१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन News Polar सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन News Polar सरकारले निजी क्षेत्रलाई विद्युत प्रसारण लाइन प्रयोग गर्न खुला गर्‍यो, ईआरसीद्वारा `ह्वीलिङ चार्ज´ सार्वजनिक News Polar मनाङमा अलपत्र १६ पर्यटकको उद्धार News Polar हाम्रो सनसाइन स्कुल फाउन्डेसनद्वारा बाढी पीडितका लागि रु २५ लाख सहयोग News Polar राष्ट्रिय जलवायु नीति २०८३ बहसमा, हानी–नोक्सानी अभिलेखीकरणमा जोड News Polar धनुषामा दुर्घटनामा दुई जनाको मृत्यु News Polar निजी क्षेत्रलाई विद्युत् प्रसारण लाइन प्रयोग गर्ने बाटो खुल्यो News Polar बाढीपीडितका लागि हाम्रो सनसाइन स्कुल फाउन्डेसनको २५ लाख सहयोग News Polar दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राख्न अदालतको अनुमति News Polar पूर्ण तथा अति अशक्त अपाङ्गता भएका व्यक्तिलाई व्यक्तिगत सहयोगी सेवा दिने तयारी News Polar भोटेकोशी–कालीगण्डकी विपद् अध्ययन गर्न राष्ट्रिय सभाले गठन गर्‍यो विशेष समिति News Polar पहिरोले बेनी बजारका १२ घरमा क्षति News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक राष्ट्रिय सभामा फिर्ता News Polar हिमालमा जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको पहिलो बैठक News Polar मोटरसाइकल दुर्घटनामा रौतहटका २८ वर्षीय दासको मृत्यु News Polar करदाता प्रोत्साहन उपहारका लागि असोज १५ गतेभित्र खरिद बिल प्रविष्ट गर्न आग्रह News Polar जडीबुटीको दिगो संकलन र वैद्यखानाको उत्पादन बढाउन कार्यदल गठन हुने News Polar राष्ट्रियसभामा विपद् अध्ययन गर्न विशेष समिति गठन

व्यवस्थित गर्न खोज्दा भ्रामक प्रचार

व्यवस्थित गर्न खोज्दा भ्रामक प्रचार
अ अ+ अ-

पोखरा । पर्यटक लिएर आउने ठूला सार्वजनिक सवारी साधन पोखराको भूगोल एवं साँघुरो बाटोका कारण सबै गन्तव्यमा पुग्न नसक्ने भन्दै पोखरा पर्यटन परिषद्ले यसलाई व्यवस्थित गर्न खोज्दा त्यसको भ्रामक प्रचार गरिएको पर्यटन व्यवसायीले गुनासो गरेका छन् ।

पर्यटक बोकेर भित्रिएका ठूला सार्वजनिक सवारी साधन सबै गन्तव्यसम्म पुर्याउन खोज्दा साँघुरो बाटोका कारण ट्राफिक जाम बढेको, दुर्घटना बढ्नुका साथै महत्वपूर्ण गन्तव्य घुम्नै नपाई पर्यटक फर्किनुपरेको वास्तविकतामा परिषद्ले यसलाई व्यवस्थित गर्ने पहल शुरु गरेको थियो ।

परिषद्ले गत पुस ९ गते ठूला सवारी साधनलाई पोखराका साँघुरा गन्तव्यमा नपठाउन आग्रह गर्दै जिल्ला प्रशासन कार्यालयमा पत्राचार गरेकामा प्रशासनले जिल्लास्थित प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालयमा सहयोग समन्वयका लागि पत्राचार गरेको थियो ।

उक्त प्रयासलाई केही राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले ‘भारतीय सवारी निषेध’ शीर्षकमा समाचार प्रकाशन गरेका कारण यसले पोखराको पर्यटनमा असर पु¥याएको पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलले बताउनुभयो ।

“हामीले कोही–कसैलाई निषेध गर्न खोजेका होइनौँ, पोखरा आउने जोकोही पर्यटकको सुरक्षा तथा सुविधालाई लक्षित गरी यो कदम अघि बढाइएको हो”, उहाँले भन्नुभयो, “सबै गन्तव्यमा ठूला सवारी साधन पुग्नै नसक्ने अवस्थासमेतलाई दृष्टिगत गरी यो प्रयास गरिएको हो ।”

विश्वका कुनै पनि पर्यटकीय शहरमा ठूला सवारी साधन पार्किङ गरी स्थानीय सवारी साधनको प्रयोगमार्फत अन्य गन्तव्यहरू घुम्ने प्रचलन रहेको पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष एवं नेपाल भ्रमण वर्ष २०२० गण्डकी प्रदेशका सदस्य सोम थापाले बताउनुभयो ।

पर्यटकका लागि उनीहरूको सेवा तथा सुविधालाई लक्षित गरी व्यवस्थित गर्न खोजिनुलाई नकारात्मक रूपमा टिप्पणी गर्न नहुने उहाँले बताउनुभयो । ठूला सवारी साधनको प्रयोगका कारण यहाँ आएका धेरै पर्यटकले पोखराका सबै गन्तव्यमा पुग्न नसकेको र उनीहरूको बसाइसमेत छोटिने गरेको व्यवसायीको तर्क छ ।

पोखरा पर्यटन परिषद्का पूर्वध्यक्ष केदारनाथ शर्माले पोखरा र आसपासमा ३३ पर्यटकीय गन्तव्य रहे पनि अत्यन्त सीमित गन्तव्यमा पर्यटकलाई पु¥याएर फर्कने गरिएको बताउनुभयो । उहाँका अनुसार पछिल्ला समयमा पोखरा आएका पर्यटकलाई यहाँको फेवाताल, डेभिडफल्स, विन्ध्यवासिनी मन्दिरजस्ता केही ठाउँमा मात्र पु¥याउने गरिएको छ ।

पोखराको पर्यटनलाई व्यवस्थित र सुरक्षित गराउन गरिएको प्रयासलाई नकारात्मक रूपमा प्रचार गर्दै कतिपय सञ्चारमाध्यमले ‘इन्डियन टुरिष्ट आर नट एलाउड इन पोखरा’ भन्नेसम्मका दुष्प्रचार गरिएको पश्चिमाञ्चल होटल सङ्घका सल्लाहकार एवं होटल व्यवसायी बच्चुराम तिवारीले बताउनुभयो ।

नेपाल पर्यटक यातायात व्यवसायी सङ्घ ९एनटीभिए०का अध्यक्ष बोबरजङ्ग गुरुङले पोखरा भित्रिने ठूला सवारी साधनलाई व्यवस्थापन गर्दै पर्यटकलाई यहाँका हरेक गन्तव्यमा पु¥याउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

नेपाल पर्यटन बोर्डका पूर्वसदस्य टीकाराम सापकोटाले पोखरामा मात्रै वार्षिक झण्डै डेढ लाखदेखि दुई लाखसम्म भारतीय पर्यटक आउने गरेको जानकारी दिनुभयो । टान पश्चिमाञ्चल क्षेत्रीय सङ्घका अध्यक्ष हरि भुजेलले पोखराको पर्यटनलाई व्यवस्थित र प्रभावकारी बनाउन सबैको एकताबद्ध प्रयास आवश्यक हुनेमा जोड दिनुभयो ।