१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन News Polar सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन News Polar सरकारले निजी क्षेत्रलाई विद्युत प्रसारण लाइन प्रयोग गर्न खुला गर्‍यो, ईआरसीद्वारा `ह्वीलिङ चार्ज´ सार्वजनिक News Polar मनाङमा अलपत्र १६ पर्यटकको उद्धार News Polar हाम्रो सनसाइन स्कुल फाउन्डेसनद्वारा बाढी पीडितका लागि रु २५ लाख सहयोग News Polar राष्ट्रिय जलवायु नीति २०८३ बहसमा, हानी–नोक्सानी अभिलेखीकरणमा जोड News Polar धनुषामा दुर्घटनामा दुई जनाको मृत्यु News Polar निजी क्षेत्रलाई विद्युत् प्रसारण लाइन प्रयोग गर्ने बाटो खुल्यो News Polar बाढीपीडितका लागि हाम्रो सनसाइन स्कुल फाउन्डेसनको २५ लाख सहयोग News Polar दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राख्न अदालतको अनुमति News Polar पूर्ण तथा अति अशक्त अपाङ्गता भएका व्यक्तिलाई व्यक्तिगत सहयोगी सेवा दिने तयारी News Polar भोटेकोशी–कालीगण्डकी विपद् अध्ययन गर्न राष्ट्रिय सभाले गठन गर्‍यो विशेष समिति News Polar पहिरोले बेनी बजारका १२ घरमा क्षति News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक राष्ट्रिय सभामा फिर्ता News Polar हिमालमा जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको पहिलो बैठक News Polar मोटरसाइकल दुर्घटनामा रौतहटका २८ वर्षीय दासको मृत्यु News Polar करदाता प्रोत्साहन उपहारका लागि असोज १५ गतेभित्र खरिद बिल प्रविष्ट गर्न आग्रह News Polar जडीबुटीको दिगो संकलन र वैद्यखानाको उत्पादन बढाउन कार्यदल गठन हुने News Polar राष्ट्रियसभामा विपद् अध्ययन गर्न विशेष समिति गठन

मन्त्री हृदयेश त्रिपाठीको उत्कृष्ट कहानियाँ सार्वजनिक

मन्त्री हृदयेश त्रिपाठीको उत्कृष्ट कहानियाँ सार्वजनिक
अ अ+ अ-

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीले भाषाको कुनै भुगोल नहुने बताउनुभएको छ ।

बाह्रखरी बुक्सले प्रकाशित गरेको ‘उत्कृष्ट कथा २०७६’ को हिन्दी अनुवाद ‘उत्कृष्ट कहानियाँ’ सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री त्रिपाठीले भाषाको कुनै भूगोल नहुने भएकाले यसलाई कुनै सिमाले नरोक्ने बताउनुभएको छ । भारतीय दुतावास काठमाडौं र हिन्दी केन्द्रीय विभाग त्रिभुवन विश्वविद्यालयले विश्व हिन्दी दिवसका अवसरमा आयोजना गरेको क्रार्यक्रममा उक्त पुस्तक सार्वजनिक गरिएको हो ।

मन्त्री त्रिपाठीले नेपाल एक बहु भाषी बहु सांस्कृतिक र बहु जतिय विभिदता भएको देश भएकाले भाषा र संस्कृतिमा समृद्ध भएको बताउनुभयो । नेपाल भूगोलले सानो भएपनि भौगोलिक, सामुदायिक, सांस्कृतिक विभिदताले ठुलो र सम्पन्न देश भएको उहाँले बताउनुभयो । उहाँले हिन्दी भाषा र नेपाली भाषा दुवै भाषाको उद्गम संस्कृत भएकाले सभ्यता एउटै भएको बताउनुभयो । परस्पर रुपमा नेपाली साहित्यहरु हिन्दीमा अनुवाद हुनु र हिन्दी साहित्यहरु नेपालीमा अनुवाद हुनुले दुई देशलाई सिमाले छुट्याएपनि भाषा, संस्कृति र सभ्यताको दृष्टिले सिमालाई पनि पार गरेको बताउनु्भयो ।

नेपाली साहित्यका शिखर पुरुष विश्वेश्वर प्रसाद कोइरालाको स्मृतिमा स्थापित बीपी कोइराला भारत­–नेपाल फाउण्डेसनको सहयोगमा उत्कृष्ट कथा हिन्दी भाषामा प्रकाशन गरिएको हो । कार्यक्रममा नेपालका लागि भारतीय कार्यबाहक राजदूत डा. अजय कुमारले नेपाल र भारतलाई भाषाले बलियोसँग जोडेको बताउनुभयो । दुवै भाषाको लिपि देवनागरिक हुन र संस्कृति एउटै हुनु यसको बलियो आधार भएको उहाँले बताउनुभयो । उहाँले भाषाको यहि समानताले दुवै देशका जनतालाई जोडेर राखेको छ जसरी जनकुर र अयोध्या, पशुपति र काँशी, लुम्बीनी र बोधगया जोडिएका छन् । त्यसैले भाषा र संस्कृतिको परिणाम नै नेपाल र भारतबीचको सम्बन्ध भएको उहाँले बताउनुभयो ।

बाह्रखरी बुक्सले बजारमा ल्याएको ‘उत्कृष्ट कथा २०७६’ को हिन्दी भाषामा प्रकाशित ‘उत्कृष्ट कहानियाँ’को विमोचन संयुक्त रुपमा सामान्य प्रशासन तथा संघीय मामिला मन्त्री हृदयेश त्रिपाठी, नेपालका लागि भारतीय कार्यवाहक राजदूत डा. अजय कुमार, बाह्रखरी मिडियाका प्रधान सम्पादक प्रतीक प्रधान, बाह्रखरी मिडियाका प्रवन्ध निर्देशक ज्ञानेश्वर आचार्यले गर्नुभएको हो । यो पुष्तक नेपालको भूगोल, भाषाभाषी, संस्कृति र सम्प्रदायको मौलिकता र आञ्चलिकता जोडने संग्रहसमेत भएकाले हिन्दी भाषामा अनुवाद हुँदा नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउन टेवा पुग्ने र नेपाली साहित्यको बजार फराकिलो हुने बाह्रखरी बुक्सले जनाएको छ ।