११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी News Polar नेपाल स्काउटसम्बन्धी विधेयकमा शिक्षा मन्त्रालयद्वारा रायसुझाव माग News Polar संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नहुँदा सेवा प्रवाह प्रभावित : मन्त्री प्रजापती News Polar भोटेकोशी बाढी प्रभावितको पुनःस्थापना र रोजगारीमा निजी क्षेत्रसँग सहकार्य गर्ने प्रतिबद्धता News Polar चोलेन्द्र पक्राउ प्रकरणमा रक्षा बमको आपत्ति– ‘जेनजीको नाममा विधि र प्रक्रिया मिचियो’ News Polar बाढीका कारण १ हजार मेगावाट विद्युत उत्पादन अवरुद्ध News Polar दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु News Polar कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित News Polar पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी News Polar प्रशासकको ज्ञान, विवेक र आचरणबाट राज्यको अनुहार प्रतिबिम्बित हुन्छ : डा. भट्ट News Polar लगातारको वर्षाले नदी तथा खोलामा बाढीको जोखिम बढ्यो, गण्डकीका केही जिल्ला अति उच्च जोखिममा News Polar सूर्यविनायकमा राष्ट्रिय प्राणी उद्यान निर्माण गर्न प्रदेश सरकार तयार News Polar मधेस प्रदेशमा बाढीपहिरोको वितण्डा, तीन सयभन्दा बढी घर डुबानमा News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल

रुपन्देहीमा १५५ जना मतदाता शिक्षा स्वयंसेवक परिचालित

रुपन्देहीमा १५५ जना मतदाता शिक्षा स्वयंसेवक परिचालित
अ अ+ अ-

लुम्बिनी। आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुपन्देही जिल्लामा १५५ जना मतदाता शिक्षा स्वयंसेवक परिचालित भएका छन् ।

आममतदातालाई मताधिकारको महत्व र मतदानको प्रक्रियाका विषयमा जानकारी दिने उद्देश्यले आजदेखि मतदाता शिक्षा कार्यक्रम सुरु भएको हो ।  रुपन्देहीका पाँच निर्वाचन क्षेत्रका १५५ वडामा १५ दिनका लागि मतदाता शिक्षा स्वयंसेवक परिचालित गरिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख कल्पना अर्यालले जानकारी दिनुभयो ।

प्रमुख आचार्यका अनुसार हरेक वडामा एक जना मतदाता शिक्षा स्वयंसेवक र प्रत्येक स्थानीय पालिकामा एक जना अनुगमनकर्ता परिचालन गरिएको छ ।

महिला स्वास्थ्य स्वयंसेविका, विद्यालयमा कार्यरत बालशिक्षक र सामाजिक परिचालकलाई मतदाता शिक्षा स्वयंसेवकका रुपमा परिचालित गरिएको छ ।

निर्वाचन आयोगको पछिल्लो तथ्याङ्कअनुसार रुपन्देही जिल्लामा जम्मा छ लाख ७२ हजार ५२३ मतदाता रहेका छन् । सबैभन्दा बढी क्षेत्र नं एक मा एक लाख ४६ हजार ८२४ र कम क्षेत्र नं ४ मा एक लाख १६ हजार १७२ मतदाता रहेको आयोगले जनाएको छ ।

यसैगरी क्षेत्र नं २ मा एक लाख ३५ हजार ५०, क्षेत्र ३ मा एक लाख चार हजार ३५ जना र क्षेत्र ५ मा एक लाख ३४ हजार ४४२ जना मतदाता रहेको र  जिल्लामा ४८ दशमलव ५२ प्रतिशत महिला मतदाता रहेको आयोगले स्पष्ट गरेको छ ।

मतदाता शिक्षा कार्यक्रमले निर्वाचनमा मतदाताको सहभागिता बढाउनेदेखि बदर मतको अनुपात न्यूनीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ । निर्वाचन शिक्षा तथा मतदाता शिक्षा निर्देशिका, २०७८ बमोजिम निर्वाचन आयोगबाट मतदाता शिक्षा विशेष कार्यक्रम स्वीकृत भई कार्यान्वयनमा आएको आयोगको भनाइ छ । रासस