१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन News Polar सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन News Polar सरकारले निजी क्षेत्रलाई विद्युत प्रसारण लाइन प्रयोग गर्न खुला गर्‍यो, ईआरसीद्वारा `ह्वीलिङ चार्ज´ सार्वजनिक News Polar मनाङमा अलपत्र १६ पर्यटकको उद्धार News Polar हाम्रो सनसाइन स्कुल फाउन्डेसनद्वारा बाढी पीडितका लागि रु २५ लाख सहयोग News Polar राष्ट्रिय जलवायु नीति २०८३ बहसमा, हानी–नोक्सानी अभिलेखीकरणमा जोड News Polar धनुषामा दुर्घटनामा दुई जनाको मृत्यु News Polar निजी क्षेत्रलाई विद्युत् प्रसारण लाइन प्रयोग गर्ने बाटो खुल्यो News Polar बाढीपीडितका लागि हाम्रो सनसाइन स्कुल फाउन्डेसनको २५ लाख सहयोग News Polar दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राख्न अदालतको अनुमति News Polar पूर्ण तथा अति अशक्त अपाङ्गता भएका व्यक्तिलाई व्यक्तिगत सहयोगी सेवा दिने तयारी News Polar भोटेकोशी–कालीगण्डकी विपद् अध्ययन गर्न राष्ट्रिय सभाले गठन गर्‍यो विशेष समिति News Polar पहिरोले बेनी बजारका १२ घरमा क्षति News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक राष्ट्रिय सभामा फिर्ता News Polar हिमालमा जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको पहिलो बैठक News Polar मोटरसाइकल दुर्घटनामा रौतहटका २८ वर्षीय दासको मृत्यु News Polar करदाता प्रोत्साहन उपहारका लागि असोज १५ गतेभित्र खरिद बिल प्रविष्ट गर्न आग्रह News Polar जडीबुटीको दिगो संकलन र वैद्यखानाको उत्पादन बढाउन कार्यदल गठन हुने News Polar राष्ट्रियसभामा विपद् अध्ययन गर्न विशेष समिति गठन

दूरसञ्चार प्राधिकरणको लाइसेन्स खारेज गर्ने निर्णय मन्त्रिपरिषदले गर्यो बदर

दूरसञ्चार प्राधिकरणको लाइसेन्स खारेज गर्ने निर्णय मन्त्रिपरिषदले गर्यो बदर
अ अ+ अ-

काठमाडौं । समयमै शुल्क नदिएको भन्दै नेपाल दूरसञ्चार प्राधिकरणले लाइसेन्स खारेज गरेका तीन कम्पनीको निर्णय सरकारले बदर गरेको छ। समयमै शुल्क नदिएको भन्दै व्यवसायी अजयराज सुमार्गीको स्वामित्वमा रहेको हेलो नेपालसहित स्मार्ट टेलिकम र वेब सर्फर कम्युनिकेसनको लाइसेन्स खारेज गर्ने प्राधिकरणको निर्णय सरकारले खारेज गरेको हो।

सरकारको निर्णयअनुसार यी तीन कम्पनीले पाँच किस्तामा बाँकी रकम बुझाउनुपर्ने छ। पहिलो किस्ता आउने असार मसान्तभित्र र बाँकी चार किस्ता चार वर्षभित्र बुझाउनुपर्ने छ।

सुमार्गीको हेलो नेपालले बुझाउनुपर्ने रोयल्टी तथा नवीकरण शूल्क बापतको ८० करोड रुपैयाँ तोकिएको समयमा नदिएका कारण प्राधिकरणले लाइसेन्स खारेज गरेको थियो।

मन्त्रीपरिषदले गरेका निर्णयहरु

१. द्विपक्षीय तथा बहुपक्षीय लगानी सम्झौताको कार्यान्वयनमा सृजना भएका वा हुने विवादहरु निरुपण र प्रतिरक्षा गर्नका लागि अर्थमन्त्रालयका सचिवको संयोजकत्वमा आठ सदस्यीय आवश्यक तयारी संयन्त्र गठन गर्ने निर्णय गरेको छ ।

