२ भाद्र २०८३, मंगलवार
,
Latest
दलहरूकै कमजोरीका कारण संक्रमणकालीन न्याय टुंगोमा पुग्न सकेनः मैना कार्की टिआरसीको विषय रास्वपा सरकारलाई टुंगोमा पुर्‍याउने अवसर छः डा. रामकुमार भण्डारी लघुवित्त तथा मिटरब्याज पीडितका समस्या समाधान गर्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह राष्ट्रिय गौरवका सिँचाइ आयोजना पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राहदानी सेवा सुरक्षित र सहज बनाउनु राज्यको प्राथमिक दायित्व : परराष्ट्रमन्त्री खनाल सत्ता पक्षले प्रतिपक्षको भुमिका खोस्न खोज्योः सांसद राई तोकिएकै समयभित्र कांग्रेस महाधिवेशन सम्पन्न गर्न सभापति थापाको निर्देशन राजदूत नियुक्तिमा ढिलाइप्रति कांग्रेसको चासो, तत्काल नियुक्ति गर्न सरकारलाई आग्रह ग्यास तथा अत्यावश्यक वस्तुको नियमित आपूर्ति गर्न सरकार असफल भएको काँग्रेसको आरोप केवाइसी अपडेट गर्ने भन्दै ठगी गर्ने चार जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

युक्रेनियन विमान दुर्घटना हुँदा १८० यात्रुको मृत्यु (अपडेट)



अ+ अ-

१८० यात्रु सवार युक्रेनियन विमान दुर्घटनामा सवार सबै यात्रुहरुको मृत्यु भएको छ । तेहरानस्थित इमाम खुमेनी विमानस्थलबाट उडेको युक्रेन विमान केहीबेरमा दुर्घटना भएको थियो । इरानी टेलिभिजनहरुका अनुसार प्राविधिक कारणले गर्दा विमान दुर्घटना भएको बताईएको छ । दुर्घटना भएको विमान इरान नजिकैको तेहरानमा खसेको थियो ।

नागरिक उड्डयनका प्रवक्ता रजा जाफरजादेहले तेहरानको दक्षिण पश्चिम क्षेत्रमा विमान दुर्घटना भएको जानकारी दिँदै भनेका छन्, ‘जाँचबुझका लागि दुर्घटनास्थलमा टोली खटिएको छ ।’

अमेरिका र इरानबिच अहिले खटपट भइरहेको छ । विमान दुर्घटना हुनुभन्दा केही घण्टा अगाडिमा इरानले इराकस्थित अमेरिकी सेना बसेका दुई स्थानमा १५ ब्यालिष्टीक मिसाइल आक्रमण गरेको थियो ।