१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन News Polar सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन News Polar सरकारले निजी क्षेत्रलाई विद्युत प्रसारण लाइन प्रयोग गर्न खुला गर्‍यो, ईआरसीद्वारा `ह्वीलिङ चार्ज´ सार्वजनिक News Polar मनाङमा अलपत्र १६ पर्यटकको उद्धार News Polar हाम्रो सनसाइन स्कुल फाउन्डेसनद्वारा बाढी पीडितका लागि रु २५ लाख सहयोग News Polar राष्ट्रिय जलवायु नीति २०८३ बहसमा, हानी–नोक्सानी अभिलेखीकरणमा जोड News Polar धनुषामा दुर्घटनामा दुई जनाको मृत्यु News Polar निजी क्षेत्रलाई विद्युत् प्रसारण लाइन प्रयोग गर्ने बाटो खुल्यो News Polar बाढीपीडितका लागि हाम्रो सनसाइन स्कुल फाउन्डेसनको २५ लाख सहयोग News Polar दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राख्न अदालतको अनुमति News Polar पूर्ण तथा अति अशक्त अपाङ्गता भएका व्यक्तिलाई व्यक्तिगत सहयोगी सेवा दिने तयारी News Polar भोटेकोशी–कालीगण्डकी विपद् अध्ययन गर्न राष्ट्रिय सभाले गठन गर्‍यो विशेष समिति News Polar पहिरोले बेनी बजारका १२ घरमा क्षति News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक राष्ट्रिय सभामा फिर्ता News Polar हिमालमा जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको पहिलो बैठक News Polar मोटरसाइकल दुर्घटनामा रौतहटका २८ वर्षीय दासको मृत्यु News Polar करदाता प्रोत्साहन उपहारका लागि असोज १५ गतेभित्र खरिद बिल प्रविष्ट गर्न आग्रह News Polar जडीबुटीको दिगो संकलन र वैद्यखानाको उत्पादन बढाउन कार्यदल गठन हुने News Polar राष्ट्रियसभामा विपद् अध्ययन गर्न विशेष समिति गठन

प्राणी उद्यानका लागि डिपिआरको काम शुरु

प्राणी उद्यानका लागि डिपिआरको काम शुरु
अ अ+ अ-

बलेवा । पर्यटक लोभ्याउन बागलुङ नगरपालिकाले ‘प्राणी उद्यान (जुलोजिकल पार्क) बनाउनका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाउने काम शुरु गरेको छ ।

बागलुङ नगरपालिका वडा नं ५, ६ र ७ मा पर्ने मालिका सामुदायिक वन क्षेत्रमा प्राणी उद्यान निर्माणका लागि डिपिआर बनाउने काम शुरु गरिएको हो । गत वर्ष गरिएको सम्भाव्यता अध्ययनमा उक्त क्षेत्रमा प्राणी उद्यान बन्न सक्ने देखिएपछि डिपिआरको काम थालिएको नगरप्रमुख जनकराज पौडेलले बताउनुभयो । नगरपालिकाले चालू आर्थिक वर्षमा डिपिआर बनाउनका लागि रु आठ लाख बजेट विनियोजन गरेको छ ।