२. नेपाल धितोपत्र बोर्डको अध्यक्ष भिष्मराज ढुंगाना, मोरङलाई नियुक्त गर्ने निर्णय गरिएको छ ।

३. साझेदारी ऐन २०२० लाई संशोधन तथा एकीकरण गर्न विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृती दिइएको छ ।

४. मिति २०७६ पुस २७ र २८ गते भारतको नयाँ दिल्लीमा आयोजना हुने नेपाल–भारत पेट्रोलियम पदार्थ र ग्याँसको विषयमा संयुक्त कार्य समूह बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमा मन्त्रालयका सहसचिव धु्रव घिमिरेको नेतृत्वको प्रतिनिधिमण्डललाई सहभागिताका लागि स्वीकृती दिइएको छ ।

५. ट्रंक लाइन तथा डेडिकेटेड फिडरबाट विद्युत् आपूर्ति भइरहेकोमा विद्युत् उपभोगकर्ता उद्योगी, व्यवसायी तथा विद्युत् प्राधिकरण बीच देखिएको विवाद लगायतका समस्या समाधानका लागि उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री तथा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री र अर्थ मन्त्रीको आवश्यक समन्वयमा १५ दिन भित्र अध्ययन गरी सुझाव सहित सिफारिश गर्न देहाय बमोजिम समिति गठन गरिएको छ । समितिको संयोजक सचिव उर्जा, उद्योग वाणिज्य र आपूर्ति मन्त्रालयका सचिव (सदस्य), अर्थ मन्त्रालयका सचिव (सदस्य) र विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक नेपाल (सदस्य), उर्जा मन्त्रालयका सह सचिव (सदस्य सचिव) हुनेछन् । आवश्यकता अनुसार उपसमिति र कार्यदल वठन गरी कार्यसम्पादन गर्ने म्याण्डेट पनि समितिलाई दिइएको छ ।

६. वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र र हरित जलवायु कोष बीच एक्रिडिएसन मास्टर एग्रिमेन्टमा हस्ताक्षर गर्न स्वीकृती दिइएको छ ।

७. पानी जहाज दर्ता तथा संचालन गर्न बनेको कानुन संशोधन र एकीकरण गर्न तर्जुमा गरेको विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृती दिइएको छ ।

८. महाकाली सिंचाई आयोजनाको नहर निर्माणका लागि थप राष्ट्रिय वन क्षेत्र २९.६ हेक्टर प्रयोग गर्न स्वीकृती दिइएको छ ।

९. उच्च शिक्षा सम्बन्धी विधेयक, प्राविधिक शिक्षा र सीप विकास गर्ने विधेयक तर्जुमा गर्ने विधेयकलाई सैद्धान्तिक स्वीकृती दिइएको छ ।

१०. अर्थमन्त्रालय अन्तर्गतको निकायहरुमा संगठन संरचना र दरबन्दी तेरिज स्वीकृत गरिएको छ ।

११. नेपाल नर्सिङ परिषद्को सदस्यमा सानु तुलाधार, काठमाडौं र दुर्गालक्ष्मी श्रेष्ठ, गोरखालाई मनोनयन गर्ने निर्णय गरिएको छ ।

१२. दुरसञ्चार ऐन २०५३ को दफा २८ को उपदफा ५ बमोजिम देहाय बमोजिम निर्णय गर्ने निर्णय गरिएको छ ।

