२ भाद्र २०८३, मंगलवार
,
Latest
तोकिएकै समयभित्र कांग्रेस महाधिवेशन सम्पन्न गर्न सभापति थापाको निर्देशन राजदूत नियुक्तिमा ढिलाइप्रति कांग्रेसको चासो, तत्काल नियुक्ति गर्न सरकारलाई आग्रह ग्यास तथा अत्यावश्यक वस्तुको नियमित आपूर्ति गर्न सरकार असफल भएको काँग्रेसको आरोप केवाइसी अपडेट गर्ने भन्दै ठगी गर्ने चार जना पक्राउ जनकवि दुर्गालाल श्रेष्ठको शोभा भगवतीमा अन्त्येष्टि तीन महिनामै नेपाल टेलिकमको नाफा ४ अर्ब २० करोड नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो संविधान संशोधनमा सरकार गम्भीर नभएको कांग्रेसको आरोप काँग्रेसको १५ औँ महाधिवेशन असोज १६–१९ मा गर्ने निर्णय यथावत, तल्लो तहको अधिवेशन आवश्यकताका आधारमा… बागमती प्रदेशमा किरण थापालाई मुख्यमन्त्री बनाउने सहमति
तपाईं के खोज्दै हुनुहुन्छ ?

खतरा ! इरानले तोक्यो राष्ट्रपति ट्रम्पको टाउकोको मुल्य



अ+ अ-

अमेरिकी हमलामा इरानका कमान्डर जनरल कासिम सुलेमानीको मृत्युपछि इरान र अमेरिका एक अर्काविरुद्ध आक्रामक भएका छन् । आइतबार राष्ट्रपति डोनाल्ड ट्रक्पले इरानलाई विल्कुलै नयाँ हतियारले हमला गर्ने धम्की समेत दिएका छन् ।

अन्तर्राष्ट्रिय मिडियामा प्रकाशित खबरका अनुसार त्यसको केही बेरपछि इरानले ट्रम्पको टाउकोको मूल्य तोकेको छ । इरानले ट्रक्पको टाउकोको मूल्य ८० मिलियन डलर (लगभग ९ अर्ब रुपैयाँ) तोकेको छ ।

ट्रम्पको टाउकोको मूल्य तिर्न इरानीले गर्नेछन् दानः जनरल सुलेमानीको अन्तिम संस्कारको क्रममा एक संस्थाले इरानका सबै नागरिकलाई एक डलर दान गर्न अपिल गरेको छ । ट्रम्पको टाउकोको बदलामा राखिएको ८० मिलियन डलर जम्मा गर्नका लागि संस्थाले सबै इरानी नागरिकलाई दान गर्न अपिल गरेको छ ।

मसादमा जतिबेला सुलेमानीको शोक सभा आयोजना गरिएका बेला इरानी संस्थाले यो घोषणा गरेको हो ।