२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar एनपिएलको तयारी अन्तिम चरणमा News Polar नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला News Polar वृद्धको हत्या अभियोगमा युवक पक्राउ News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय

भदौ २३ र २४ गतेको घटनाले लोकतन्त्र र संविधानलाई नराम्ररी प्रभावित पारेको छ : पूर्व राष्ट्रपति यादव

भदौ २३ र २४ गतेको घटनाले लोकतन्त्र र संविधानलाई नराम्ररी प्रभावित पारेको छ : पूर्व राष्ट्रपति यादव
अ अ+ अ-

काठमाडौँ, ७ फागुन (रासस) : सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादव २०६५ साउनमा निर्वाचित हुनुभएको थियो । यसअघि उहाँ लामो समय नेपाली कांग्रेस पार्टीमा विभिन्न जिम्मेवारीमा रही अग्रणी भूमिका निर्वाह गर्नुका साथै स्वास्थ्यमन्त्री हुनुभएको थियो ।

विसं २०६५ साउन ८ गतेदेखि २०७२ कात्तिक ११ सम्म मुलुकको राष्ट्रपति रहनुभएका उहाँले २०७२ असोज ३ गते नेपालको संविधान जारी गर्नुभएको थियो । २०६२÷६३ सालको जनआन्दोलनको जगमा गठन भएको संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो ।

प्रजातन्त्र दिवसलाई केबल उत्सव होइन, जिम्मेवारी र आत्ममूल्याङ्कनको दिनका रुपमा पनि व्याख्या गर्नुहुने उहाँ नेपाली जनताको दीर्घ सङ्घर्ष, त्याग र बलिदानको ऐतिहासिक उपलब्धिको प्रतीकको रुपमा लिने भएकाले खासगरी युवा पुस्ताले यस दिवसको ऐतिहासिक महत्व र विशिष्टतालाई बुझ्न जरुरी रहेको उहाँको भनाइ छ ।

प्रस्तुत छ, प्रजातन्त्र दिवसको अवसरमा प्रथम राष्ट्रपति डा यादवसँग राससका आलेख प्रमुख कृष्ण अधिकारीले गर्नुभएको कुराकानी:

प्रजातन्त्र दिवसले नेपाली जनताको सङ्घर्ष र उपलब्धिलाई स्मरण गराउँछ । प्रजातन्त्र दिवसको सान्दर्भिकतालाई तपाई कसरी हेर्नुहुन्छ ?

नेपालमा प्रत्येक वर्ष फागुन ७ गते मनाइने प्रजातन्त्र दिवस केबल ऐतिहासिक सम्झनाको दिन मात्र होइन, लोकतान्त्रिक मूल्य, जनअधिकार र राष्ट्रिय एकाताको पुनःप्रतिबद्धताको अवसर पनि हो । प्रजातन्त्र दिवसले नेपाली जनताले अधिकार प्राप्त गरेको २००७ सालको क्रान्तिको याद गराउँछ ।

यस महत्वपूर्ण अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा हार्दिक शुभकामना व्यक्त गर्दै, लोकतन्त्रको संरक्षण, सुदृढीकरण र समुन्नतिका लागि सबैलाई एकजुट हुन आह्वान गर्दछु । नेपाली जनताको अधिकारको ढोका खुलेको फागुन ७ गते अविस्मरणीय दिन रहेको छ । लामो सङ्घर्षबाट जनताले पाएको अधिकार २०१७ सालमा अपहरण भएकामा २०४६ सालमा पुनः प्राप्त हुनसक्यो ।

विसं २०५९ राजाको प्रत्यक्ष हस्तक्षेपबाट प्रजातन्त्र अपहरणमा भएकामा २०६२/६३ को आन्दोलनबाट पुनः त्यो अधिकार जनतामा आएइको छ । यसरी नेपालको इतिहासमा २००७, २०४६ र २०६२÷६३ सालका आन्दोलनहरुका आ–आफ्नै महत्व रहे पनि यी सबै आन्दोलनको जग भने २००७ सालकै क्रान्ति हो । नेपाली जनताले निरङ्कुश शासन व्यवस्थाविरुद्ध सङ्घर्ष गर्दै प्रजातन्त्र स्थापना गरेका थिए ।

