२ भाद्र २०८३, मंगलवार
,
Latest
केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ आर्थिक अनुशासनमा कडाइ गर्दै मधेस प्रदेश सरकार विधि र कानुनको अधिनमा रहेर व्यावसायिक रुपमा स्वस्थ प्रतिस्पर्धा गर्नुपर्नेमा सञ्चारमन्त्री डा तिमिल्सिनाको जोड जनकवि श्रेष्ठको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि एनएसएसएफ र कराते महासंघबीच सम्झौता भारतको कर्नाटक विरुद्ध नेपालको सानदार जित सरकार र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानबीच औपचारिक वार्ता सुरु सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार सरकारको प्राथमिकतामा छ : शिक्षामन्त्री पोखरेल रेडक्रस सोसाइटीको जग्गा खरिदमा अनियमितता, ठगी गरेको आरोपमा ५ जना पक्राउ प्रदेशसभा सदस्य देउवा पदमुक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

मिलान–कोर्टिना शीतकालीन ओलम्पिक सम्पन्न, नर्वेले जित्यो सबैभन्दा बढी स्वर्ण पदक



अ+ अ-

इटाली  : मिलान–कोर्टिना शीतकालीन ओलम्पिक २०२६ औपचारिक रूपमा समापन भएको छ। उत्तरी इटालीको भेरोना स्थित ओलम्पिक एरिनामा भव्य समापन समारोह आयोजना गरिएको थियो, यद्यपि उक्त सहरमा कुनै पनि खेल आयोजना गरिएको थिएन।

समारोह इटालियन शास्त्रीय ओपेराप्रति सम्मान प्रकट गरी सुरु भएको थियो। त्यसपछि प्रतियोगितामा सहभागी ९२ राष्ट्रका झण्डावाहकहरू ‘आइडा’ ओपेराका ठूला सेट सामग्रीबीच मैदान प्रवेश गरेका थिए। साथै इटालियन चलचित्र सङ्गीतलाई पनि विशेष सम्मान गरिएको थियो।

सानो काँचको भाँडोमा ल्याइएको ‘ड्रप अफ फायर’ अर्थात् ओलम्पिक ज्वालालाई एरिनामा ल्याई ओलम्पिक रिङ्स प्रज्वलन गरिएको थियो। त्यसपछि खेलाडीहरूको परेड भएको थियो, यद्यपि उनीहरू पूर्ण रूपमा मिश्रित नभई अधिकांश राष्ट्रिय समूहकै रूपमा देखिएका थिए।

यस संस्करणका अन्तिम स्वर्ण पदक महिला र पुरुष ५० किलोमिटर मास स्टार्ट क्रस–कन्ट्री स्किइङ स्पर्धामा प्रदान गरिएको थियो। साथै खेल सफल बनाउन योगदान दिने स्वयंसेवकहरूलाई विशेष सम्मान गरिएको थियो।

समारोहको अन्त्य लोकप्रिय सङ्गीत प्रस्तुतीसँग भएको थियो, जहाँ मेजर लेजर  र गायक–गीतकार एकील लाउरोले प्रस्तुति दिएका थिए।

समापन भाषणमा अन्तर्राष्ट्रिय ओलम्पिक समितिकी अध्यक्ष किर्स्टी कोभेन्ट्री ले खेलाडीहरूको साहस, समर्पण र खेलभावनाको प्रशंसा गर्दै ओलम्पिकले विश्वलाई एकताबद्ध गर्ने सन्देश दिएको बताइन्।

दुई सातासम्म चलेको यस प्रतियोगितामा कुल ११६ स्पर्धामा पदकका लागि प्रतिस्पर्धा भएको थियो ।  यस वर्ष सबैभन्दा बढी स्वर्ण पदक जित्नेमा नर्वे रहेको थियो । नर्वेले १८ स्वर्ण सहित ४१ पदक जितेको थियो । अमेरिकाले १२ स्वर्ण सहित ३३ पदक, नेदरल्यान्ड्सले १० स्वर्ण सहित २० पदक तथा इटालीले १० स्वर्ण सहित ३० पदक जितेका थिए । एजेन्सी