१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन News Polar सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन News Polar सरकारले निजी क्षेत्रलाई विद्युत प्रसारण लाइन प्रयोग गर्न खुला गर्‍यो, ईआरसीद्वारा `ह्वीलिङ चार्ज´ सार्वजनिक News Polar मनाङमा अलपत्र १६ पर्यटकको उद्धार News Polar हाम्रो सनसाइन स्कुल फाउन्डेसनद्वारा बाढी पीडितका लागि रु २५ लाख सहयोग News Polar राष्ट्रिय जलवायु नीति २०८३ बहसमा, हानी–नोक्सानी अभिलेखीकरणमा जोड News Polar धनुषामा दुर्घटनामा दुई जनाको मृत्यु News Polar निजी क्षेत्रलाई विद्युत् प्रसारण लाइन प्रयोग गर्ने बाटो खुल्यो News Polar बाढीपीडितका लागि हाम्रो सनसाइन स्कुल फाउन्डेसनको २५ लाख सहयोग News Polar दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राख्न अदालतको अनुमति News Polar पूर्ण तथा अति अशक्त अपाङ्गता भएका व्यक्तिलाई व्यक्तिगत सहयोगी सेवा दिने तयारी News Polar भोटेकोशी–कालीगण्डकी विपद् अध्ययन गर्न राष्ट्रिय सभाले गठन गर्‍यो विशेष समिति News Polar पहिरोले बेनी बजारका १२ घरमा क्षति News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक राष्ट्रिय सभामा फिर्ता News Polar हिमालमा जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको पहिलो बैठक News Polar मोटरसाइकल दुर्घटनामा रौतहटका २८ वर्षीय दासको मृत्यु News Polar करदाता प्रोत्साहन उपहारका लागि असोज १५ गतेभित्र खरिद बिल प्रविष्ट गर्न आग्रह News Polar जडीबुटीको दिगो संकलन र वैद्यखानाको उत्पादन बढाउन कार्यदल गठन हुने News Polar राष्ट्रियसभामा विपद् अध्ययन गर्न विशेष समिति गठन

घरवाससँगै पर्यटकीय गाउँ ताङतिङमा वनभोजस्थल

घरवाससँगै पर्यटकीय गाउँ ताङतिङमा वनभोजस्थल
अ अ+ अ-

पोखरा । घरवासको सेवा-सुविधासहित पर्यटकलाई आकर्षित गर्दै आएको पर्यटकीय गाउँ ताङतिङका बासिन्दाको सक्रियतामा छुट्टाछुट्टै दुई वनभोजस्थल निर्माण गरिएको छ । गुरुङ संस्कृतिको जीवन्त सङ्ग्रहालयजस्तै बनेको मादी गाउँपालिका वडा नं २ स्थित ताङतिङमा यहाँका प्रकृति र संस्कृतिलाई पर्यटन बजारमा पुर्याउने लक्ष्यका साथ वनभोजस्थल निर्माण गरिएको हो ।

गुरुङ समुदायको तीन दशकभन्दाअघिको इतिहासको साक्षी बनेको गाउँको सिरानस्थित नौचुडाँडा र पुल्कोडाँडामा रु २३ लाखको लागतमा दुई वनभोजस्थल निर्माण गरिएका ताङतिङ घरवास व्यवस्थापन समितिका अध्यक्ष पशमाया गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको घरवास प्रवद्र्धन कार्यक्रमअन्तर्गत रु १० लाख र डिभिजन वन कार्यालयको पर्यापर्यटन प्रवद्र्धन कार्यक्रमको रु पाँच लाख, गाउँपालिकाको रु दुई लाख र बाँकी स्थानीयवासीको सहभागिता जुटाएर वनभोजस्थल निर्माण गरिएको हो ।

पर्यटकीय गाउँ सिक्लेस, हिमशृङ्खलासहित प्रकृति र संस्कृतिलाई नियाल्दै पोखराको बजारको व्यस्तताबाट मुक्त भई वनभोजमा रमाउन चाहनेका लागि लक्षित गरी दुवै वनभोजस्थल एकैसाथ निर्माण गरिएको जानकारी दिँदै उहाँले भन्नुभयो, “वनभोजस्थल निर्माणसँगै घरवास प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास गरेका छौँ ।” वरपर होस् वा बाटोमा विभिन्न रङका गुराँसले ढकमक्क ढाकिएको यो ठाउँ समय–समयमा पर्ने हिउँका कारण निकै मनमोहक रहेको बताउँदै उहाँले एकपटक वनभोज र दृश्यावलोकन गर्न आएका प्रकृतिप्रेमी पटक–पटक आउने वातावरण सिर्जना गर्न सफल हुने विश्वास व्यक्त गर्नुभयो ।

