२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला News Polar वृद्धको हत्या अभियोगमा युवक पक्राउ News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय News Polar कृष्ण थापा नेपाली सेनाको रग्बी प्रशिक्षक नियुक्त News Polar तिलौराकोट, जनकपुरधाम र पनौतीबारे अध्ययन गरिने

देश र जनताको सेवा गर्न उम्मेदवार बनेको हुँ : श्यामबाबु गुप्ता

देश र जनताको सेवा गर्न उम्मेदवार बनेको हुँ : श्यामबाबु गुप्ता
अ अ+ अ-

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभाको निर्वाचनमा बारा क्षेत्र नम्बर-४ बाट नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार छन् जेन-जी युवा श्यामबाबु गुप्ता। सिमराका स्थानीय गुप्ता अहिले आफ्नो पक्षमा मत माग्न मतदाताका घरघर पुगिरहेका छन्। आफू पद, कुर्सी र सलाम खानका लागि राजनीतिमा नआएको बताउँदै उनी जनता र देशको सेवा गर्ने ध्येय बोकेर उम्मेदवार बनेको बताउँछन्। उनै गुप्तासँग गरिएको संक्षिप्त कुराकानी:

बारा क्षेत्र नम्बर ४ मा तपाइँलाई मतदाताले मत किन दिने?

नेपाली कांग्रेस बदलिएको छ। अब कांग्रेसको नेतृत्वमा देशलाई बदल्नु छ। नेपाली जनताको चाहना र इच्छा आकांक्षा देशमा भ्रष्टाचारको अन्त्य होस भन्ने छ। सुशासन कायम होस भन्ने छ। देश कसरी अगाडी बढ्छ भन्ने चिन्ता जनजनमा छ। भाद्र २३ र २४ को जेन-जी आन्दोलन पनि त्यही कारणले भयो। अब सोही आन्दोलनको मर्म र जनताको भावनालाई सम्बोधन गर्न पनि कांग्रेसको चुनाव चिन्ह रुखमा मतदान गर्न आवश्यक छ। मेरो उम्मेदवारी त्यसैका लागि हो। अहिले म यही विषय लिएर जनताको माझमा मत माग्दै पुगेको छु।

तपाईं जेन-जी युवा हुनुहुन्छ, मतदाताका नजरमा नयाँ उम्मेदवार पनि हुनुहुन्छ, यो क्षेत्रको मतदाताको मनोविज्ञान चाहिँ कस्तो पाउनु भएको छ?

अहिले जेन-जीको मुद्दा भनेको नेता सुध्रनु पर्छ। देशलाई भ्रष्टाचारबाट मुक्त गराउनु पर्छ। मुलुकमा सुशासन कायम हुनु पर्छ भन्ने हो। यो क्षेत्रको जनताको माग पनि त्यही हो। देश विकासका लागि हामीसँग प्रसस्त आधारहरु छन्। अहिले नेपालका जनता कि करको कि रेमिट्यान्सका कारण बाँचेको अवस्था छ। देशलाई कसरी पर्यटन मार्फत अघि बढाउन सकिन्छ। कसरी रोजगारी सिर्जना गर्न सकिन्छ। भएकै पुर्वाधारलाई कसरी प्रयोग गरेर नेपाललाई चिनाउन सकिन्छ भन्ने चिन्ता आम मतदाता, युवा जेन-जीहरुको मनोविज्ञान हो।

दलहरुसँग मतदाताको गुनासो चाहिँ कस्ता विषयमा आइरहेको पाउनु भयो?

अहिले स्वास्थ्य, शिक्षा, खानेपानी, कृषि लगायतमा समस्या छ। किसानले मल खाध पाइरहेका छैनन्। सिंचाइका लागि जनताले पानी र मोटर पाइरहेका छैनन्। विजुलीका लागि पोल पाइरहेका छैनन्। बाटोघाटो कमसल बनिरहेको छ। सानासाना आधारभूत विषयमा जनता आजित छन्। हामीले हाम्रो नीति लाई बदलिएर अब काम गर्नु पर्ने छ। बाटो कुन बेला बनाउने, किसानलाई मल कुन बेला दिने, कोल्डस्टोर कहाँ बनाउने भन्ने सानासाना विषयमा अब काम गर्न ढिला भइसकेको छ।

यी सामान्य विषय हिजो भएन, अब सम्भव छ? मतदातालाई कसरी विश्वास दिलाउने?