नेपाली जनताको दीर्घकालीन सङ्घर्ष, त्याग र बलिदानबाट प्राप्त प्रजातन्त्र हाम्रो राष्ट्रिय गौरवको धरोहर हो । यस ऐतिहासिक उपलब्धिले जनताको सार्वभौमसत्ता स्थापित गर्दै देशलाई लोकतान्त्रिक मार्गमा अग्रसर गराएको छ । प्रजातन्त्र दिवसलाई केबल उत्सव होइन, जिम्मेवारी र आत्ममूल्याङ्कनको दिनका रुपमा पनि व्याख्या गर्नुहुन्छ । यस ऐतिहासिक दिवसका अवसरमा म सम्पूर्ण नेपालीमा लोकतान्त्रिक मूल्य–मान्यतालाई आत्मसात गर्दै समृद्ध, न्यायपूर्ण र आत्मनिर्भर नेपाल निर्माणका लागि आ–आफ्नो क्षेत्रबाट सक्रिय योगदान गर्न हार्दिक आह्वान गर्दछु ।

लोकतन्त्रप्रति युवाको विश्वास र सहभागिता बढाउन कस्तो पहल गर्नुपर्ने देख्नुहुन्छ ?

प्रजातन्त्रको मूल आधार भनेको जनताको सर्वोच्चता हो । प्रजातन्त्रमा जनता नै सार्वभौम हुन्छन्, उनीहरु नै मालिक हुन् । शासन जनताको इच्छाअनुसार चल्नुपर्छ भन्ने सिद्धान्तलाई व्यवहारमा लागू गर्नु नै प्रजातन्त्रको वास्तविक परीक्षण हो । जनताको सक्रिय सहभागिताबिना लोकतन्त्र सुदृढ हुनसक्दैन । संविधानले दिएका अधिकारको उपयोगसँगै नागरिकले आफ्नो कर्तव्य पनि पूरा गर्नुपर्छ ।

नेपालको राजनीतिमा २०१७ सालको घटनापछि गत भदौ २३ र २४ गतेको घटनाले लोकतन्त्र र संविधानलाई नराम्ररी प्रभावित पारेको छ । भदौ २३ गते जेनजी युवाहरुले गरेको प्रदर्शन सही थियो तर २४ गतेको घटनाले लोकतन्त्रमाथि खतराको सङ्केत गर्दछ । प्रजातन्त्र दिवस नेपाली जनताको दीर्घ सङ्घर्ष, त्याग र बलिदानको ऐतिहासिक उपलब्धिको प्रतीक भएकाले खासगरी युवा पुस्ताले यसको ऐतिहासिक महत्व र विशिष्टतालाई बुझ्न जरुरी छ ।

लोकतन्त्रको सफलताका लागि सुशासन अपरिहार्य मानिन्छ । भष्ट्राचार नियन्त्रण र पारदर्शीता प्रवद्र्धनका लागि प्रभावकारी उपायहरु के हुनसक्छन् ?

सुशासन, पारदर्शीता, भ्रष्टाचार नियन्त्रण, सामाजिक न्याय र समान अवसरको सुनिश्चिततामार्फत समृद्ध र आत्मनिर्भर नेपाल निर्माणतर्फ अघि बढ्न सकिन्छ । विकास, सुशासन, भ्रष्टाचार नियन्त्रण, र समान अवसरको सुनिश्चितता लोकतन्त्रको सार्थकता मापन गर्ने आधार हुन् । लोकतन्त्रको सफलता नागरिकको जीवनस्तरमा सुधार, पारदर्शीता, भ्रष्टाचार नियन्त्रण र सेवा प्रवाहसँग जोडिएको हुन्छ । लोकतन्त्रलाई सुदृढ बनाउन राजनीतिक स्थायित्व, सुशासन, पारदर्शीता, भ्रष्टाचार नियन्त्रण, न्यायिक स्वतन्त्रता र प्रभावकारी सेवा प्रवाह अनिवार्य छन् ।

विविधतापूर्ण नेपाली समाजमा सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न लोकतान्त्रिक नेतृत्वले कस्तो भूमिका खेल्नुपर्छ ?

