९ भाद्र २०८३, मंगलवार
,
Latest
लुम्बिनी प्रदेशमा तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ पुँजी बजार सुधारका लागि नयाँ ऐन र प्रविधिमा आधारित निगरानी आवश्यक : निरज गिरी ६० वर्षमाथिका नागरिकले ‘गौँथली’ निःशुल्क हेर्न पाउने विदेशी लगानी भित्र्याउन पुँजी बजार सुदृढीकरण र नीतिगत सुधार अपरिहार्य : मुक्ति अर्याल नाडा अटो शोमा फराइजनको १३ सिटे ईभी भ्यान सार्वजनिक नाडा अटो शोमा हाइगरको ३१ सिटे प्रिमियम ईभी कोच सार्वजनिक स्याङ्जाकाे वालिङमा ९० लिटर अवैध घरेलु मदिरा बरामद गरी नष्ट राप्रपामै पदमुक्तको विवाद : बागमती अध्यक्षले सभामुखलाई पठाए छुट्टै पत्र महिला उद्यमीका कृषि तथा वनजन्य उत्पादनको प्रदर्शनी घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढेको छ : मन्त्री यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

आसन, भाषण र शासनमा सुधार गर्नेछौं: कांग्रेस उपसभापति शर्मा



अ+ अ-

काठमाडौं। नेपाली कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले आसन, भाषण र शासनमा सुधार गर्ने बताउनुभएको छ ।

निर्वाचन प्रचार अभियान प्रारम्भ भएको पहिलो दिन लमजुङको काँग्रेस जिल्ला कार्यालय भवन उद्घाटन र विपि कोइरालाको सालिक अनावरण गर्दे शर्माले यस्तो बताउनु भएको हो ।

उहाँले भन्नुभयो “बदलिएको काँग्रेसले अब देशको आसन, भाषण र शासनमा सुधार गर्नेछ । कुनै पनि व्यक्ति सत्तामा निरन्तर आसन जमाउने परम्परा भत्काएर, हामी १/२/३/४ को नीति संविधानमा अंकित गर्नेछौं ।”

उहाँले भन्नुभयो “अब उप्रान्त कोहि पनि प्रधानमन्त्री र मुख्य मन्त्री दुइ पटक भन्दा बढी रहन पाउने छैनन् ।”

शर्माले चुनावी मैदानमा गाली होईन प्रेम सम्प्रेषण गर्न आग्रह गर्दे स्वस्थ आलोचना स्वभाविक हुने, तर आपसलाई गाली गरेर राजनीतिलाई स्वस्थ बनाउन नसकिने बताउनु भयो । उहाँ भन्नुभयो “चुनाव जित्ने नाममा जे पनि आश्वासन दिएर, समाजमा भोलि निराशा जगाउने कार्य हाम्रा भाषण र घोषणा पत्रहरु मार्फत नगरौं ।”

देशको शासनमा जेजस्तो सुधार गर्न जरुरी छ, त्यसको केस्राकेस्रा केलाएका छौं हामीले जेनजी बिद्रोहको भावना बमोजिम त्यो सुधार , परिमार्जन र समग्रमा परिवर्तनलाई हामी संभव बनाउने छौं- शर्माले भन्नुभयो ।

उहाँले भन्नुभयो “देश जान्दछ काँग्रेस बदलिएको छ र यो पनि देश जान्दछ( जो बदलिन सक्छ उसैले बदल्न सक्छ ।”