२५ भाद्र २०८३, बिहीबार
,
Latest
अस्पतालले भर्ना नलिएपछि सडकमा सुत्केरी, संसद्मा उठ्यो प्रश्न केही जिल्लामा अब घरेलु कार्यालयबाट यातायातको काम गरिन्छः मुख्यमन्त्री आचार्य उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवद्वारा राजीनामा नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा प्रदेश प्रमुखसमक्ष लोक सेवा आयोगको प्रतिवेदन पेश नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा हाम्रो पात्रो प्रयोगकर्ताबाट विपद् उद्धार कोषमा १ करोड २५ लाख सहयोग रसुवा बाढीमा मृत्यु हुनेको संख्या १,३७७ पुग्यो, ५ हजारभन्दा बढी बेपत्ता ग्यास अभावबारे मन्त्रीको अभिव्यक्तिप्रति महासंघको आपत्ति भोटेकोशी बाढीः आठ मिलियन युरो सहायता
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरा जाँदै गरेको बस दुर्घटना



अ+ अ-

दमौली । रामपुरबाट भिमादहुँदै पोखरा जाँदै गरेको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । घिरिङ गाउँपालिका ३ थानीमाईमा ग १ ख ६१७५ नम्बरको बस दुर्घटना भएको हो ।

प्रहरीका अनुसार दुर्घटनामा घिरिङ १ बैंडीकी २० वर्षीया मुना थापा र घिरिङ ३ निवासी ४२ वर्षीया ननीमाया गुरुङको मृत्यु भएको छ । बस सडकबाट करिब ४० मीटर तल भीरमा खसेको प्रहरीले जनाएको छ।

थापाको घटनास्थलमा तथा गुरुङको उपचारका क्रममा पोखराको फिष्टेल अस्पतालमा मुत्यु भएको प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिए। बसमा सवार २५ मध्ये १७ यात्रु घाइते भएका छन्। सबैको पोखराको मणिपाल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।