२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला News Polar वृद्धको हत्या अभियोगमा युवक पक्राउ News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय News Polar कृष्ण थापा नेपाली सेनाको रग्बी प्रशिक्षक नियुक्त News Polar तिलौराकोट, जनकपुरधाम र पनौतीबारे अध्ययन गरिने

केन्द्रीय सुरक्षा समिति बैठकः रौतहट घटनामा सद्भाव कायम गर्न सबै पक्षमा आह्वान

केन्द्रीय सुरक्षा समिति बैठकः रौतहट घटनामा सद्भाव कायम गर्न सबै पक्षमा आह्वान
अ अ+ अ-

काठमाडौं । केन्द्रीय सुरक्षा समितिको बैठकले निर्वाचन सुरक्षालाई थप सुदृढ र प्रभावकारी बनाउने निर्णय गरेको छ ।

गृहमन्त्री ओमप्रकाश अर्यालको संयोजकत्वमा शनिवार सिंहदरबारमा बसेको बैठकले यस्तो निर्णय गरेको गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेले जानकारी दिनुभयो । उहाँकाअनुसार निर्वाचन प्रयोजनका लागि तयार पारिएको एकीकृत निर्वाचन सुरक्षा योजनाअनुसार सबै सुरक्षा निकायहरूले काम गरिरहेको र सोहीअनुसार कर्मचारी परिचालन तथा व्यवस्थापन भइरहेको ब्रिफिङ सुरक्षा निकायका प्रमुखहरूले बैठकमा गरेका थिए ।

बैठकले आगामी दिनमा पनि सुरक्षा व्यवस्था चुस्त राख्ने सहमति भएको उहाँले जानकारी दिनुभयो । उहाँले बैठकमा निर्वाचन अभियानका क्रममा विभिन्न स्थानमा राजनीतिक दलहरुबीच देखिउका विवाद र घटनाहरुको समिक्षा गरिएको जानकारी दिँदै गैरकानूनी कार्यमा संलग्न जोसुकैलाई कानूनी दायरामा ल्याउने निर्णय पनि भएको छ । सबै राजनीतिक दलहरुलाई नर्वाचन आचारसंहिताको पालना गर्न समेत बठकले आग्रह गरेको बताउनु भयो । यस्तै, बैठकले रौतहटमा भएको घटनाको सन्दर्भमा सबै पक्षलाई आपसी सद्भाव कायम गर्न आह्वान गरेको छ । साथै रौतहटको समग्र सुरक्षा व्यवस्था सुदृढ बनाउन सम्बन्धित सबै सुरक्षा संयन्त्रलाई आवश्यक निर्देशन दिइएको समेत काफ्लेले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘आजको केन्द्रीय सुरक्षा समितिको बैठकमा हामीले निर्वाचन सुरक्षाको बारेमा समिक्षा गर्यौँ । अन्य केही समसामयिक विषयमा पनि बैठकमा छलफल भयो । निर्वाचन प्रयोजनको लागि बनाइएको एकीकृत निर्वाचन सुरक्षा योजनाअनुसार नै सबै सुरक्षा निकायहरुले काम गरिरहेको र सोहीअनुसार कर्मचारीहरुको परिचालन तथा व्यवस्थापन भइरहेको भन्ने जानकारी प्राप्त भएको छ । योजनाअनुसार नै काम भइरहेको भन्ने विषयमास सुरक्षा निकायका प्रमुखहरुले बैठक ब्रिफिङ गर्नुभयो । भोलिको दिनमा पनि सुरक्षा व्यवस्थालाई चुस्त राख्नेगरी काम गर्ने सहमति भयो । त्यस्तै, राजनीतिक दलहरुबिच घरदैलो अभियानको क्रममा देखिएका घटना र विवादहरुको विषयमा पनि हामीले समिक्षा गर्यौँ । त्यस्ता गैरकानूनजी कार्यमा संलग्न कतिपय कानूनी दायरामा ल्याइसकेका छौँ । सबै राजनीतिक दलहरुलाई निर्वाचन आचारसंहिताको परिधिमा रही आफ्ना गतिविधि गर्न समेत अनुरोध गरिएको छ । गैरकानूनी कार्य गर्ने जोसुकैलाई कानूनी दायरामा ल्याउने पनि बैठकले निर्णय गरेको छ । सोही निर्णय देशका सबै जिल्ला सुरक्षा समितिहरुलाई निर्देशन दिने निर्णय पनि भएको छ । रौतहटको घटनाको सम्बन्धमा सबै पक्षलाई आपसी सद्भाव कायम गर्न जिल्ला सुरक्षा समितिबाट आह्वान गरेका छौँ । त्यस्तै जिल्लाका सबै सुरक्षा संयन्त्रहरुलाई जिल्लाको सुरक्षा व्यवस्था सुदृढ बनाउन पनि निर्देशन दिने निर्णय भएको छ ।’

देशभर सुरक्षा संवेदनशीलताका आधारमा जनशक्ति परिचालन गर्नेगरी सुरक्षा निकायहरुबीच सहमति भएको समेत प्रवक्ता काफ्लेले जानकारी दिनुभयो । –न्युज एजेन्सी नेपाल