हामी त अब बदलिएर आएका छौं। कांग्रेस अब बदलिएको छ। बदलिएको कांग्रेसले नै देश बदल्न सक्छ भन्ने अठोट हामीसँग छ। कांग्रेसले धेरै ठाउँमा नयाँ र युवा उम्मेदवारलाई यसपटक उम्मेदवार बनाएको छ। हिजोको काम गर्ने तरिका भएन भनेर नै अब हामी आएका हौं। अब कहाँ मलको फ्याक्ट्री बनाउने? कहाँ उद्योग खोल्ने? पर्यटनका पुर्वाधार कहाँकहाँ बनाउने? स्थानीय नागरिकलाई नै उद्योगमा कसरी रोजगारी दिने भन्ने अब हाम्रो मुद्दा हो। अब आजित भएका जनताले उम्मेदवार चिनेर जानेर मत दिनु पर्छ। गफ होइन, आश्वासन होइन काम गर्ने उम्मेदवारलाई मत दिनु पर्छ।

यहाँको निर्वाचन क्षेत्र देशकै मुख्य औद्योगिक क्षेत्र पनि पर्छ, युवालाई स्थानीय स्तरमा नै रोजगारी दिन कस्तो छ योजना?

अहिले यहाँका उद्योगमा स्थानीय भन्दा बढी बाहिरका ब्यक्तिहरुले बढी रोजगारी पाइरहेका छन्। हामी स्थानीय तहसँग मिलेर, उद्योगसँग समन्वय गरेर नीति बनाएर नै स्थानीय नागरिकलाई यहाँ रोजगारीका लागि जोड्न चाहन्छौं। यहाँका उद्योगहरुसँग सामाजिक उत्तरदायित्वका कार्यक्रममा हामी यहीका युवाहरूलाई जोड्न चाहन्छौं। त्यसका लागि म योजना बनाएरै सहकार्यको नीति लिएर काम गर्छु।

सुशासनका सवालमा के के योजना बनाउनु भएको छ?

हामी अहिले काम भन्दा भाषणमा रमाइरहेका छौं। जनताले डेलिभरी खोजेका छन्। सेवाप्रवाहमा झ्यालझ्याल धाउनु पर्ने अवस्थाको अन्त्य जनताको चाहना छ। अब घरमै बृद्ध भत्ता पुर्याउन पर्छ। कुन काम कसरी गर्ने भन्ने मास्टर प्लान बनाउनु पर्छ। कागजमा योजना थन्काएर हुँदैन, नक्सा मात्रै बनाएर पनि अब चल्दैन। काम देखिनु पर्यो। मेरो भुमिका अब त्यता केन्द्रित हुन्छ।

तपाइँको निर्वाचन क्षेत्रमा स्वास्थ्य पुर्वाधार पर्याप्त छैन, जनताले भरपर्दो उपचार सेवा पाउन सकेका छैनन्, यसतर्फ तपाइको योजना केछ?

हो। बारा ४ मा धेरै उद्योगधन्दा छन्। प्रदुषणको अवस्था बढ्दो छ। जनताको स्वास्थ्यका सवालमा चिन्ता लिनु पर्ने अवस्था टड्कारो छ। सामान्य उपचार बाहेकको सेवा लिन यो क्षेत्रका जनतालाई सहज पक्कै छैन। विशेषज्ञ उपचार सेवाको भरपर्दो ब्यवस्था, सुविधासम्पन्न अस्पताल यो क्षेत्रका लागि अपरिहार्य छ। स्वास्थ्य उपचारका लागि नजिकको शहर बिरगंज र भरपर्दो उपचारका लागि काठमाडौं नै जानू पर्ने अवस्थाको अन्त्य मेरो प्राथमिकतामा रहनेछ। म निर्वाचित भएपछि त्यसका लागि म केन्द्र सरकार र प्रदेश सरकारसँग समन्वय गरेर स्थानीय सरकारसँग सहकार्य गर्दै योजना बनाएर काम गर्छु।

अन्त्यमा मतदातालाई के भन्न चाहनुहुन्छ?

अब दायाँबायाँ केही नसोच्नुस। म युवा हुँ, त्यसमाथि पनि जेनजी युवा हुँ। म ठूलो बन्न, सलाम खान उम्मेदवार बनेको होइन। देशको सेवा गर्न उम्मेदवार बनेको हुँ। नेपाललाई पर्यटनका क्षेत्रमा धेरै काम गर्न सकिन्छ। जलका मार्फत हामीले नेपाललाई चिनाउन सक्छौं। मलाई सेवा गर्ने अवसर दिनुस्। यही भन्छु, मौका दिनुस्, मलाई रुखमा मत दिनुस्। गरेर देखाउँछु।