नेपालको बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विशेषतालाई लोकतन्त्रको शक्ति मान्न सकिन्छ । प्रजातन्त्र केबल अधिकार प्राप्तिको माध्यम मात्र होइन; यसले कर्तव्यबोध, सहिष्णुता, राष्ट्रिय एकता र पारस्परिक सम्मानलाई पनि सुदृढ बनाउँछ । लोकतन्त्र तब मात्र सार्थक हुन्छ, जब राज्यका सबै नागरिकले समान अवसर र सम्मानको अनुभूति गर्छन् ।

समावेशीता, सङ्घीयता र सामाजिक न्यायको अवधारणा यही चरणमा सुदृढ भएको देखिन्छ । सामाजिक सद्भाव कायम गर्दै विकास, सुशासन, पारदर्शिता र भ्रष्टाचार नियन्त्रणमार्फत समृद्ध राष्ट्र निर्माण गर्नु आजको प्रमुख आवश्यकता हो । लोकतन्त्रको रक्षा र सुदृढीकरणमा राज्य, राजनीतिक दल र नागरिक सबैको साझा दायित्व रहेको हुन्छ ।

विषम परिस्थितिमा मुलुकमा आमनिर्वाचन हुन गइरहेको छ, यसलाई तपाइँले कसरी हेर्नु भएको छ ?

गत भदौ २३ र २३ गतेको घटनापछि उत्पन्न राजनीतिक परिस्थितिले लोकतन्त्रको लागि झण्डै आठ दशकको बलिदानबाट लोकतान्त्रिक संविधानलाई नराम्ररी ‘ड्यामेज’ गरेको छ । आशा गरौँ यही फागुन २१ गते हुन गइरहेको निर्वाचनले लोकतन्त्रलाई सबलीकरण गर्दै संविधानको संरक्षण गर्न सहयोग पुग्नेछ । यसलाई सकारात्मक रुपमा लिनुपर्छ ।

जनता सजग नभएसम्म यस्ता घटना भइरहन्छन् । जनता चेतनशील हुनुपर्छ । संविधान प्रदत्त समावेशीता, लोकतान्त्रिक प्रणाली समाज निर्माण गरिरहेका छौँ । भदौ २४ मा भएको क्षतिलाई निर्वाचनले पूरा गर्न सक्ने विश्वास लिएका छौँ । अब पनि यस्ता दुर्घटनाहरु हुन नदिन तथा शान्ति, स्थिरता र अमनचयन खल्बलिन नदिन सबै नेपाली सजग हुनुपर्छ ।

यही फागुन २१ गते हुन गइरहेको आम निर्वाचनको सन्दर्भमा मतदातालाई के भन्न चाहनुहुन्छ ?

यसपटकको आवधिक चुनाव होइन, संविधान माथि भएको क्षतिको पूर्ति गर्ने यो चुनावको धेरै ठूलो राजनीतिक महत्व छ । देशको स्थायित्वका लागि यो सुखद पक्ष हुनेछ । सही पार्टीलाई छानेर देशलाई अगाडि बढाउन आवश्यक छ । सम्पूर्ण देशवासीलाई सस्तो लोकप्रियता र चर्चाको भरमा भन्दा पनि राष्ट्रिय हितलाई ध्यानमा राखी निर्वाचनमार्फत आफ्नो मत दिन आग्रह गर्दछु ।

लोकतन्त्र र मुलुकको सार्वभौमिकताको रक्षा गर्नु नै अहिलेको मुख्य विषय हो । अन्त्यमा म सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइहरुमा प्रजातान्त्रिक मूल्य–मान्यतालाई जीवनशैलीका रूपमा अंगीकार गर्दै निर्वाचनको माध्यमबाट देशको स्थायित्व, समृद्धि र सुशासनका लागि आ–आफ्नो स्थानबाट सकारात्मक योगदान गर्न हार्दिक आह्वान गर्दछु ।