१४ असार २०८३, आईतवार
,
Latest
झलनाथको प्रस्तावः अब वाम एकतालाई दीर्घकालीन बनाऔँ मदन–आश्रितको हत्या योजनाबद्ध थियो, सत्य अझै बाहिर आएन : झलनाथ खनाल यस वर्षको ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’ लेखक तथा अध्येता रमेश रुछेन राईलाई पूर्वाधारको क्षेत्रमा गरिएको ऋण लगानीले आर्थिक गतिविधिलाई चलायमान बनाउँछः अर्थमन्त्री ऋणलाई उत्पादनमूलक क्षेत्रमा परिचालन गर्ने अर्थमन्त्री वाग्लेको प्रतिवद्धता प्रतिनिधिसभाबाट राष्ट्र ऋण उठाउने विधेयक पारित मदन भण्डारीको जन्मजयन्तीको अवसरमा एउटै मञ्चमा ओली–प्रचण्ड–नेपाल प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित करको दर घटाएर राजश्व बढाउने अर्थमन्त्री डा. वाग्लेको योजनाः ‘लाफर कर्व’ को सिद्धान्तलाई आधार बनाइने आर्थिक विधेयक २०८३ः पुँजीगत खर्च र करका दरबारे सांसदहरूको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकी ‘सीमित आक्रमण’ पनि आक्रामकता : इरान



अ+ अ-

तेहरान। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि ‘सीमित आक्रमण’ गर्ने विकल्प विचाराधीन रहेको सङ्केत दिनुभएपछि तेहरानले कुनै पनि प्रकारको अमेरिकी सैन्य कारबाहीलाई प्रत्यक्ष आक्रामकता मानिने चेतावनी दिएको छ । इरानले यस्तो कदमको कठोर प्रतिकार गरिने स्पष्ट पारेको छ ।

विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकाईले तेहरानमा आयोजित पत्रकार सम्मेलनमा सीमित आक्रमण भन्ने अवधारणा नै अस्वीकार्य रहेको बताउनुभयो । “सीमित आक्रमण भन्ने कुरा हुँदैन”, उहाँले भन्नुभयो, “आक्रामकताको कार्य भनेको आक्रामकताको कार्य नै हो । कुनै पनि राज्यले आफ्नो आत्मरक्षाको अन्तर्निहित अधिकार प्रयोग गरेर त्यसको कडा प्रतिक्रिया दिन्छ, र हामी पनि त्यही गर्नेछौँ ।”

शुक्रबार ट्रम्पले तेहरानसँग सहमति हुन नसके ‘सीमित आक्रमण’ गर्न सकिने सम्भावना विचार गरिरहेको बताउनुभएको थियो । पत्रकारहरूको प्रश्नको जवाफमा उहाँले ‘मैले त्यसबारे विचार गरिरहेको छु’ भन्नुभएको थियो । उक्त अभिव्यक्तिपछि क्षेत्रीय तनाव थप चर्किएको छ ।

यसैबीच, ओमानको मध्यस्थतामा इरान र संयुक्त राज्य अमेरिका बीच स्विट्जरल्यान्डमा दोस्रो चरणको अप्रत्यक्ष वार्ता सम्पन्न भएको छ । दुवै देशले वार्ता जारी रहेको जनाएका छन्, यद्यपि अमेरिकी पक्षले आगामी चरणको मितिबारे औपचारिक पुष्टि गरेको छैन । इरान र ओमानका अनुसार थप वार्ता बिहीबारका लागि तय गरिएको छ ।

वार्तामा इरानका तर्फबाट विदेशमन्त्री अब्बास अराघचीले नेतृत्व गरिरहनुभएको छ भने अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व राजदूत स्टिभ विटकफले गर्नुभएको छ । वार्तामा ट्रम्पका ज्वाइँ जारेड कुशनर पनि संलग्न हुनुहुन्छ ।

अमेरिकाले क्षेत्रमा सैन्य उपस्थिति बढाइरहेका बेला इरानले किन ‘आत्मसमर्पण’ नगरेको भन्ने ट्रम्पको जिज्ञासाबारे विटकफले आइतबार फक्स न्युजसँगको अन्तर्वार्तामा टिप्पणी गर्नुभएको थियो । त्यसको जवाफ दिँदै प्रवक्ता बाकाईले ‘इरानीहरूले आफ्नो इतिहासमा कहिल्यै आत्मसमर्पण गरेका छैनन्’ भन्नुभयो । (रासस/एएफपी)