३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने

३० महिनामा २४ हजार महँगियो सुन

३० महिनामा २४ हजार महँगियो सुन
अ+ अ-

काठमाडौं । पछिल्ला ३० महिनामा सुनको भाउ तोला (११.६६४ ग्राम) मै २३ हजार ७ सय रुपैयाँसम्म महँगिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार २६ असार २०७४ मा ५२ हजार ८ सय रुपैयाँमा झरेको सुनको भाउ गत बुधबार ७६ हजार ५ सय रुपैयाँ पुगेको थियो। त्यसयताका दुई दिनमै १ हजार ९ सय रुपैयाँ सस्तिसकेको भए पनि सुनको भाउ वास्तवमै ओरालो लागेको मान्न कठिन हुने सुनचाँदी व्यवसायी बताउँछन्।

पछिल्लो समय अमेरिका र इरानबीच सम्भावित युद्ध जोखिमका कारण विश्व बजारमा सुनको मूल्य उकालो लागेको छ। तर यो जोखिम अझै पूर्णतः टरिसकेको छैन। त्यहीकारण अझै पनि सुन महँगिने सम्भावना ‘ज्यूँका त्यूँ’ रहेको व्यवसायीले बताएका छन्। अन्तर्राष्ट्रिय बजारमा गत बिहीबार प्रतिऔंस २० डलर सस्तिएको सुनको भाउ शुक्रबार १० डलरभन्दा धेरैले महँगिएको छ। यसले नेपाली बजारमा आइतबार पुनः सुनको मूल्य उकालो लाग्ने देखिन्छ।

पछिल्लो साढे दुई वर्षको मूल्यले नै पनि नेपाली बजारमा पहेँलो धातुको भाउ हरेक दिन २६ रुपैयाँ र हरेक महिना ७ सय ९० रुपैयाँ महँगिएको देखाउँछ। आर्थिक वर्ष २०७३/७४ पछिको २ वर्षमा नेपालीको प्रतिव्यक्ति आय २४ हजार ३ सय १४ रुपैयाँ बढेको केन्द्रीय तथ्यांक विभागले बताएको छ। सुनको भाउ पनि यही रफ्तारमा बढेको देखिएको छ। पृथ्वीमा निकै दुर्लभ मानिने पहेँलो धातुको मूल्य चुलिएपछि नेपालले रेमिट्यान्सबाट कमाएको ठूलो रकम सुन किन्न खर्चनु परेको छ।

त्यसो त, सुनको भाउ बढ्दै जाँदा यसले तस्करीजस्ता अपराधिक गतिविधि बढाएको नेपाल राष्ट्र बैंकका अधिकारी बताउँछन्। राष्ट्र बैंकले तीन वर्षअघि सार्वजनिक गरेको भुक्तानी सन्तुलनबारेको एक प्रतिवेदनले भारतसँगको व्यापारमा मात्रै झण्डै ४० प्रतिशत आयातको भुक्तानी गैरकानुनी बाटोबाट भएको देखाएको थियो। राष्ट्र बैंकका आन्तरिक प्रतिवेदनमा भने यो रकमको ठूलो हिस्सा सुन तस्करीबाट पूर्ति गरिएको उल्लेख भएको त्यहाँका अधिकारी बताउँछन्।

मूल्य निर्धारणमा फेरिएको शृंखला,तेजरत्न शाक्य संस्थापक अध्यक्ष, नेपाल सुनचाँदी व्यवसायी महासंघ

२०४६ अघि हाम्रो बजारले नै सुनको मूल्य तय गथ्र्यो। काठमाडौंको बजारमा सुनको माग र आपूर्ति हेरेर तोलाको भाउ तोकिन्थ्यो। त्यसबेला हामीले सन्दर्भ मूल्यको रूपमा अघिल्लो दिन भारतीय बजारमा सुनको भाउ हेथ्र्यौं। त्यसबखत साउन लागेपछि सुन सस्तिन थाल्थ्यो। मंसिरपछि सुनको भाउ महँगिने गथ्र्यो। हिउँदमा मान्छेले धान, कोदोजस्ता बाली उब्जाउँथे। त्यसको बिक्रीबाट आम्दानी हुने रकममध्ये केही पैसा सुन किन्नमा खर्चन्थे। माग बढेपछि सुन महँगिन्थ्यो।

धेरैजसो विवाह पनि हिउँदमै हुने भएकाले माग बढी हुन्थ्यो। बर्खा लागेपछि मानिससँग पैसा सकिन्थ्यो। अनि त्यही सुन बेचेर पैसा लिन थाल्थे। त्यसबाट पुनःबिक्री (रि–सेल)मा धेरै सुन सर्वसाधारणको हातबाट पसलमा फर्किन्थ्यो। २५–३० वर्ष अघिसम्म पनि पुनःबिक्रीका लागि आउने सुनको मात्रा कुल कारोबारको ४० प्रतिशतभन्दा बढी थियो। २०५० को दशकपछि यो दर १० प्रतिशतमा झर्‍यो। २०७२ को भूकम्पपछि फेरि यो अनुपात बढ्न थालेको छ।

अहिले सुन पसलेले बेचिसकेको २०–२५ प्रतिशत सुन पुनः पसलमै फिर्ता हुन्छ। प्रजातन्त्रको पुनर्बहालीपछि विश्व बजारसँग हाम्रो मूल्य संरचना जोडिन थाल्यो। यसले अन्तर्राष्ट्रिय बजारको मूल्यमा आउने फेरबदललको असर हाम्रो बजारमा क्रमशः बढ्दै गयो। अहिले त नेपाली बजारमा पनि सुनको मूल्य निर्धारणमा ७५ प्रतिशत प्रभाव पश्चिमा बजारले पार्ने गरेको छ। बाँकी २५ प्रतिशत योगदान भारतीय बजारको मूल्यमा भएको परिवर्तनले गर्छ। नेपालभित्र सुनको माग र आपूर्ति कति छ भन्ने कुराले कहिलेकाहीँ २–४ सय रुपैयाँ तलमाथि पार्नेबाहेक केही काम गर्न सक्दैन। अन्नपुर्णपोष्ट दैनिकबाट