१४ असार २०८३, आईतवार
,
Latest
कञ्चनपुरमा अढाई महिनामा लागुऔषध मुद्दामा १२५ जना पक्राउ ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक ‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान चट्याङ लागेर एक महिलाको मृत्यु कुवेत र बहराइनस्थित अमेरिकी सैन्य केन्द्रमा आक्रमण गरेको इरानको दाबी सङ्घीयता कार्यान्वयन: २५ करोड सम्मको पुँजीका उद्योग दर्ता र नवीकरण प्रदेशबाटै इराक र इरानका विदेशमन्त्रीबीच द्विपक्षीय सम्बन्ध र क्षेत्रीय सुरक्षाबारे छलफल नुहाउन गएका दुई बालकको डुबेर मृत्यु अवैध लागुऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अत्याधिक माग बिना अमेरिकासँगको वार्ता सकारात्मक रूपमा अघि बढ्नसक्ने इरानको संकेत



अ+ अ-

काठमाडौँ।  इरानका सर्वोच्च नेता अली खामेनेईका एक वरिष्ठ सल्लाहकारले यदि तेहरान र वासिङ्टन बीचको वार्ता यथार्थमा आधारित भए र अत्यधिक मागबाट मुक्त भए यसले आपसी हितको रक्षा गर्दै अघि बढ्नसक्ने बताउनुभएको छ।

इरानको रक्षा परिषदका सचिव अली शामखानीले कतारको अल जजिरासँगको एक अन्तर्वार्तामा उक्त टिप्पणी गर्नुभएको हो ।

उहाँले आफ्नो देश र संयुक्त राज्य अमेरिका बीच फेब्रुअरी ६ मा ओमानमा सम्पन्न पहिलो चरणको अप्रत्यक्ष आणविक वार्ताको सन्दर्भमा यो कुरा राख्नुभएको थियो ।

शामखानीले पश्चिम एसियाको स्थिरता र सुरक्षामा नकारात्मक असर पार्ने कार्यहरू र गतिविधिहरूबाट टाढा रहनु सबै पक्षका लागि तार्किक र र्कीक मार्ग भएको बताउँदै, क्षेत्रमा कूटनीतिक उपायहरू तनाव कम गर्ने र राजनीतिक समाधानहरूलाई सुदृढ गर्ने उद्देश्यमा केन्द्रित रहेको बताउनु भयो ।

उहाँले इरानको क्षेप्यास्त्र कार्यक्रम देशको रातो रेखा भएको र यो वार्ताको विषय नहुने कुरामा जोड दिँदै, देशविरुद्ध हुने कुनैपनि सम्भावित दुस्साहसको इरानले बलियो, निर्णायक र उपयुक्त जवाफ दिने चेतावनी दिनुभयो ।

उहाँले अमेरिकी समर्थन बिना इजरायलले इरानमाथि आक्रमण गर्न नसक्ने बताउँदै, इरानको सैन्य तयारीको स्तर उच्च रहेको र इरानविरुद्ध कुनै पनि पक्षले गर्ने गलत अनुमानको मूल्य भारी पर्ने कुरामा जोड दिनुभयो ।

कूटनीतिक प्रयासहरूका बावजुद, तेहरान र वासिङ्टन बीचको बढ्दो तनाव र यस क्षेत्रमा अमेरिकी सैन्य उपस्थितिको वृद्धिको बीचमा उनका यी टिप्पणीहरू आएका हुन् । (सिन्ह्वा/न्युज एजेन्सी नेपाल)