९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

यस्तो छ रास्वपाका उपसभापति डीपी अर्यालको चुनावी वाचापत्र

यस्तो छ रास्वपाका उपसभापति डीपी अर्यालको चुनावी वाचापत्र
अ अ+ अ-

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति एवं काठमाडौँ क्षेत्र नं. ९ का प्रतिनिधि सभा सदस्य उम्मेदवार डोलप्रसाद अर्याल (डीपी) ले आफ्नो चुनावी वाचापत्र सार्वजनिक गरेका छन्। ‘तपाईंको एक मत, विश्वासको सार, काठमाडौँ क्षेत्र नं. ९ को समृद्धिको आधार’ भन्ने मुख्य संकल्पका साथ अर्यालले मंगलबार वाचापत्र सार्वजनिक गरेका हुन्।

वाचापत्रमा अर्यालले समग्र विकास र सुशासनका विषय समेटेका छन्। वाचापत्रमा भ्रष्टाचार नियन्त्रण र सुशासनलाई पहिलो प्राथमिकतामा राखिएको छ। उनले भ्रष्टाचार उन्मूलनका लागि शून्य सहनशीलताको नीति अवलम्बन गर्ने र प्रत्येक वडामा नागरिक अगुवासहितको खबरदारी टोली गठन गर्ने प्रतिबद्धता जनाएका छन्। अर्यालले सार्वजनिक सेवाका लागि मासिक क्षेत्रगत सार्वजनिक सुनुवाइ गर्ने, जनगुनासो, समस्याको प्रकृति हेरी बढीमा एक हप्तादेखि ३० दिनभित्रमा समाधानका पहल गर्ने उल्लेख गरेका छन्।

भौतिक विकास र पूर्वाधारको सन्दर्भमा अर्यालले कलंकीदेखि सतुंगल हुँदै नागढुंगा र सीतापाइलादेखि भीमढुंगा क्षेत्रलाई ‘हरित कोरिडो’ का रूपमा विकास गर्ने र मेलम्चीको खानेपानी वितरणलाई व्यवस्थित बनाउने वाचा गरेका छन्।

त्यस्तै ट्राफिक जामको वैज्ञानिक समाधान, ‘नो हर्न’ पोलिसीको कडाइका साथ कार्यान्वयन र धुलोधुवाँ नियन्त्रणमार्फत स्वच्छ सहर बनाउने उनको संकल्प छ। त्यस्तै बाटो, पुलपुलेसका, ढल निकास, फोहोरमैला व्यवस्थापनमा समन्वय गर्ने, वातावरण संरक्षण, भूक्षय न्यूनीकरण, बाढी नियन्त्रण, खोला किनारा हरियाली तथा सौन्दर्यीकरण, गुठी जग्गा संरक्षण तथा व्यवस्थापन गर्नेलगायत वाचापत्रमा समेटिएको छ।

शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार गर्दै अर्यालले सबै वडामा २४ सै घण्टा न्यूनतम स्वास्थ्य सेवा सुनिश्चित गर्न पहल गर्ने, ज्येष्ठ नागरिक, अशक्तर विपन्न बालबालिकाहरलाई नि:शुल्क स्वास्थ्य सेवा सेवाहमा पहल गर्ने र स्थानीय अस्पतालहरूमा ट्रमा सेन्टरको व्यवस्था गर्ने योजना अघि सारेका छन्।

त्यस्तै, नेवा: संस्कृति, इतिहास र सम्पदाको डिजिटल अभिलेखीकरण गर्ने, संस्कृति प्रवर्द्धन केन्द्रहरुको स्थापना, भवनका नक्सा पासमा आधुनिक हरित रेटिङ र मौलिकता रेटिङका आधारमा सहुलियतको व्यवस्थापन गर्ने प्रतिबद्धता जनाइएको छ।

वाचापत्रमा उनले कृषि र पर्यापर्यटनको विकास गरी स्वरोजगार तथा आयआर्जन सिर्जना गरिने, पुरातात्विक सम्पदा र संस्कृतिको अवलोकनलाई एकीकृत गर्न ‘टुरिस्ट सटल बस’ र ‘नाइट लाइनर’ को कार्यान्वयन गर्ने योजना समेटेका छन्।

रोजगारी सिर्जनाका लागि व्यावसायिक तालिम केन्द्रको स्थापना र वैदेशिक रोजगारीबाट फर्केका युवाहरूलाई प्रशिक्षकका रूपमा नियुक्त गर्ने नीति लिइने वाचापत्रमा उल्लेख छ। साथै तीन सिफ्टमा कार्य सम्पादन गर्ने नीतिगत व्यवस्था गर्ने उनले वाचा गरेका छन्।

यसका साथै लालपूर्जाविहीन समुदायलाई नियमसंगत जग्गाधनी पूर्जा वितरणको व्यवस्था, सडक स्तरोन्नति गर्दा वितरण नभएका मुआब्जा नीतिसंगत वितरणका लागि संघीय संसद्मार्फत पहल गर्ने, जलविद्युतका हाइटेन्सन लाइनबाट प्रभावित स्थानीयलाई नियमसंगत मुआब्जा र क्षतिपूर्ति वितरण तथा व्यवस्थापनको विकल्प खोजी गर्ने उनको प्रतिबद्धता छ। साथै उनले समावेशी, विकास, युवा तथा खेलकुद र सुरक्षाका विषयलाई पनि वाचापत्रमा समेटेका छन्।

विगतमा श्रममन्त्री हुँदा प्राप्त अनुभवलाई प्रयोग गर्दै काठमाडौँ क्षेत्र नं। ९ लाई देशकै नमुना क्षेत्र बनाउन आफू लागिपर्ने बताउँदै अर्यालले आगामी निर्वाचनमा ‘घण्टी’ चिह्नमा मतदान गर्न मतदाताहरूलाई अपिलसमेत गरेका छन्।