३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुख्यमन्त्री कप फुटबल माघको पहिलो हप्ता



अ+ अ-

पोखरा । मुख्यमन्त्री कप गण्डकी प्रदेशस्तरी फुटबल प्रतियोगितामा ११ जिल्लाले सहभागिता जनाउने भएका छन् । माघको पहिलो सातादेखि शुरु हुने प्रतियोगतामा प्रदेशका ११ वटै जिल्लाले भाग लिने एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङले जानकारी दिनुभयो ।

लिग कम नक आउटका आधारमा सञ्चालनमा हुने प्रतियोगितामा जिल्लाका लिग बिजेता टोली होराइजन क्लब (श्याङ्ज), भिमाद युथ क्लब(तनहुँ) त्रिवेणी युवा क्लब (लमजुङ), बौद्ध हिमाल क्लब (गोरखा) आर्दश क्लब (कास्की) गैँडाकोट खेलकूद (नवलपुर), डाँफे युवा क्लब (मनाङ) सहित बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङ जिल्लाका टोलीको सहभागिता रहने छन् ।

उहाँका अनुसार प्रतियोगितामा विजेता टोलीले नगद रु पाँच लाख र उपविजेताले रु तीन लाखसहित ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गर्ने गर्ने छन् । प्रतियोगितामा वेष्ट डिफेन्स, वेष्ट गोल किपर, वेष्ट मिड फिडफिल्ड, उत्कृष्ट प्रशिक्षक र सर्वाधिक गोलकर्तालाई जनही रु पाँच÷पाँच हजार पुरस्कार प्रदान गरिने व्यवस्था गरिएको छ । कूल रु एक करोड एक लाख चर्ख हुने अनुमान गरिएको प्रतियोगितामा गण्डकी प्रदेश सरकारले रु ४० लाख नगद सहयोग गर्ने जनाएको छ ।