१७ भाद्र २०८३, बुधबार
,
Latest
प्रधानमन्त्री राहत कोषमा जुट्यो करिब आठ अर्ब हिमताल विस्फोटको जोखिम न्युनिकरण गर्न पूर्वसूचना प्रणाली विस्तार गर्न आवश्यक: सांसद कार्की विपद्मा नेतृत्वको काम उद्धारमा दौडिनु होइन, संयन्त्र परिचालन गर्नु होः उपनेता पराजुली जलवायु परिवर्तनका कारण भोग्नुपरेको विपद्बारे अन्तर्राष्ट्रिय समुदायमा बलियो गरी आवाज उठाउनुपर्छः प्रधानमन्त्री साह टनेलभित्रसम्म बाढी पसेकाले उद्धारमा कठिनाई भइरहेको छ, भारतीय, चिनियाँ र कोरियन विज्ञ टोली परिचालित छन्ः… सम्बोधन सकेर निस्किए प्रधानमन्त्री, संसद बैठक भने जारी कृष्णभिरमा यही महिनाभित्रै सडक सञ्चालन गरिन्छः प्रधानमन्त्री यतिबेला हामीलाई शरीर थकित भयो भनेर विश्राम लिने छुट छैनः प्रधानमन्त्री शाह पर्यटन क्षेत्रमा ५० अर्ब बढीको क्षति भएको अनुमान छः मन्त्री पौडेल बाढीपीडितको सहयोगार्थ कतार सरकारद्वारा राहत सामग्री हस्तान्तरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

राज्यले कसैलाई भूमिहिन बनाएर राख्न सक्दैन: रवि लामिछाने



अ+ अ-

चितवन —राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने राज्यले कसैलाई पनि भूमिहीन बनाएर राख्न नसक्ने बताउनुभएको छ। चुनावी सभाका क्रममा आज चितवनको आपटारीमा सम्बोधन गर्दै लामिछानेले भूमिहीन र सुकुमबासी समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

उहाँले अब रास्वपाको एकल नेतृत्वमा शक्तिशाली सरकार बनेपछि भूमिहीन समस्या समाधानका लागि एक सशक्त आयोग गठन गरिने बताउनुभयो। उक्त आयोगमा कुनै पनि दलका, प्रतिनिधि नराखी दलबाहिरका विज्ञ व्यक्तिहरूलाई समावेश गरिने उहाँको भनाइ थियो।

लामिछानेले भूमिहीन र सुकुमबासीसँग सम्बन्धित समस्या वर्षौंदेखि राजनीतिक रूपमा प्रयोग मात्र हुँदै आएको उल्लेख गर्दै अब स्थायी समाधान आवश्यक रहेको धारणा राख्नुभयो। “यो समस्या अब सदाका लागि अन्त्य हुन्छ,” उहाँले प्रतिबद्धता जनाउँदै भन्नुभयो।

उहाँले आगामी सरकारले नीतिगत, कानुनी तथा प्रशासनिक सुधारमार्फत वास्तविक भूमिहीनको पहिचान गरी न्यायोचित ढंगले व्यवस्थापन गर्ने स्पष्ट पार्नुभयो।




भर्खरै