२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला News Polar वृद्धको हत्या अभियोगमा युवक पक्राउ News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय News Polar कृष्ण थापा नेपाली सेनाको रग्बी प्रशिक्षक नियुक्त News Polar तिलौराकोट, जनकपुरधाम र पनौतीबारे अध्ययन गरिने

भारतको झारखण्डमा एयर एम्बुलेन्स दुर्घटना

भारतको झारखण्डमा एयर एम्बुलेन्स दुर्घटना
अ अ+ अ-

झारखण्ड: भारतको झारखण्डको चतरा जिल्लामा सोमबार साँझ एयर एम्बुलेन्स विमान दुर्घटना हुँदा चालक दलका दुई सदस्यसहित सातै जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी प्रमुख सुमित कुमार अग्रवालले दुर्घटनाबारे जानकारी दिँदै राति करिब १० बजेतिर घटनाको सूचना प्राप्त भएको बताएका छन्। दुर्गम भू–भागका कारण घटनास्थलमा पुग्न कठिनाइ भएको उनले उल्लेख गरे। उनले दिल्लीबाट प्राविधिक टोली आएर ‘ब्ल्याक बक्स’ बरामद गरी अनुसन्धान गर्ने जानकारी पनि दिए।

प्रारम्भिक अनुसन्धानमा खराब मौसमका कारण दुर्घटना भएको देखिएको छ। चट्याङसहितको आँधीका कारण विमान दुर्घटना भएको अनुमान गरिएको छ। चिकित्सकको टोलीले सबैलाई मृत घोषणा गरेको छ। विमानमा दुई जना चालक दलका सदस्य र एक बिरामीसहित उनका परिवारका सदस्य थिए ।

रेडबर्ड एयरवेजको  बीचक्राफ्ट  सी९० एयर एम्बुलेन्स विमान राँचीबाट दिल्लीका लागि उडेको थियो। विमान साँझ ७:११ बजे (भारतीय समय) राँचीबाट उडान भरेको थियो। मौसमका कारण मार्ग परिवर्तनको अनुमति मागेपछि साँझ ७:३४ बजे कोलकातासँग सम्पर्क र रडार सिग्नल टुटेको बताइएको छ। विमानको अन्तिम स्थान वाराणसीबाट करिब १०० नटिकल माइल दक्षिण–पूर्वमा रहेको जनाइएको छ।

भारतीय नागरिक उड्डयन संस्थाले   दुर्घटनाको छानबिन सुरु गरेको छ भने जिल्ला प्रशासनको खोज तथा उद्धार टोली पनि घटनास्थलमा खटिएको छ। एएनआई