१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन News Polar सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन News Polar सरकारले निजी क्षेत्रलाई विद्युत प्रसारण लाइन प्रयोग गर्न खुला गर्‍यो, ईआरसीद्वारा `ह्वीलिङ चार्ज´ सार्वजनिक News Polar मनाङमा अलपत्र १६ पर्यटकको उद्धार News Polar हाम्रो सनसाइन स्कुल फाउन्डेसनद्वारा बाढी पीडितका लागि रु २५ लाख सहयोग News Polar राष्ट्रिय जलवायु नीति २०८३ बहसमा, हानी–नोक्सानी अभिलेखीकरणमा जोड News Polar धनुषामा दुर्घटनामा दुई जनाको मृत्यु News Polar निजी क्षेत्रलाई विद्युत् प्रसारण लाइन प्रयोग गर्ने बाटो खुल्यो News Polar बाढीपीडितका लागि हाम्रो सनसाइन स्कुल फाउन्डेसनको २५ लाख सहयोग News Polar दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राख्न अदालतको अनुमति News Polar पूर्ण तथा अति अशक्त अपाङ्गता भएका व्यक्तिलाई व्यक्तिगत सहयोगी सेवा दिने तयारी News Polar भोटेकोशी–कालीगण्डकी विपद् अध्ययन गर्न राष्ट्रिय सभाले गठन गर्‍यो विशेष समिति News Polar पहिरोले बेनी बजारका १२ घरमा क्षति News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक राष्ट्रिय सभामा फिर्ता News Polar हिमालमा जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको पहिलो बैठक News Polar मोटरसाइकल दुर्घटनामा रौतहटका २८ वर्षीय दासको मृत्यु News Polar करदाता प्रोत्साहन उपहारका लागि असोज १५ गतेभित्र खरिद बिल प्रविष्ट गर्न आग्रह News Polar जडीबुटीको दिगो संकलन र वैद्यखानाको उत्पादन बढाउन कार्यदल गठन हुने News Polar राष्ट्रियसभामा विपद् अध्ययन गर्न विशेष समिति गठन

विषादी प्रयोगमुक्त सप्ताह चितवनमा

विषादी प्रयोगमुक्त सप्ताह चितवनमा
अ अ+ अ-

चितवन । चितवनमा ‘विषादी प्रयोगमुक्त सप्ताह–२०७६’ शुरु भएको छ ।

विषादीको प्रयोगले मानव स्वास्थ्य तथा वातावरणमा समस्या निम्त्याउने भएकाले यसको न्यूनीकरण र सुरक्षित प्रयोग गर्न जनचेतना जगाउने उद्देश्यले बुधबारदेखि यो सप्ताह शुरु भएको हो ।

नेपालमा सन् २०१३ देखि विषादी प्रयोग मुक्त दिनका रुपमा मनाउन थालिएको हो । यस वर्षको नारा ‘घातक विषादीको प्रयोग हटाऔँ, जैविक विविधताको संरक्षण गरौँ’ भन्ने तय गरिएको छ ।

नेपालमा सन् १९५२ मा मलेरिया रोग नियन्त्रणका लागि भित्र्याइएको विषादी त्यसपछिका वर्षहरुमा कृषि उत्पादनको क्षेत्रमा प्रयोग गर्न थालिएको हो । यसको मात्रा प्रतिवर्ष बढ्दै गएको प्लान्ट क्वारेन्टाइन एवं विषादी व्यवस्थापन केन्द्र, ललितपुर जनाएको छ । अन्य देशको तुलनामा प्रतिएकाइ जमिनमा विषादीको प्रयोग निकै कम भए पनि ८५ प्रतिशत बढी विषादी तरकारी बालीमा मात्र प्रयोग हुने गरेको सरकारी तथ्याङ्कमा उल्लेख छ ।

