११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी News Polar नेपाल स्काउटसम्बन्धी विधेयकमा शिक्षा मन्त्रालयद्वारा रायसुझाव माग News Polar संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नहुँदा सेवा प्रवाह प्रभावित : मन्त्री प्रजापती News Polar भोटेकोशी बाढी प्रभावितको पुनःस्थापना र रोजगारीमा निजी क्षेत्रसँग सहकार्य गर्ने प्रतिबद्धता News Polar चोलेन्द्र पक्राउ प्रकरणमा रक्षा बमको आपत्ति– ‘जेनजीको नाममा विधि र प्रक्रिया मिचियो’ News Polar बाढीका कारण १ हजार मेगावाट विद्युत उत्पादन अवरुद्ध News Polar दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु News Polar कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित News Polar पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी News Polar प्रशासकको ज्ञान, विवेक र आचरणबाट राज्यको अनुहार प्रतिबिम्बित हुन्छ : डा. भट्ट News Polar लगातारको वर्षाले नदी तथा खोलामा बाढीको जोखिम बढ्यो, गण्डकीका केही जिल्ला अति उच्च जोखिममा News Polar सूर्यविनायकमा राष्ट्रिय प्राणी उद्यान निर्माण गर्न प्रदेश सरकार तयार News Polar मधेस प्रदेशमा बाढीपहिरोको वितण्डा, तीन सयभन्दा बढी घर डुबानमा News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल

मुस्ताङबाट छ महिनामा चार हजार चार सय ९१ केजी फोहर निकासी

मुस्ताङबाट छ महिनामा चार हजार चार सय ९१ केजी फोहर निकासी
अ अ+ अ-

मुस्ताङ। मुस्ताङबाट चालु आर्थिक वर्षको छ महिनामा चार हजार ३९१ केजी फोहरमैला जिल्ला बाहिर निकासी गरिएको छ ।

यहाँस्थित वारागुङ मुक्तिक्षेत्र, घरपझोङ र थासाङ गाउँपालिकामा सङ्कलित फोहरमैलालाई अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमले जिल्ला बाहिर पठाएको हो ।

धार्मिक तथा पर्यटकीय हिमाली जिल्ला मुस्ताङलाई स्वच्छ, सफा र वातावरणमैत्री तुल्याउने उद्देश्यले एक्यापले गत आर्थिक वर्षदेखि यहाँका समुदायले सङ्कलन गरेको फोहरमैलालाई ट्रकमार्फत ढुवानी गरी पोखरा पठाउन थालेको एक्याप जोमसोमका कार्यालय प्रमुख राजेशप्रसाद गुप्ताले जानकारी दिनुभयो ।

एक्यापले मुस्ताङको तल्लो क्षेत्रमा समुदायले सङ्कलन गरेको नकुहिने प्लास्टिकजन्य फोहरमैला उठाएर पुनः प्रयोगका लागि पोखरास्थित ग्रीन वेस्ट मेनेजमेन्ट प्रालिमा निकासी गरेको कार्यालय प्रमुख गुप्ताले उल्लेख गर्नुभयो । चालु वर्षको पुससम्म यहाँ सङ्कलित फोहर चारपटक ट्रकमा ढुवानी गरी पोखरा पठाइएको प्रमुख गुप्ताको भनाइ छ ।

मुस्ताङमा पर्यटन व्यवसायी तथा स्थानीय समुदायस्तरबाट सङ्कलन भएको नकुहिने फोहरलाई एक्याप जोमसोमले ट्रकको ढुवानी गरिएको भाडा आफ्नै आर्थिक खर्च व्यवस्थापन गरी पोखरास्थित प्रशोधन केन्द्रमा पठाउने गरेको प्रमुख गुप्ताले जानकारी दिनुभयो ।

यस वर्ष पहिलो चरणमा गत भदौ ११ गते १७६ बोरा अर्थात् ५४४ केजी, दोस्रो चरणमा कात्तिक १९ गते १५४ बोरा अर्थात् ८६० केजी, तेस्रो चरणमा मङ्सिर ७ गते २४२ बोरा अर्थात् १५३ केजी र चौथो चरणमा पुस ९ गते १७२ बोरा अर्थात् एक हजार ३५१ केजी फोहर पोखरामा निकासी गरिएको हो ।

यसैगरी गतवर्ष एक्याप जोमसोमले यहाँको तीन पालिकामा पर्यटन व्यवसायी तथा समुदायले सङ्कलन गरेको दश हजार १९० केजी फोहर ट्रकमा ढुवानी गरी पोखरास्थित ग्रीन वेस्ट मेनेजमेन्ट प्रशोधन केन्द्रमा पठाएको थियो ।

यसअघि मुस्ताङमा सङ्कलन हुने नकुहिने प्लास्टिकजन्य फोहर व्यवस्थापनका लागि एक्याप र ग्रीन वेस्ट मेनेजमेन्ट प्रालिबीच फोहर व्यवस्थापन गर्नेसम्बन्धी सहमति गरेको थियो । एक्याप प्रमुख गुप्ताका अनुसार मुस्ताङमा सङ्कलन हुने फोहरलाई सम्बन्धित स्थानमा पुर्याउन ढुवानीको साधन व्यवस्थापन गर्नमा समस्या परिरहेको बताउनुभयो ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको स्वामित्वमा रहेको मुस्ताङमा यहाँको वातावरणलाई चुस्त राख्ने उद्देश्यले फोहरमैला व्यवस्थापन गर्नका लागि चालु आवमा यहाँका तीन पालिकाले रु पाँच–पाँच लाख बजेट विनियोजन गरिएको प्रमुख गुप्ताले बताउनुभयो । एक्यापले दिएको फोहरमैला व्यवस्थापन शीर्षकको बजेटमा रहेर यहाँको घरपझोङ गाउँपालिकाले ट्याम्पो खरिद गरेको छ । वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले सङ्कलित फोहरलाई थिच्ने कम्प्रेसर मेसिन खरिद गरेको छ भने थासाङ गाउँपालिकाले फोहरमैला शीर्षकमा छलफलको चरणमा रहेको एक्यापले जनाएको छ ।

त्यसैगरी, जिल्लामा पर्यटक तथा स्थानीय नागरिकबाट हुने फोहरमैलाको समुचित व्यवस्थापनका लागि यहाँका तीन पालिकामा एक्याप फोहर सङ्कलन केन्द्र पूर्वाधार निर्माण गरेको जनाएको छ । एक्यापले यहाँको थासाङ–४ घाँसा, थासाङ–३ लेते र धम्पु, थासाङ–२ कोवाङ, थासाङ–१ टुकुचे, घरपझोङ–३ स्याङ, घरपझाङ–१ छैरो, वारागुङ मुक्तिक्षेत्र–४ कागबेनी र वारागुङ मुक्तिक्षेत्र–४ मुक्तिनाथमा फोहरमैला सङ्कलन केन्द्र पूर्वाधार निर्माण गरेको जनाएको छ । रासस