२५ भाद्र २०८३, बिहीबार
,
Latest
बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ काठमाडौँ उपत्यकामा नयाँ रुटसहीत रात्रि बसको सेवा विस्तार विपक्षी दलले भोटेकोशी बाढीबारे सरकारको ध्यानाकर्षण गराउने भोटेकोशी बाढीपीडितलाई मनोसामाजिक परामर्श दिन कांग्रेसले जनशक्ति तयार ग्यास अभावविरुद्ध सडकमा दाउरा बालेर विद्यार्थीको सांकेतिक प्रदर्शन- फोटो फिचर भोटेकोशी बाढीपछि वीरगन्ज नाकामा दैनिक ७० प्रतिशतले आयात बढ्यो १२ संघीय अस्पतालमा कम्तीमा ५० शव अट्ने शवगृह बनाउन नीतिगत निर्णय सङ्घीय अस्पतालमा शवगृह बनाइने उद्योगीलाई लाञ्छित गर्ने मन्त्री यादवको अभिव्यक्ति आपत्तिजनक : महासंघ प्रसारण लाइनको तार छुँदा घाइते भएकी रश्मी जैसीलाई विद्युत् प्राधिकरणले दियो १३ लाख ८१ हजार…
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिसो बढेपछि घोराहीका विद्यालय दुई दिन बन्द



अ+ अ-

तुलसीपुर । अत्यधिक चिसो बढेपछि दाङको घोराही उपमहानगरपालिकाले नगरभित्रका विद्यालय दुई दिन बन्द गर्ने निर्णय गरेको छ । चिसोका कारण बालबालिका विद्यालय जान नसक्ने गरी प्रभावित भएकाले नगरपालिकाले बिहीवार (आज) र शुक्रवार विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

उपमहानगरपालिकाका शिक्षा, युवा तथा खेलकूद महाशाखाले बुधबार एक सूचना जारी गर्दै वर्षे बिदा कट्टी हुने गरी बिहीवार र शुक्रवार बिदा दिएको जनाएको छ । महाशाखाका शाखा अधिकृत नारायण पौडेलले जारी गर्नुभएको सूचनामा चिसो बढेका कारण नगरभित्रका सामुदायिक र संस्थागत विद्यालय दुई दिन बन्द गरिएको उल्लेख छ ।