गत वर्ष मात्र नेपालमा ६३२।४१ टन विषादी आयात भएको छ । जसमा कीटनाशक २१६ टन, रोगनाशक २६७ टन, झारनाशक १४२ टन र अन्य पाँच टन रहेको छ । विषादी आयातका लागि करिब रु ८४ करोड गत वर्ष खर्च भएको छ ।
विषादीले मानव जीवनमा तत्काल तथा दीर्घकालीन असर गर्ने गर्दछ । जसमा तत्काल असरको रुपमा मानिस मुर्छा पर्ने, झाडा पखाला लाग्ने, कम्पन, दृष्टि कमजोर तथा अन्ततः मृत्युसमेत हुने गरेको छ । विषादीकै कारण विश्वमा वार्षिक करिब तीन लाख ५५ हजार मानिसको मृत्यु हुने गरेको छ ।

सो सप्ताहको प्रदेश नम्बर ३ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामाले उद्घाटन गर्नुभयो । सो अवसरमा मन्त्री लामाले सबै नागरिकलाई निरोगी बनाउन विषादीमुक्त अभियान सञ्चालन गर्नुपर्ने बताउनुभयो । “एक दिन कार्यक्रम गरेर मात्रै यसलाई न्यूनीकरण गर्न सकिँदैन उहाँले भन्नुभयो, “हरेक दिन यस्ता अभियान सञ्चालन गर्नुपर्छ ।”

यसअघि नारायणगढको लायन्सचोकबाट विभिन्न प्ले कार्डसहितको सचेतना ¥याली निकालिएको थियो । सप्ताह २९ गतेसम्म सञ्चालन हुनेछ । सप्ताहअन्तर्गत सडक नाटक, विद्यालयस्तरीय चेतनामूलक कार्यक्रम, विषादी अनुगमन, बाली उपचार शिविर, पोष्टर पम्प्लेट वितरण र रत्ननगर महोत्सवमा अन्तक्र्रिया तथा नाटक प्रस्तुत गरिने प्लान्ट क्वारेन्टाइन एवं विषादी व्यवस्थापन केन्द्र ललितपुरका निमित्त प्रमुख सहदेवप्रसाद हुमागाईले जानकारी दिनुभयो ।

अत्यन्त घातक विषादीको प्रयोगमा प्रतिबन्ध गर्दै ऐन नियमावलीको कडाइका साथ लागू गर्न र आइपिएम कार्यक्रमलाई बढवा दिन कार्यालयले निरन्तर अभियान सञ्चालन गरिरहेको उहाँले बताउनुभयो । “पछिल्लो समय विषादीको प्रयोग भयावह छ”, उहाँले भन्नुभयो, “यसको असरबारे सबैमा चेतना फैलाउन जरुरी छ ।”

निमित्त प्रमुख हुमागाईले रसायनिक विषादीको न्यूनीकरण गर्ने उद्देश्यले स्वास्थ्य र वातावरण अनुकूल जैविक विषादी उत्पादन एवं प्रयोगका लागि नेपालको सात जिल्लामा सामुदायिक आइपिएम स्रोत केन्द्र स्थापना गरिएको बताउँदै काठमाडौँ बाहिर काभ्रेपछि दोस्रो पटक चितवनमा यो कार्यक्रम गरिएको जानकारी दिनुभयो ।

सप्ताहव्यापी कार्यक्रममा किसान र उपभोक्ता दुवैलाई बढीभन्दा बढी सहभागी गराइने कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकालले जानकारी दिनुभयो । कार्यक्रममार्फत बालीनालीलाई जोगाउन प्राङ्गारिक मल र जडीबुटी प्रयोग गरी स्वास्थ्य र वातावरणप्रतिको जिम्मेवारी बोध गर्न सबैलाई आग्रह गरिने उहाँले सप्ताह अवधिभर कृषि प्राविधिक खटिने छन् ।

प्लान्ट क्वारेन्टाइन एवं विषादी व्यवस्थापन केन्द्र, ललितपुरको आयोजना र बाली संरक्षण प्रयोगशाला प्रदेश नम्बर ३ हेटौँडा तथा कृषि ज्ञान केन्द्र चितवनको सहकार्यमा कार्यक्रम गरिएको हो ।