मालिका जैविक सामुदायिक वन क्षेत्रमा पर्ने १७५ हेक्टर जमिनमा उद्यान निर्माण गर्ने तयारी नगरपालिकाको छ । काठमाडौँको टेकुमा रहेको ‘आरकेटेक डिजाइन सिभिल कन्ट्रक्सन’ले नगरपालिकाको अनुमतिमा डिपिआरका लागि यसै सातादेखि काम थालेको हो । “यो साता स्थलगत अध्ययनको काम सकिन्छ”, नगरपालिकाका योजना तथा प्रशासकीय अधिकृत युक्तप्रसाद सुवेदीले भन्नुभयोे, “डिपिआरकै आधारमा हामीले काम थाल्छौँ ।” स्थलगत अध्ययनमा रहेको कम्पनीले दुई इञ्जिनीयर र दुई वातावरणविज्ञ पठाएर काम गरिरहेको छ ।
उनीहरुको अध्ययन सकिएपछि कागजी काम थाल्ने बताइएको छ । “हामीले तीन महिनामा डिपिआर बुझाउँछौँ”, कम्पनीका प्रमुख शेरसिंह ठगुन्नाले भन्नुभयो “सम्भाव्यता अध्ययनले देखाएका सबै स्रोतको परिचालन हुने गरी डिपिआर तयार हुन्छ ।” बागलुङ आउने पर्यटकलाई जैविक विविधतासहितको उद्यानमा रमाउने वातावरण बनाउनका लागि नगरपालिकाले प्राणी उद्यानको परिकल्पना गरेको हो ।

मालिका सामुदायिक वन क्षेत्रमा १०० भन्दा धेरै प्रजातिका जैविक वनस्पति र सोही मात्रामा जङ्गली जनावर तथा पक्षी रहेको अनुमान छ । पर्यटकीय महत्वका ताराजाल कोट, कारीकोट, माझकोट, संसारकोट र रायरायकोटलगायतका क्षेत्र यही वन क्षेत्रमा पर्ने भएकाले प्राणी उद्यानमा पर्यटक पु¥याउन सहज हुने नगरपालिकाको विश्वास छ । यिनै पाँच कोट मिलाएर बनेको पञ्चकोट धार्मिक पर्यटकीय क्षेत्रको रुपमा चर्चित छ ।

सम्भाव्यता अध्ययनले देखाएअनुसार यस क्षेत्रबाट दर्जन बढी हिमशृङ््खला देख्न सकिन्छ । “जैविक विविधतामा वन्यजन्तु हेर्दै रमाउन चाहनेका लागि यो क्षेत्र उपयुक्त छ”, नगरप्रमुख पौडेलले भन्नुभयो, “वातावरणीय संरक्षण र धार्मिक पर्यटन प्रवद्र्धनका लागि यो उद्यान कोशोढुङ्गा बन्न सक्छ ।” डिपिआर बन्दै गरेको उद्यान क्षेत्रमा रहेका समथर जमिनको प्रयोग गरेर पर्यटकको बसाई लम्बिने गरी बासस्थानको व्यवस्थापन गर्ने योजना नगरपालिकाको छ ।

उद्यानभित्र वातावारणीय र प्राणी तथा पक्षीलाई असर नपर्ने गरी रिसोर्ट सञ्चालनसम्मको योजना रहेको नगरप्रमुख पौडेल बताउनुभयो । “हामीले ठूलो लगानी गरेर यहाँ नभएका प्राणी ल्याएर राख्दैनौँ”, उहाँले भन्नुभयो, “ कम लगानीमा भएकाको संरक्षण गर्ने र आकर्षक गन्तव्य बनाउने हो ।” उद्यान बनाउने भनिएको वन क्षेत्रमा तीन किसिमको हावापानी पाइने भएकाले पनि त्यहाँ पुग्ने पर्यटकले तीन किसिमको वातावरण महसुस गर्न सक्छन्् ।

“उष्ण, शीतोष्ण र समशीतोष्ण तीनै खालको हावापानी यस क्षेत्रमा पाइन्छ”, बागलुङ नगरपालिका–६ का वडाध्यक्ष खेमराज सापकोटाले भन्नुभयो, “तीनै किसिमको हावापानीमा पाइने जैविक वनस्पति र जीवजन्तु तथा पक्षी यस क्षेत्रमा छन् ।” डिपिआर तयार भएपछि केन्द्र तथा प्रदेश सरकारसँगको सहकार्यमा काम गर्ने र त्यसो हुन नसके नगरको आगामी वर्षको कार्यक्रममा यो योजनालाई प्राथमिकतामा राखेर काम अघि बढाइने नगरपालिकाले जनाएको छ ।