क. नेपाल दुरसञ्चार प्राधिकरणले मिति २०७६–४– १३ मा निर्णय नं ४१६२ बाट वेबसर्भर नेपाल कम्युनिकेशन सिस्टम प्रा लिको अनुमति पत्र खारेज हुने गरी गरेको निर्णय र सो को जानकारी दिएको पत्र बदर गर्ने । प्रचलित कानुनको अधिनमा रही पालना गर्नुपर्ने शर्तको अधिनमा रही तिर्नु बुझाउनु पर्ने सबै किसिमको रकम प्रचलित कानुन बमोजिम निर्धारित समय भित्रै तिर्न बुझाउन निजलाई जानकारी दिने । निजले हालसम्म तिर्न बुझाउन पर्ने साँवा ब्याज सहितको बक्यौता जम्मा पाँच किस्तामा नबढ्ने गरी पहिलो किस्ता चालु आर्थिक वर्ष ०७६/७७ को असार मसान्त भित्रै र बाँकी चार किस्ता प्रति वर्ष एक किस्ताका दरले प्रत्येक आर्थिक वर्षको असार मसान्त भित्रै बुझाउने गरी समय दिइने । यसरी निर्धारित समय भित्रै प्रत्येक किस्ता रकम र प्रचलित कानुन बमोजिम बुझाउनु पर्ने रकम नबुझाएमा प्रचलित कानुन बमोजिम अनुमति पत्र खारेज गर्ने लगायतका कारबाही हुने व्योहोरा एवं प्रस्तुत निर्णको जानकारी उजुरीकर्तालाई दिन सञ्चार, तथा सूचना प्रविधि मन्त्रालय मार्फत् नेपाल दुरसञ्चार प्राधिकरणमा लेखी पठाउने ।

ख. स्मार्ट टेलिकमको अनुमति पत्र खारेज हुने गरी गरेको निर्णय र सो को जानकारी दिएको पत्र बदर गर्ने । प्रचलित कानुनको अधिनमा रही पालना गर्नुपर्ने शर्तको अधिनमा रही तिर्नु बुझाउनु पर्ने सबै किसिमको रकम प्रचलित कानुन बमोजिम निर्धारित समय भित्रै तिर्न बुझाउन निजलाई जानकारी दिने । निजले हालसम्म तिर्न बुझाउन पर्ने साँवा ब्याज सहितको बक्यौता जम्मा पाँच किस्तामा नबढ्ने गरी पहिलो किस्ता चालु आर्थिक वर्ष ०७६÷७७ को असार मसान्त भित्रै र बाँकी चार किस्ता प्रति वर्ष एक किस्ताका दरले प्रत्येक आर्थिक वर्षको असार मसान्त भित्रै बुझाउने गरी समय दिइने । यसरी निर्धारित समय भित्रै प्रत्येक किस्ता रकम र प्रचलित कानुन बमोजिम बुझाउनु पर्ने रकम नबुझाएमा प्रचलित कानुन बमोजिम अनुमति पत्र खारेज गर्ने लगायतका कारबाही हुने व्योहोरा एवं प्रस्तुत निर्णको जानकारी उजुरीकर्तालाई दिन सञ्चार, तथा सूचना प्रविधि मन्त्रालय मार्फत् नेपाल दुरसञ्चार प्राधिकरणमा लेखी पठाउने ।

ग. नेपाल स्याटेलाइट टेलिकम प्रा लि अनुमति पत्र खारेज हुने गरी गरेको निर्णय र सो को जानकारी दिएको पत्र बदर गर्ने । प्रचलित कानुनको अधिनमा रही पालना गर्नुपर्ने शर्तको अधिनमा रही तिर्नु बुझाउनु पर्ने सबै किसिमको रकम प्रचलित कानुन बमोजिम निर्धारित समय भित्रै तिर्न बुझाउन निजलाई जानकारी दिने । निजले हालसम्म तिर्न बुझाउन पर्ने साँवा ब्याज सहितको बक्यौता जम्मा पाँच किस्तामा नबढ्ने गरी पहिलो किस्ता चालु आर्थिक वर्ष ०७६/७७ को असार मसान्त भित्रै र बाँकी चार किस्ता प्रति वर्ष एक किस्ताका दरले प्रत्येक आर्थिक वर्षको असार मसान्त भित्रै बुझाउने गरी समय दिइने । यसरी निर्धारित समय भित्रै प्रत्येक किस्ता रकम र प्रचलित कानुन बमोजिम बुझाउनु पर्ने रकम नबुझाएमा प्रचलित कानुन बमोजिम अनुमति पत्र खारेज गर्ने लगायतका कारबाही हुने व्योहोरा एवं प्रस्तुत निर्णको जानकारी उजुरीकर्तालाई दिन सञ्चार, तथा सूचना प्रविधि मन्त्रालय मार्फत् नेपाल दुरसञ्चार प्राधिकरणमा लेखी पठाउने ।