१० असार २०८३, बुधबार
,
Latest
छ हजार बचतकर्ताको रकम फिर्ताका लागि आवेदन डिभिजन वनकार्यालयद्वारा ११ महिनामा ६५ लाख बढी राजस्व सङ्कलन पाकिस्तान र इरानद्वारा क्षेत्रीय शान्ति र बलियो द्विपक्षीय सम्बन्धको प्रतिबद्धता कर्णालीका यातायात कार्यालयबाट ११ महिनामा ३१ करोड २३ लाख राजस्व संकलन, करको मुख्य हिस्सा सवारीसाधनबाट आज पनि सुनचाँदीको मूल्य घट्यो सत्तामा पुगेपछि सुशासनको वाचा बिर्सिएको महासचिव पाेखरेलकाे आरोप रास्वपा महाधिवेशन निर्वाचन : ८० विद्युतीय उपकरणबाट मतदान, दुई घण्टामै नतिजा आउने दाबी विदेशमा रहेका रास्वपा प्रतिनिधिले मोबाइल एपबाट मतदान गर्न पाउने असहायको उद्धारमा झापाकाे मानवसेवाश्रम सक्रिय चोरी गरी अमेरिका पुर्याइएका नेपालका दुई अमूल्य मूर्ति फिर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

४ लाख नेपाली नक्कली नोटसहित ४ जना पक्राउ



अ+ अ-

काठमाडौं । प्रहरीले ४ लाख १३ हजार नक्कली नेपाली नोटसहित चार जनालाई पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरोले नक्कली नोट बनाउने मेसिनसहित चार जनालाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार नक्कली नेपाली नोटसहित गोंगबुबाट कोवीराम बुढाथोकी, काभ्रे पाँचखालका बलबहादुर राना मगर, डोटी पूर्वीचौकी ३ का आर्यन खड्का, धनकुटा छत्र जोरपटी ३ का छत्रबहादुर लिम्बू रहेका छन्। विशेष सूचनाको आधारमा बुधबार चार जनालाई पक्राउ गरेको सीआईबीले जनाएको छ।

पक्राउ परेका चार जनाको साथबाट नेपाल राष्ट्र बैंक लेखिएको छ ७० ९६१९७४ नम्बरको १ हजार दरको १०७ थान, च ८३ ५५३९६६ नम्बरको १ हजार दरको १०५ थान, ज१८ ०७८६७० नम्बरको १ हजार दरको ४५ थान, ग४३ ६६३१७६ नम्बरको १ हजार दरको ९७ थान, ग९७ ०५९६०८ नम्बरको १ हजार दरको ५९ थान गरी कुल १ हजार दरका ४ सय १३ थान नक्कली नोट बरामद गरिएको प्रहरी बताएको छ ।

मुलुकी अपराध संहिता, २०७४, परिच्छेद (२२), मुद्रा सम्बन्धी कसुरको दफा २५६ विपरीत कसुर भएको हुँदा कसुर गर्ने वा गराउने व्यक्तिलाई मुद्राको परिमाण र मूल्य विचार गरी पाँच वर्षदेखि १० वर्षसम्म कैद र ५० हजारदेखि १ लाखसम्म जरिवाना हुने प्रावधान छ।