२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला News Polar वृद्धको हत्या अभियोगमा युवक पक्राउ News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय News Polar कृष्ण थापा नेपाली सेनाको रग्बी प्रशिक्षक नियुक्त News Polar तिलौराकोट, जनकपुरधाम र पनौतीबारे अध्ययन गरिने

अमेरिकामा विभत्स हत्याकाण्ड, बाबुले गरे पत्नी र छोरीको हत्या

अमेरिकामा विभत्स हत्याकाण्ड, बाबुले गरे पत्नी र छोरीको हत्या
तस्बिरः एफएफएक्स
अ अ+ अ-

काठमाडौं: अमेरिकाको भर्जिनिया राज्यस्थित फेयरफ्याक्स काउन्टीमा  करिब ५० वर्षीय एक नेपालीले आफ्नै छोरी र पत्नीको हत्या गरेका छन् ।

स्थानीय प्रहरीले ती व्यक्तिलाई खुँडा फालेर आत्मसमर्पण गर्न भने पनि नमानेपछि प्रहरीले चलाएको गोली लागेर ती व्यक्तिको पनि मृत्यु भएको छ ।

घटनामा ती व्यक्तिका ज्वाइँ पनि सख्त घाइते भएका र एक वर्षीय बच्चा भने सुरक्षित रहेको स्थानीय अखबारले जनाएको छ । प्रहरीले उक्त घटनामा संलग्न व्यक्ति वा परिवारका बारेमा केही बताएको छैन ।

अमेरिकाबाट प्रकाशन हुने खसोखास अनलाइनका अनुसार, हत्यामा संलग्न व्यक्ति ५० वर्षीय छत्रबहादुर थापा हुन् । मारिनेमा छत्रबहादुरकी पत्नी ५१ वर्षीया बिन्दा थापा र छोरी  ३१ वर्षीया ममता थापा रहेका छन् । ज्वाइँ ३५ वर्षीय सन्तोष कुमार बस्नेतको अवस्था गम्भीर रहेको र उनको उपचार भइरहेको छ ।

प्रहरीका अनुसार स्थानीय समय अनुसार, सोमबार बिहान करिब ५ बजे पर्सिमोन सर्कलस्थित एक घरमा ती पुरुषले आफ्नी छोरी, श्रीमती र ज्वाइँमाथि खुँडा प्रहार गरेका थिए। घटनास्थलमा पुगेका प्रहरी टोलीले ती पुरुषलाई ज्वाइँमाथि पुन: आक्रमण गरिरहेको अवस्थामा भेटेका थिए।

प्रहरीले खुँडा फाल्न बारम्बार चेतावनी दिए पनि उनले नमानेपछि प्रहरीले गोली चलाएको थियो । त्यसपछि प्रहरीले सीपीआरमार्फत बचाउने प्रयास गरे पनि उनको घटनास्थलमै मृत्यु भएको थियो।

घटनामा ती पुरुषकी छोरीको घटनास्थलमै मृत्यु भएको थियो भने गम्भीर घाइते भएकी श्रीमतीलाई अस्पताल लगिएकोमा बिहान ९ बज्नुअघि नै मृत घोषणा गरिएको प्रहरीले जनाएको छ। ज्वाइँको अवस्था गम्भीर रहेको र उपचार भइरहेको बताइएको छ।

घटनाका बेला घरमै रहेका एक वर्षका बालक भने सकुशल फेला परेका छन्। प्रहरीले घटनामा प्रयोग गरिएको चक्कु बरामद गरेको छ।

प्रहरी प्रमुख केभिन डेविसले आफ्नै परिवारमाथि गरिएको यस्तो आक्रमण अकल्पनीय र अत्यन्त दर्दनाक भएको बताएका छन्।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

पछिल्ला केही समयदेखि अमेरिकामा नेपाली समुदाय भित्र हत्या, हिंसा र आत्महत्याका घटना बढ्न थालेका छन् ।

समाचार स्रोतः FFXNOW.COM