१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरा जाँदै गरेको बस दुर्घटना



अ+ अ-

दमौली । रामपुरबाट भिमादहुँदै पोखरा जाँदै गरेको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । घिरिङ गाउँपालिका ३ थानीमाईमा ग १ ख ६१७५ नम्बरको बस दुर्घटना भएको हो ।

प्रहरीका अनुसार दुर्घटनामा घिरिङ १ बैंडीकी २० वर्षीया मुना थापा र घिरिङ ३ निवासी ४२ वर्षीया ननीमाया गुरुङको मृत्यु भएको छ । बस सडकबाट करिब ४० मीटर तल भीरमा खसेको प्रहरीले जनाएको छ।

थापाको घटनास्थलमा तथा गुरुङको उपचारका क्रममा पोखराको फिष्टेल अस्पतालमा मुत्यु भएको प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिए। बसमा सवार २५ मध्ये १७ यात्रु घाइते भएका छन्। सबैको पोखराको मणिपाल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।