११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी News Polar नेपाल स्काउटसम्बन्धी विधेयकमा शिक्षा मन्त्रालयद्वारा रायसुझाव माग News Polar संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नहुँदा सेवा प्रवाह प्रभावित : मन्त्री प्रजापती News Polar भोटेकोशी बाढी प्रभावितको पुनःस्थापना र रोजगारीमा निजी क्षेत्रसँग सहकार्य गर्ने प्रतिबद्धता News Polar चोलेन्द्र पक्राउ प्रकरणमा रक्षा बमको आपत्ति– ‘जेनजीको नाममा विधि र प्रक्रिया मिचियो’ News Polar बाढीका कारण १ हजार मेगावाट विद्युत उत्पादन अवरुद्ध News Polar दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु News Polar कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित News Polar पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी News Polar प्रशासकको ज्ञान, विवेक र आचरणबाट राज्यको अनुहार प्रतिबिम्बित हुन्छ : डा. भट्ट News Polar लगातारको वर्षाले नदी तथा खोलामा बाढीको जोखिम बढ्यो, गण्डकीका केही जिल्ला अति उच्च जोखिममा News Polar सूर्यविनायकमा राष्ट्रिय प्राणी उद्यान निर्माण गर्न प्रदेश सरकार तयार News Polar मधेस प्रदेशमा बाढीपहिरोको वितण्डा, तीन सयभन्दा बढी घर डुबानमा News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल

गोरखामा कसैलाई सहयोग गरेका छैनौँः सुदन किराँती

गोरखामा कसैलाई सहयोग गरेका छैनौँः सुदन किराँती
अ अ+ अ-

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का अध्यक्ष मण्डलका सदस्य सुदन किराँतीले प्रतिनिधि सभा सदस्यको निर्वाचनमा गोरखामा हालसम्म कुनैपनि पार्टीलाई सहयोग नगरेको स्पष्ट पार्नुभएको छ ।

आईतवार पार्टीको प्रतिवद्धतापत्र सार्वजनिक गर्ने क्रममा उहाँले गोरखामा कसैलाई समर्थन गर्ने विषयमा पार्टीले कुनै निर्णय नगरेको बताउनुभएको हो ।

पार्टीले गोरखा क्षेत्र नम्बर २ मा पार्टीका संरक्षक डा बाबुराम भट्टराई र क्षेत्र नम्बर १ मा गोपालबाबु श्रेष्ठलाई उम्मेद्वार बनाएको थियो । उहाँहरुले उम्मेद्वारी फिर्ता लिएपछि गोरखामा पार्टीले कसैलाई सर्मथन गर्ने निर्णय नगरेको उहाँले जानकारी दिनुभयो । उहाँले पार्टीका उम्मेद्वारले किन उम्मेद्वारी फिर्ता लिएको भन्ने बारेमा जानकारी नभएको पनि उहाँले बताउनु भयो । उहाँले पार्टीका संरक्षक भट्टराईसँग उम्मेद्वारी फिर्ता लिएको विषयमा सोधखोज पनि नगरेको जानकारी दिनुभयो । उहाँकाअनुसार उहाँ हाल व्यक्तिगत शोकमा रहेकाले गोरखा सम्बन्धी विषयमा विस्तृत छलफल हुन सकेको छैन । उहाँले डा. भट्टराईलाई आफूहरूले अभिभावकका रूपमा लिएको र अहिले अन्य राजनीतिक वृत्तमा पनि उहाँप्रति सकारात्मक दृष्टिकोण विकसित भइरहेको उल्लेख गर्नुभयो । नेपालको भूराजनीतिक अवस्था जटिल र संवेदनशील रहेको उल्लेख गर्दै उहाँले सोही सन्दर्भमा दीर्घकालीन सोचका साथ डा. भट्टराईले निर्णय गरेको हुनसक्ने बताउनु भयो । चुनावपछि यसबारेमा समिक्षा हुने उहाँले जानकारी दिनुभयो । उहाँले प्रलोपाले ८७ सिटमा उम्मेदारी दिएको र सबै स्थानमा जित हासिल गर्नेगरी अघि बढेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो अभिभावक डा बाबुराम भट्टराई हाम्रो संरक्षक हुनुहुन्छ, यतिवेला उहाँ शोकमा हुनुहुन्छ, हामीले यो प्रश्न गर्न भ्याएका पनि छैनौँ । तर हामीले जसरी हाम्रो संरक्षक र अभिभावक मानेको छौँ, उहाँलाई सबैले अभिभावक मान्न पनि थालेको छ । त्यो सकरात्मक कुरा हो । नेपालको भुराजनिति निकै डरलाग्दो स्थितिमा छ, यो सबै आकलन गरेर, त्यो स्तरबाट उहाँले निर्णय गरेको हुनुपर्छ । भावी दिनमा अभिभावककै भुमिका निर्वाह गर्नको लागी उहाँले त्यो निर्णय गरेको हुनुपर्छ, हामी यो चुनावपछि मात्रै सबै यो कुरा गर्छौ । गोरखामा हामीले कसैलाई सहयोग गरेका छैनौँ । हामी ८७  सिटमा नै जित्नेगरि लागेका छौँ ।’ 

उहाँले स्थानीयस्तरमा कतिपय भिन्न विचार बोक्ने राजनितिक दलहरुसँग पनि चुनावी तालमेल गरिएको जानकारी दिनुभयो । स्थानिय आवश्यकताका आधारमा निर्वाचन जित्नको लागी कतिपय ठाउँमा गठबन्धन गरिएको उहाँको भनाई छ ।