२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला News Polar वृद्धको हत्या अभियोगमा युवक पक्राउ News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय News Polar कृष्ण थापा नेपाली सेनाको रग्बी प्रशिक्षक नियुक्त News Polar तिलौराकोट, जनकपुरधाम र पनौतीबारे अध्ययन गरिने

चितवनमा ‘अफ्रिकन स्वाइनफिभर’ले बङ्गुर मर्न थाले

चितवनमा ‘अफ्रिकन स्वाइनफिभर’ले बङ्गुर मर्न थाले
अ अ+ अ-

काठमाडाैँ । चितवन जिल्लामा पालिएका बङ्गुरमा ‘अफ्रिकन स्वाइनफिभर’ देखिएको छ । गर्मी बढेपछि यो रोगको सङ्क्रमण देखिन थालेको हो ।

इच्छाकामना गाउँपालिकाको एक व्यावसायिक फर्म र भरतपुर महानगरपालिका–८ को बङ्गुर फार्ममा यो रोगको सङ्क्रमण देखिएको पशु सेवा कार्यालयले जनाएको छ ।

कार्यालयकी पशु चिकित्सक डा सविता ज्ञवालीका अनुसार इच्छाकामनामा पालिएका ७० वटा बङ्गुर सोही रोगको सङ्क्रमणले मरिसकेका छन्भने भरतपुरका चारवटा बङ्गुर यसैको सङ्क्रमणले मरेका छन् । भाइरसबाट सर्ने रोग भएकाले यसको औषधि हालसम्म उपलब्ध छैन ।

अफ्रिकन स्वाइनफिभर घरपालुवा सुँगुर, बँदेल, बङ्गुर प्रजातिमा भाइरसबाट लाग्ने उच्च मृत्युदर भएको सरुवा रोग हो । यो रोग नेपालमा पहिलोपटक विसं २०७९ जेठ २ गते पुष्टि भएको थियो । रोग सङ्क्रमित सुँगुर–बङ्गुरबीच प्रत्यक्ष सम्पर्कबाट, रोगी बङ्गुरको ¥याल, मलमूत्र, रगत, मासु र लसपस भएको दानापानीबाट सर्ने गर्छ ।

त्यसैगरी, बिरामी बङ्गुरको ओसारपसार वा किनबेच गर्दा, सङ्क्रमित खोरमा काम गर्ने कामदार र सङ्क्रमित खोरमा गएको मानिसले प्रयोग गरेको लुगाकपडा, जुत्ता, चप्पल आदि प्रयोग गर्दा सर्नसक्ने ज्ञवालीले जानकारी दिइन्।

यो रोग लागेका बङ्गुरहरु एकै ठाउँमा बस्ने, शरीरमा निला डामहरु देखा पर्ने, कानका टुप्पाहरुमा रगत जमेका धब्बाहरु देखिने, नाकबाट फिज निकाल्ने, सुँगुर बङ्गुरलाई उच्च ज्वरो (१०४ देखि १०७ डिग्री फरेनहाइट) आउने, कान, पुच्छर, पेटको तल्लो भागको बाहिरी छाला रातो हुने, झोक्राउने र दानापानी खान छोड्ने, बान्ता गर्ने, छट्पटाउने, चाल धरमराउने, बच्चा तुहिने जस्ता लक्षणहरु देखापर्ने कार्यालयले जनाएको छ ।

यसबाट बच्न बङ्गुरपालन गर्दा खोरमा थुनेर पाल्ने, बङ्गुरको खोरमा अनावश्यक मानिसको आवत–जावत रोक्ने, बङ्गुर फार्ममा जैविक सुरक्षा विधि अवलम्बन गर्ने जस्ता उपायहरु अपनाउनुपर्ने उनले बताइन् ।

बाहिरको बथानबाट नयाँ बङ्गुर ल्याएमा सिधै फार्ममा रहेका बङ्गुरसँग नमिसाई २१ दिन क्वारेन्टिनमा राख्ने र रोग नदेखिएपछि मात्र बथानमा मिसाउने, बङ्गुरको खोर र फार्म वरिपरि नियमित सरसफाइ गरी चुना, फिनेल, फर्मालिन, ब्लिचिङ पाउडर आदिले निःसङ्क्रमण गर्ने, रोग लागेका बङ्गुरलाई बथानबाट छुट्याएर अलग राख्दा क्षति कम हुने ज्ञवालीको भनाइ छ ।