समुद्री सतहबाट लगभग दुई हजार ३०० मिटरको उचाइमा रहेको नैचुडाँडा र दुई हजारको उचाइमा रहेको पुल्कोडाँडामा वनभोजलाई लक्षित गरी ट्रष्ट भवन निर्माण गरिएको छ भने खानेपानीको व्यवस्थासहित दुई शौचालय निर्माण गरिएका नं २ का अध्यक्ष एकजङ्ग गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेशको उत्कृष्टमध्येको ताङतिङ घरवासमा बास बस्ने आन्तरिक एवं बाह्य पर्यटकलाई अन्नपूर्ण, माछापुच्छे«लगायतका हिमशृङ्खलाको आँखाको नजिकैबाट दृश्यावलोकनका लागि वनभोजस्थलसम्म पु¥याउने योजना रहेको छ ।

प्राचीन गुरुङ संस्कृतिको झल्को दिने किसिमका संरचनाले यहाँ आउने जो–कोहीलाई मग्न बनाउने उहाँको भनाइ छ । ताङतिङ क्रपुखर्क सडकखण्डमा पर्ने सो स्थानसम्म यातायात सुविधा पुगेको छ । गुरुयोजनाअनुसार वनभोजका लागि आवश्यक हल, भान्सा, डाइलिनङसहित थप भौतिक पूर्वाधार निर्माणका लागि रु २५ लाख खर्च लाग्ने बताउनुभयो । घोताने आमा समूहको सक्रियतामा तमोरोखोलाबाट ल्याएको खानेपानीका लागि दुई धाराको व्यवस्था गरिनुका साथै नमस्ते कोरियाको आर्थिक सहयोगमा सो स्थानमा ट्याङ्कीसमेत व्यवस्था गरिएको छ ।

गाउँका १४ घरमा लगभग ८० जना पाहुनको क्षमता भएको सो घरवासमा एक वर्षको अवधिमा एक हजार ३०० पर्यटक पुगेका थिए । जसमा कूल सङ्ख्याको १५ प्रतिशत मात्र घरवासमा बास बस्ने गरेका व्यवस्थापन समितिका सचिव पुर्णसुब्बा गुरुङले जानकारी दिनुभयो । गाउँको जैविक उत्पादन साग, आलु, कोदो, पिडालु, भटमास, टुसाको सुकुटी, तरुल, चामललगायत ७० प्रतिशत गाउँकै उत्पादन गर्ने गरेको बाँकी ३० प्रतिशत खरीद गर्ने गरेको बताउँदै उहाँले दुई छाक खाना, एक रातको बास, नास्तासहितको प्याकेजमा प्रतिव्यक्ति रु एक हजार लिने गरिएको बताउनुभयो ।

सो स्थानमा रहेका पाँच होटलमा भने आन्तरिकभन्दा बाह्य पर्यटकको आकर्षण बढेको ताङतिङ गेष्टहाउसका सञ्चालक रोशमाया गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार गेष्टहाउसमा बेलायत, जर्मन, फ्रान्स, न्यूजिल्याण्ड, अष्ट्रेलियालगायत विभिन्न मुलुकका पाहुन आउने गरेका छन् । ट्रेकिङ एजेन्ट्स एशोसिएशन अफ नेपाल ९टान० पश्चिमाञ्चलका अध्यक्ष हरि भुजेलका अनुसार एक्याप क्षेत्रमा बाह्य पर्यटकलाई लिइने प्रवेश शुल्कको कारणले पदमार्गमा जाने पर्यटकको सङ्ख्यामा प्रतिवर्ष कमी आउने गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन प्रवेश शुल्क खारेजी गर्नुपर्ने माग गर्नुभयो ।” समुद्री सतहबाट तीन हजार १०० मिटरको उचाइमा अवस्थित क्रर्पुडाँडामा आगामी वैशाख १ देखि १० गतेसम्म मादी क्रर्पु महोत्सवको आयोजनाको तयारी भइरहेको गाउँपालिकाका अध्यक्ष वेदबहादुर गुरुङले जानकारी दिनुभयो ।