी एकीकृत राष्ट्रिय नीति आवश्यक रहेको र त्यसको मस्यौदा तयारी भइरहेको जानकारी पनि उनले दिए ।

त्यस्तै नेपाल सरकारका पूर्वमुख्यसचिव शंकरदाश बैरागी ले नीति कागजमा आकर्षक देखिए पनि कार्यान्वयनमा जनशक्ति र बजेट अभाव मुख्य चुनौती बनेको बताए । हचुवाका भरमा कार्यक्रम ल्याउनुको साटो तथ्य र तथ्यांकमा आधारित योजना बनाउनुपर्नेमा उनले जोड दिए ।

लक्षित पहिचान कार्यक्रममार्फत जोखिम समूह पहिचान गरी प्रभावकारी हस्तक्षेप आवश्यक रहेको उल्लेख गर्दै उनले सामान्य सचेतनाले मात्र निवारण सम्भव नहुने बताए । कुष्ठरोग उन्मूलनका लागि स्थानीय, प्रदेश र संघीय सरकारबीच मात्र होइन, गैरसरकारी क्षेत्र र सामाजिक अभियन्तासहित बहु–सरोकारवाला सहकार्य आवश्यक रहेको उनको भनाइ थियो । आधुनिक प्रविधिसँगै परम्परागत उपचार पद्धतिलाई पनि अनुसन्धान गरी उपयोगमा ल्याउनुपर्ने सुझाव उनले राखे ।